11/09/2026
तलब भत्ता सम्बन्धमा आएका केही जिज्ञासाहरूको समाधानः
१. शिक्षकको ग्रेड र तलब भत्ता एकै समयमा निर्धारण नहुने हुँदा केही द्विविधा देखिएको छ। शिक्षकको ग्रेड र तलब भत्ताको निर्धारण फरक फरक समयमा हुने हुँदा ग्रेडको परिवर्तनको लागि हरेक वर्षको वैशाख र तलब भत्ता परिवर्तनको लागी आर्थिक वर्षको सुरुवातको महिना श्रावण महत्वपूर्ण हुन्छ।
२. अघिल्लो वर्षको चैत्र र चालु वर्षको बैशाखमा खाएको ग्रेड र तलब भत्ताको आधारमा तलबी प्रतिवेदन निर्धारण हुन्छ।
त्यसैले यसको लागिः
२.१. शैक्षिक सत्र २०८२ को चैत्र महिनामा शिक्षकको ग्रेड र तलब भत्ता अनुसार Salary Entry Request मा आए न आएको सुनिश्चितता गर्ने,
२.२. यदि नमिलेको तर पहिले नै तलब Salary Entry Request मा save गरिसकेको भए वा Ralary Request Form स्थानीय तहमा पठाइसकेको भए वा स्थानीय तहले Accept गरिसकेको भए सोलाई Remove/Delete गर्ने,
२.३. शैक्षिक सत्र २०८२ को चैत्र महिनामा शिक्षक कर्मचारीको विवरण Edit गरि experience मा गएर ग्रेड मिलाउने साथै शिक्षक कर्मचारीको Teacher Salary Details मा ग्रेड र स्केल मिले नमिलेको सुनिश्चित गर्ने साथै नमिले भए तहाँ नै मिलाउने,
२.४. Teacher Report भित्र गई Talabi Pratibedan Load गरेर हेर्ने, माथि भनिएका काम गर्दा २०८२ को चैत्र सम्मको ग्रेड मिले नमिलेको सुनिश्चित गर्ने नमिलेको भए सावधानीपूर्वक माथिका प्रक्रिया फेरी दोहोर्याउने,
२.५. शैक्षिक सत्र २०८३ को बैशाख महिनामा शिक्षकको ग्रेड परिवर्तन हुने हुँदा शिक्षकको बढेको ग्रेड अनुसारको Salary Entry Request मा आए न आएको सुनिश्चितता गर्ने,
२.६. यदि नमिलेको तर पहिले नै तलब Salary Entry Request मा save गरिसकेको भए वा Ralary Request Form स्थानीय तहमा पठाइसकेको भए वा स्थानीय तहले Accept गरिसकेको भए सोलाई Remove/Delete गर्ने,
२.७. त्यसपछि शैक्षिक सत्र २०८३ को बैशाख महिनामा शिक्षक कर्मचारीको Edit experience मा गएर ग्रेड मिलाउने साथै शिक्षक कर्मचारीको Teacher Salary Details मा मिले नमिलेको सुनिश्चित गर्ने साथै नमिले भए पुनः शिक्षक कर्मचारीको Edit experience मा गएर मिलाउने,
२.८. Teacher Report भित्र गई Talabi Pratibedan Load गरेर हेर्ने, माथि भनिएका काम गर्दा २०८३ बैशाखबाट पाउने ग्रेड सङ्ख्या मिले नमिलेको सुनिश्चित गर्ने नमिलेको भए सावधानीपूर्वक माथिका प्रक्रिया फेरी दोहोर्याउने
२.९. यदि कुनै शिक्षक सरुवा भई आएको वा गएको भए उक्त शिक्षकको नाम पनि तलबी प्रतिवेदनमा चाहिएमा चैत्र र वैशाखको तलब सेभ मात्र गर्ने तर Send to Palika नगर्ने
२.१०. यदि पहिले नै आगामी आउने महिनाको तलब पहिले नै तलब Salary Entry Request मा save गरिसकेको भए वा Ralary Request Form स्थानीय तहमा पठाइसकेको भए वा स्थानीय तहले Accept गरिसकेको भए यसलाई समेत हटाउने
३.चालु आ.व.को तलब मागका लागिः
३.१. Teacher Staff मा गई शिक्षकको सबै विवरण भर्ने वा पहिले नै भरेको भए Edit मा गई विशेष गरि experience खण्डको Appointment Type, Appointment Status,Teacher Level, Teacher Rank र Teacher Status लाई ध्यान दिने
३.२. Teacher Staff को action मा click गर्ने र teacher salary details मा गई आ.व. २०८३/८४ मा गई तलब स्केल, भत्ताहरू मिलेको सुनिश्चितता गरेर मात्र Update मा थिच्ने,
३.३. Request Form को Salary Entry Request मा गइ सबै शिक्षक कर्मचारीको तलब स्केल तथा भत्ताहरू हाल कार्यरत पद अनुसार आए नआएको सुनिश्चितता गर्ने,
३.४. हाल प्रणालीमा सुधार गरी Teacher को Experience मा भरिएका विवरणको आधारमा teacher salary Details मा आफै आउने व्यवस्था गरिएको छ त्यसैले केही विद्यालयको प्र.अ. शिक्षकको मा प्र.अ. भत्ता नदेखिनु उक्त शिक्षकको विवरण भर्दा प्र.अ. नभरेकोले, प्राविधिक भत्तामा टिक गर्न नमिल्ने तथा प्राविधिक धार तर्फका विज्ञान, प्रशिक्षकको तलब स्केल मावि द्वित्तिय श्रेणिको नदेखिनु Appointment Status मा technical Teacher, Instructer or Sub instructer नभरेकोले प्राविधीक भत्ता र मावि द्वित्तियको तलब नदेखाउनु आदी
३.५. प्रोत्साहन भत्तामा स्थायी शिक्षकको विवरन नदेखाउनु शिक्षकको विवरण भर्दा स्थायी नभर्नु
३.६. ग्रेड नमिल्नु शिक्षकको experience खण्डको ग्रड सङ्ख्या नमिल्नु आदी
विवरण भर्दा कामचलाउ हिसाबले मात्र हैन एक पटक प्रविष्ट गरेको विवरण कहिले पनि फरक नपर्ने गरी प्रविष्ट गर्नुपर्दछ।
शिक्षा ऐन निर्माणको चरणमा रहेको र उक्त ऐनमा राखिने विभिन्न सेवा सर्तको लागी IEMIS बाट प्राप्त तथ्याङ्कको बिश्लेषण गरिन्छ
त्यसैले पनि अहिले हाम्रा विद्यालयका शैक्षिक तथ्याङ्क वस्तुनिष्ठ हुन आवश्यक छ।
हामि विद्यालयहरूले प्रविष्ट गरेका विवरणले नै शैक्षिक तथ्याङ्कको एक मात्र स्रोत हो। यसले शिक्षा क्षेत्रको ऐन, नियम, निति, निर्देशिका तयारको लागि आधार तयार गर्दछ।
यो समय हाम्रो शिक्षा ऐन निर्माणको चरणमा छ त्यसैले अहिले शैक्षिक तथ्याङ्क अझै आवश्यक छ।
"तपाईहरुको मेहनत र परिश्रमले नै नेपालको शैक्षिक तथ्याङ्क आजको स्थानमा छ। यसलाई अझै वस्तुनिष्ठ बनाउनु हामि सबैको जिम्मेवारी हो।"