Rabin Mahato - रा.स्व.पा सर्लाही

Rabin Mahato - रा.स्व.पा सर्लाही Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Rabin Mahato - रा.स्व.पा सर्लाही, Janakpur.

म राष्ट्रिय सवतन्त्र पार्टी (रा.स्व.पा) बाट सर्लाही क्षेत्र -२ को प्रतिनिधित्व गर्दै प्रतिनिधि सभा सदस्य सांसद बन्न पाउदा अत्यन्त गर्व महसुस गर्दैछु | जनताको विश्वास , साथ र समर्थनप्रति आभार व्यक्त गर्दछु |

सर्लाही क्षेत्र नं -२ , पर्सा गाउपलिक वाड नं ५/६
27/09/2026

सर्लाही क्षेत्र नं -२ , पर्सा गाउपलिक वाड नं ५/६

26/09/2026
संविधान दिवसको हार्दिक शुभकामना!नेपालको संविधानले प्रत्याभूत गरेका स्वतन्त्रता, समानता, सामाजिक न्याय, मौलिक हक र लोकतान...
19/09/2026

संविधान दिवसको हार्दिक शुभकामना!

नेपालको संविधानले प्रत्याभूत गरेका स्वतन्त्रता, समानता, सामाजिक न्याय, मौलिक हक र लोकतान्त्रिक मूल्य–मान्यताको संरक्षण र कार्यान्वयन गर्दै समृद्ध, सुशासित र न्यायपूर्ण नेपाल निर्माणतर्फ अघि बढौँ।

संविधान केवल एउटा दस्तावेज होइन, यो नागरिकका अधिकार, कर्तव्य र राष्ट्रको साझा भविष्यको आधार हो। संविधानको मर्म र भावनालाई आत्मसात् गर्दै जिम्मेवार नागरिकको रूपमा देश निर्माणमा योगदान गरौँ।

संविधान दिवस २०८३ को सम्पूर्ण नेपाली दाजुभाइ तथा दिदीबहिनीहरूमा हार्दिक शुभकामना!

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना! सृष्टिकर्ता तथा निर्माण–कला र शिल्पका देवता भगवान विश्वकर्माको पूजाको पावन अव...
17/09/2026

विश्वकर्मा पूजाको हार्दिक मंगलमय शुभकामना!

सृष्टिकर्ता तथा निर्माण–कला र शिल्पका देवता भगवान विश्वकर्माको पूजाको पावन अवसरमा सम्पूर्ण दाजुभाइ, दिदीबहिनी, उद्योगी, व्यवसायी, श्रमिक, प्राविधिक तथा निर्माण क्षेत्रमा आबद्ध सम्पूर्णमा सुख, शान्ति, समृद्धि, सफलता र उत्तरोत्तर प्रगतिको हार्दिक शुभकामना व्यक्त गर्दछु।

भगवान विश्वकर्माको कृपाले हरेक कार्यमा सिर्जनशीलता, सीप, सुरक्षा र सफलता प्राप्त होस्।
सबैको जीवनमा समृद्धि र खुसी छाओस्।

जय भगवान विश्वकर्मा!

हरिपुर्वा नगरपालिका–१, कटर्वामा आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।कार्यक्रममा स्थानीय दाजुभाइ, दिदी...
15/09/2026

हरिपुर्वा नगरपालिका–१, कटर्वामा आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, जनगुनासा, विकासका आवश्यकता तथा समसामयिक विषयमा महत्वपूर्ण छलफल भयो।

आफ्ना सुझाव, विचार र गुनासा खुलेर राख्नुहुने सम्पूर्ण स्थानीयवासीप्रति हार्दिक धन्यवाद।

हरिपुर्वा नगरपालिका–९ मा आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।कार्यक्रममा स्थानीय दाजुभाइ,...
15/09/2026

हरिपुर्वा नगरपालिका–९ मा आयोजित अन्तरक्रिया तथा भेटघाट कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, जनगुनासा, विकासका आवश्यकता तथा समसामयिक विषयमा महत्वपूर्ण छलफल भयो।

शनिवार, कविलासी नगरपालिका–१० स्थित मेरो निजी निवासमा आयोजित जनता–जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।कार्यक...
15/09/2026

शनिवार, कविलासी नगरपालिका–१० स्थित मेरो निजी निवासमा आयोजित जनता–जनप्रतिनिधि अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीय दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूसँग प्रत्यक्ष भेटघाट गर्दै स्थानीय समस्या, जनगुनासा, विकासका आवश्यकता तथा समसामयिक विषयमा महत्वपूर्ण छलफल भयो।

आफ्ना अमूल्य सुझाव, विचार र गुनासा राख्नुहुने सम्पूर्णमा हार्दिक धन्यवाद।

श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना!विघ्नहर्ता, मंगलकर्ता भगवान् श्री गणेशको कृपाले सम्पूर्ण दाजुभाइ, दिदीबहिनी ...
15/09/2026

श्री गणेश चतुर्थीको हार्दिक मंगलमय शुभकामना!

विघ्नहर्ता, मंगलकर्ता भगवान् श्री गणेशको कृपाले सम्पूर्ण दाजुभाइ, दिदीबहिनी तथा आमाबुबाहरूको जीवनमा सुख, शान्ति, समृद्धि, सु-स्वास्थ्य र सफलता प्राप्त होस्।

यस पावन अवसरले हाम्रो परिवार, समाज र राष्ट्रमा एकता, सद्भाव र सकारात्मक ऊर्जा थपियोस् भन्ने कामना गर्दछु।

गणपति बप्पा मोरया!
श्री गणेशाय नमः।

मिति २०८३ भदौ २४ गते सर्लाही ईँटा उद्योग व्यवसायी संघको १६औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ।ईँटा उद्योग व्य...
10/09/2026

मिति २०८३ भदौ २४ गते सर्लाही ईँटा उद्योग व्यवसायी संघको १६औँ वार्षिक साधारण सभा कार्यक्रम सम्पन्न भएको छ।

ईँटा उद्योग व्यवसायीहरूको हकहित, उद्योग क्षेत्रका समस्या, सम्भावना तथा व्यवसायलाई थप व्यवस्थित र प्रवर्द्धन गर्ने विषयमा महत्वपूर्ण छलफल तथा विचार–विमर्श भयो।

कार्यक्रममा उपस्थित सम्पूर्ण उद्योगी व्यवसायी, पदाधिकारी तथा सहभागीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु।

आज GEN-Z शहीद दिवस २०८३ को अवसरमा मलंगवा स्थित जिल्ला विकास चोकमा दीप प्रज्वलन गरी वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण ग...
08/09/2026

आज GEN-Z शहीद दिवस २०८३ को अवसरमा मलंगवा स्थित जिल्ला विकास चोकमा दीप प्रज्वलन गरी वीर शहीदहरूप्रति श्रद्धाञ्जली अर्पण गर्दै दिवस मनाइयो।

देश र समाजको परिवर्तन, न्याय, सुशासन र समृद्धिका लागि आफ्नो अमूल्य जीवन अर्पण गर्ने सम्पूर्ण शहीदहरूप्रति हार्दिक श्रद्धाञ्जली।

शहीदहरूको बलिदान सधैं हाम्रो प्रेरणाको स्रोत बनिरहोस्।

Address

Janakpur

Alerts

Be the first to know and let us send you an email when Rabin Mahato - रा.स्व.पा सर्लाही posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share