balen shaha fan group

balen shaha fan group public

07/05/2026

काठमाडौँ उपत्यकाका नदीकिनार तथा सरकारी स्वामित्वमा रहेका जग्गामा अवाञ्छित रूपमा अतिक्रमण भएको स्पष्ट भएका क्षेत्रहरूमा नेपाल सरकारले कानुनबमोजिम अघि बढाएको व्यवस्थापन प्रक्रियाका विषयमा विभिन्न टिप्पणी तथा व्याख्या सार्वजनिक भइरहेका प्रति सरकारको ध्यानाकर्षण भएको छ। उक्त प्रक्रियालाई लिएर भूमिहीन तथा अव्यवस्थित बसोबासमा रहन बाध्य नागरिकहरूमा उठिबास हुने हो कि भन्ने आशंका उत्पन्न गराउने तथा नियोजित रूपमा त्रास फैलाउने प्रयास भइरहेको सम्बन्धमा प्राप्त सूचनालाई सरकार गम्भीरतापूर्वक लिएको छ।

यसै सन्दर्भमा दीर्घकालीन समाधान कार्यान्वयनमा अवरोधका रूपमा रहेका भूमिसम्बन्धी ऐन २०२१ का केही दफाहरू वर्तमान परिस्थितिलाई दृष्टिगत गर्दै अध्यादेशमार्फत खारेज गरिएको छ। उक्त कानुनी अवरोध हटेसँगै वास्तविक भूमिहीन नागरिकहरूको डिजिटल लगत संकलन, विवरण प्रमाणीकरण तथा स्पष्ट आधारमा अभिलेख तयार गर्ने कार्य प्रारम्भ गरिएको छ। यस प्रक्रियाबाट भूमिहीन नागरिकहरूको वास्तविक अवस्था पहिचान गरी व्यवस्थित, पारदर्शी र दीगो समाधानतर्फ सरकार अघि बढिसकेको छ।

ज्यान जोखिममा रही असुरक्षित स्थानमा बसोबास गरिरहेका नागरिकहरूका लागि सुरक्षित तथा व्यवस्थित स्थानान्तरणको व्यवस्था गरिनेछ। अन्य भूमिहीन नागरिकहरूको हकमा सम्बन्धित आयोगको सिफारिस र संकलित विवरणका आधारमा नेपाल सरकारले आवश्यक निर्णय गर्नेछ।

नेपाल सरकार स्पष्ट गर्न चाहन्छ कि चालिएका सम्पूर्ण कदमहरू नागरिकहरूलाई हटाउने उद्देश्यले होइन, आवासको हक सुनिश्चित गर्दै समस्याको स्थायी समाधान निकाल्ने उद्देश्यले अगाडि बढाइएका हुन्। त्यसैले कुनै पनि प्रकारको भ्रममा नपर्न, अनावश्यक रूपमा नआत्तिन तथा अपुष्ट सूचना नफैलाउन सम्पूर्ण नागरिकमा अनुरोध गरिन्छ।

सरकार प्रत्येक भूमिहीन नागरिकको सुरक्षित, सम्मानजनक र स्थायी आवास सुनिश्चित गर्न पूर्ण रूपमा प्रतिबद्ध रहेको जानकारी गराइन्छ। कुनै पनि नागरिक घरबारविहीन हुने अवस्था सिर्जना हुन दिइने छैन।२०२१

16/04/2026

Good morning

14/04/2026
27/03/2026

बालेन शाह प्रधानमन्त्रीसहित रक्षा, यी हुन् मन्त्री बन्न लागेका १६ जना

१. बालेन्द्र शाह (बालेन) – प्रधानमन्त्री, रक्षा
२. डा. स्वर्णिम वाग्ले – अर्थमन्त्री
३. सुधन गुरुङ – गृहमन्त्री
४. शिशिर खनाल – परराष्ट्रमन्त्री
५. सोविता गौतम – कानुनमन्त्री
६. सस्मित पोखरेल – शिक्षामन्त्री
७. सुनिल लम्साल – भौतिक पूर्वाधार तथा यातायात
८. प्रतिभा रावल – सामान्य प्रशासन/भूमि, सहकारी तथा गरिबी निवारण
९. सीता वादी – महिला, बालबालिका तथा ज्येष्ठ नागरिक
१०. अमरेशकुमार सिंह – उद्योग, वाणिज्य तथा आपूर्ति
११. विराजभक्त श्रेष्ठ – ऊर्जा, जलस्रोत तथा सिँचाइ
१२. निशा मेहता – स्वास्थ्य तथा जनसंख्या
१३. गनेश पौडेल – संस्कृति, पर्यटन तथा नागरिक उड्डयन
१४. डा. विक्रम तिमल्सिना – सञ्चार तथा सूचना
१५. दीपक साह – श्रम, रोजगार तथा सामाजिक सुरक्षा
१६. गीता चौधरी – कृषि तथा पशुपन्छी

नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभका...
27/03/2026

नव गठित सरकारका प्रधानमन्त्री बालेन्द्र साह सहित उहाँको नेतृत्वको मन्त्री मण्डललाई हार्दिक बधाइ तथा सफल कार्यकालको शुभकामना व्यक्त गर्दछु ।

नयाँपन, युवा नेतृत्व स्वागतयोग्य छ । आजको दिनमा युवा मन्त्री मण्डल आशा पनि र परीक्षा पनि हो । त्यसैले देशले अवसर दिएको छ, अब जिम्मेवारी प्रमाणित गर्ने पालो तपाईहरुको काधमा छ ।

अबसर सँगै चुनौतीहरू पनि उत्तिकै गम्भीर हुन्छन् । अनुभवको कमीलाई सिकाइ र परिपक्व निर्णयबाट पूर्ति गर्दै, हरेक कदम समालिएर अघि बढ्नुहोला ।
स्थिरता, विकास र समृद्धिको जनताको एजेन्डा पुरा गर्न यो टिमले परिणाम दिन सक्नुपर्छ ।

जिम्मेवारीको गहिराइ बुझेर, संयमता र दृढतासाथ सन्तुलन कायम गर्दै , सत्ता अवसर हैन उत्तरदायित्व हो भन्ने मनन गरेर अगाडि बढ्नुहोला ।
अनुभव र ऊर्जा मिलाएर साबै पक्ष सँग सहकार्य गर्दै अघि बढे मात्र जनताको भरोसा अझ बलियो हुन्छ।

सकरात्मक निर्णय र पहलको निमित्त साबधानी सहित साथ र सहयोगी भुमिकामा हुनेछौं , हार्दिक शुभकामना।

27/03/2026

आजबाट नवनियुक्त प्रधानमन्त्री बालेन्द्र शाहको नेतृत्वमा नयाँ सरकारले शासन सत्ता सम्हाल्दै छ। नयाँ सरकारबाट तपाईँका अपेक्षा के कस्ता छन्? कृपया तल कमेन्टमा लेख्नुहोस्।

कानुनमन्त्री सोबिता गौतमले गरिन् पदभार ग्रहण । 😮Pic: NPL
27/03/2026

कानुनमन्त्री सोबिता गौतमले गरिन् पदभार ग्रहण । 😮

Pic: NPL

१५ मन्त्रीहरूको प्रोफाइल। विस्तृत कमेन्टमा👇
27/03/2026

१५ मन्त्रीहरूको प्रोफाइल। विस्तृत कमेन्टमा👇

Address

Damak
Jhapa District
57200

Website

Alerts

Be the first to know and let us send you an email when balen shaha fan group posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share