मटिहानी नगरपालिका

मटिहानी  नगरपालिका Office Of the Municipal executive
Matihani Municipality
Dhirapur,Mahottari
(1)

06/08/2026
मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही, धनुषाबाट मटिहानी  नगरपालिकालाई प्राप्त पोसिलो आहार सहितको झोला वितरण कार्यक्रमको...
06/08/2026

मधेस प्रदेश स्वास्थ्य निर्देशनालय सपही, धनुषाबाट मटिहानी नगरपालिकालाई प्राप्त पोसिलो आहार सहितको झोला वितरण कार्यक्रमको आज एक समारोह बीच मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यूले शुभारम्भ गर्नुभयो ।
मटिहानी नगरपालिका अन्तर्गतका गर्भवती,सुत्केरी महिला,दलित मुसहर,असहाय र जेष्ठ नागरिकमा क्रमशः प्राथमिकताका आधारमा करीब २५०० जनालाई १० किलोग्रामका दरले सो पोसिलो आहार सहितको झोला मटिहानी नगरपालिका अन्तर्गतका ४ वटा स्वास्थ्य चौकी मार्फत बितरण गरिने कुरा मटिहानी नगरपालिकाका पोषण फोकल पर्सन श्री नागेश्वर पाण्डेयज्युले बताउनुभयो ।

मटिहानी क्षेत्र भित्र देखा परेको बिभिन्न प्रजातिका चरा र जनावर सहितको मनोरम दृश्य ।फ़ोटो:- Dr. Sk Singh
03/08/2026

मटिहानी क्षेत्र भित्र देखा परेको बिभिन्न प्रजातिका चरा र जनावर सहितको मनोरम दृश्य ।
फ़ोटो:- Dr. Sk Singh

02/08/2026

माननीय गृह मन्त्री सुदन गुरुङ्गज्यु आज मटिहानी स्थित प्रसिद्ध धार्मिक एवं पौराणिक लक्ष्मी नारायण मठ (मन्दिर)मा पूजा अर्चना गर्नुभयो ।
of

माननीय गृह मन्त्री सुदन गुरुङ्गज्यूले आज (मटिहानी) नेपाल भारत सीमावर्ती क्षेत्र मटिहानी बोर्डरको स्थलगत निरिक्षण गर्नु भ...
02/08/2026

माननीय गृह मन्त्री सुदन गुरुङ्गज्यूले आज (मटिहानी) नेपाल भारत सीमावर्ती क्षेत्र मटिहानी बोर्डरको स्थलगत निरिक्षण गर्नु भएको छ !
उहाँ मटिहानी आई पुग्नु हुँदा मटिहानी नगरपालिका प्रमुख श्री हरि प्रसाद मण्डलज्यूले स्वागत गर्नु भयो ! त्यसै गरी उहाँले नेपाल कै सबभन्दा पुराणों ऐतिहासिक श्री लक्ष्मी नारायण (मठ) मन्दिरमा पुगी दर्शन पूजाको सँगै मुस्लिम समुदायको प्रसिद्ध पीर बाबा मजारमा चादरपोसी र भ्रमण अवलोकन गर्नु भयो !
उहाँ सित प्रतिनिधि सभाका माननीय सांसदज्यूहरु प्रमोद महतो, शिव यादवको सँगै सशस्त्र प्रहरीका AIG गणेश बहादुर ठाडा मगरज्यू, प्रमुख जिल्ला अधिकारी इन्द्र देव यादवज्यू सहित प्रदेशका सुरक्षा निकाय प्रमुखज्यूहरु सहभागी रहेका थिए !!
Pic : Aibul Rain
#सूदन_गुरुङ्ग #गृहमन्त्री #नेपालसरकार #नेपाल

सशस्त्र प्रहरीका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) श्री गणेश ठाडा मगरज्यू आज मटिहानी आइपुग्नु हुँदा स्वागत गर्नु...
01/08/2026

सशस्त्र प्रहरीका सशस्त्र प्रहरी अतिरिक्त महानिरीक्षक (AIG) श्री गणेश ठाडा मगरज्यू आज मटिहानी आइपुग्नु हुँदा स्वागत गर्नुहुँदै मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यू ।
साथै उहाँले समाजका विभिन्न क्षेत्रका महानुभावहरु सित भेटघाट गरी वर्तमान अवस्थामा मटिहानी नगरपालिकाको शान्ति सुरक्षा, सामाजिक सद्भाव , सहिष्णुता बारे छलफल गर्नुभएको थियो।

भूमि समस्या समाधान समिति महोत्तरीको आयोजनामा आज मटिहानी नगरपालिकाको कार्यालय धिरापुरमा नगरपालिका भित्रका भूमिहिन दलित, भ...
30/07/2026

भूमि समस्या समाधान समिति महोत्तरीको आयोजनामा आज मटिहानी नगरपालिकाको कार्यालय धिरापुरमा नगरपालिका भित्रका भूमिहिन दलित, भूमिहिन सुकुम्बासी र अव्यवस्थित बसोबासी विषयमा वैठकको आयोजना गर्यो।
वैठकमा साउन २५ गते सम्म वडाहरुमा संकलित सुकुम्बासी लगायतका कागजहरु अनलाईन गरी जिल्ला स्थित समितिमा पठाउन निर्णय भयो।
वैठकमा मटिहानी नगरपालिकाका नगर प्रमुख श्री हरि प्रसाद मण्डलज्यू, महोत्तरी जिल्लाका प्रमुख जिल्ला अधिकारी इन्द्रदेव यादव7⁷ज्यू, पालिकाका उपप्रमुख मंजु देवी साहज्यू, प्रहरी उपरीक्षक, शस्त्र प्रहरी उपरीक्षक, नापी कार्यालयका नापी अधिकृत राजु कुमार द्विवेदी लगायतका उपस्थिति रहेको थियो।
प्रमुख जिल्ला अधिकारीज्यू पालिका कार्यालयमा आइपुग्नु हुँदा पालिका प्रमुखज्यूले स्वागत गर्नुभएको थियो।

Address

Dhirapur-2 Matihani
Jaleshwar
45705

Opening Hours

Monday 10:00 - 16:00
Tuesday 10:00 - 16:00
Wednesday 10:00 - 16:00
Thursday 10:00 - 16:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 16:00

Alerts

Be the first to know and let us send you an email when मटिहानी नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मटिहानी नगरपालिका:

Shortcuts

Share