18/05/2026
रासपा जस्तो वैकल्पिक राजनीति र विधि–पद्धतिको कुरा गर्ने दलमा नै सदस्य समेत नभएको व्यक्तिलाई सभापति बनाइनु अत्यन्तै आश्चर्यजनक र प्रश्न उठाउने विषय हो।
यदि पार्टीभित्र योगदान दिएका, संगठन निर्माणमा खटिएका र आधिकारिक सदस्य बनेका कार्यकर्तालाई पाखा लगाएर बाहिरको व्यक्तिलाई नेतृत्व सुम्पिने हो भने यसले पार्टीको आन्तरिक लोकतन्त्र, नीति र सिद्धान्तमाथि नै प्रश्न खडा गर्छ।
राजनीतिमा व्यक्तिभन्दा प्रक्रिया ठूलो हुनुपर्छ।
नियम, विधि र संगठनात्मक मर्यादा मिचेर गरिएको निर्णयले कार्यकर्ताको मनोबल कमजोर बनाउने मात्र होइन, जनतामाझ पनि गलत सन्देश जान्छ।
वैकल्पिक राजनीति भन्नेहरूले पहिले आफ्नै पार्टीभित्र पारदर्शिता, विधि र नीति पालन गर्न सक्नुपर्छ। होइन भने पुराना दल र नयाँ दलबीच फरक के रह्यो ?
Rastriya Swatantra Party - RSP
Rastriya Swatantra Party - Janakpurdham, Nepal