Mero Katha- Unveiling Life's Tapestry

Mero Katha- Unveiling Life's Tapestry Positive Thought and Behaviour Makes Man Valueable

बधाई छ बालेन 🙏🙏😘
09/03/2026

बधाई छ बालेन 🙏🙏😘

आदरणीय गुरूहरू,तपाईंहरू जसले विभिन्न कालखण्डमा मुलुकको व्यवस्था परिवर्तनमा निर्णायक भूमिका निभाउनुभयो, आज आफ्नै योगदानको...
27/04/2025

आदरणीय गुरूहरू,

तपाईंहरू जसले विभिन्न कालखण्डमा मुलुकको व्यवस्था परिवर्तनमा निर्णायक भूमिका निभाउनुभयो, आज आफ्नै योगदानको अपमान देखेर पनि अझै मौन बस्न कसरी सक्नुहुन्छ र?

हिजो तपाईंहरूले शिक्षित, सभ्य र न्यायपूर्ण समाजको परिवर्तनको सपना देख्नुभएको थियो तर आज त्यही परिवर्तनको लाभ उठाउनेहरूले तपाईंहरूको शिरमाथि दमनको चप्पल टेकिरहेका छन्। आजको यथार्थले के तपाईंहरूको आँखामा पानी झरेन?
आज तपाईंहरूको आत्मा अझै चिच्याएर बोलिरहेको छैन?

संसदमा मिठा भाषण गर्नेहरूले सडकमा तपाईंहरूको संघर्षलाई कति घृणासाथ हेरे भन्ने ताजै अनुभूति तपाईंहरूले विगत देखि आजको दिन सम्म गरिरहनु भएको छ।
वार्ताका नाममा अपमान, संवादका नाममा तिरस्कार, र न्यायका नाममा आश्वासन मात्रै त हो नी, होईन र? यही त हो तपाईंहरूले पाएका सम्मान!

हिजो तपाईंहरूले व्यवस्था बदल्नुभयो, तर सत्ता सम्हाल्नेहरूको संस्कार बदल्न सक्नुभएन।
अब के तपाईंहरू फेरि मौन बस्न तयार हुनुहुन्छ?
कि यो सडेको संस्कारलाई पनि बदल्ने अर्को क्रान्ति सुरु गर्नुहुन्छ?

आज तपाईंहरूका सामु तीनवटा प्रश्न छन्:

⛔के अझै पनि आफूलाई कुनै नेताको सिफारिसमा टिकाउन चाहनुहुन्छ?

⛔के अझै पनि भेटी, चाकडी र कृपाप्रणालीलाई निरन्तरता दिन चाहनुहुन्छ?

⛔कि अब निष्पक्ष, पारदर्शी, कार्यसम्पादनमा आधारित प्रणालीको स्थापना गर्न अगाडि बढ्न तयार हुनुहुन्छ?

अब निर्णय तपाईंहरूको हातमा छ।

यो केवल तपाईंहरूको पारिश्रमिकको कुरा होइन,
यो तपाईंहरूको स्वाभिमानको रक्षाको युद्ध हो।
यो तपाईंहरूको आगामी पुस्ताको भविष्य सुनिश्चित गर्ने निर्णायक घडी हो।

त्यसैले आदरणीय गुरुहरू,

✅पुराना दलहरूप्रति बाँधिएको मोह त्याग्नुस्।

✅पार्टीगत गोटी बन्न अस्वीकार गर्नुस्।

✅स्वतन्त्र शिक्षण समुदायको निर्माणका लागि अग्रसर हुनुस्।

✅संस्कारिक क्रान्तिको अग्रसरता लिनुस्।

नत्र फेरि पनि इतिहास दोहोरिन्छ, फेरि पनि तपाईंहरूलाई प्रयोग गरिन्छ, अनि तपाईंहरू फेरि पनि भुलिरहनु हुनेछ।

अब उठ्नुहोस् आत्मसम्मानका लागि, भविष्यका लागि, सत्यका लागि✊✊

शिक्षक मात्र नभइ संस्कार परिवर्तनका सच्चा अभियन्ता बन्नुहोस्🙏🙏

21/03/2025

प्रेम प्रशाद आचार्यको सम्झनामा 🥹🥹

प्रेम प्रशाद आचार्यको आत्महत्या होईन बिद्रोह हो
राज्यले गरेको हत्या हो

आफ्नै देशमा केही गर्छु भनी लागेका प्रेम
हन्डर खाई बिदेशिन बाध्य भएका प्रेम
केही आशा बोकि पुन देशमा फर्किएका प्रेम
सुनौलो अवशर बोकेका प्रेम
सामान्य व्यक्ती हुँदै होइनन् एक योद्धा हुन्
जसले अरुलाई मारेनन आफै मरे
जसले आफैलाई जलाएर करोडौ नेपालीको आखामा देशको बेथिति प्रकाश पारे

आफ्नो शरीरलाई जलाएर देश तताउने प्रेम
आफैलाई मारेर लाखौं युवालाई मर्नबाट जोगाउने प्रेम
देशको उत्पादनमा श्रम गरि आर्थिक सुधार गर्न तम्सिएका प्रेम
देश बिकासको सुनौलो परिकल्पना गर्ने प्रेम
कमजोर हुँदै होइनन् निडर अभियन्ता हुन्
जसले हरेक व्यवसायिको समस्याको उजागर गरे
जसले ठुला राजनितिक आड लिएका व्यापारीको उदारोले आफैलाई सक्काउदा नि किसानलाई भुक्तानी गरे

मरेर बाच्दै देशको बेथितीको विद्रोह गर्दै जलेर मरेका प्रेम
देश बनाउने हुटहुटि भएका प्रेम
म मरे पनि देश बाचिरहोस भन्ने प्रेम
देशले बाच्न नदिएको प्रेम
कायर हुदै होइनन् देशको लागि जलेको ज्वाला हुन्
जसले आफुलाई जलाउदै देशको भ्रष्ट नीति जलाउने प्रयास गरेका छन्
जसले राष्ट्रको निर्माणका निम्ति देशभक्त नेपालीको मनमा आगो बालेका छन्

हार्दिक श्रद्धाञ्जली

08/02/2025
प्रेम प्रशाद आचार्यको सम्झनामा 🥹🥹प्रेम प्रशाद आचार्यको आत्महत्या होईन बिद्रोह हो राज्यले गरेको हत्या होआफ्नै देशमा केही ...
25/01/2025

प्रेम प्रशाद आचार्यको सम्झनामा 🥹🥹

प्रेम प्रशाद आचार्यको आत्महत्या होईन बिद्रोह हो
राज्यले गरेको हत्या हो

आफ्नै देशमा केही गर्छु भनी लागेका प्रेम
हन्डर खाई बिदेशिन बाध्य भएका प्रेम
केही आशा बोकि पुन देशमा फर्किएका प्रेम
सुनौलो अवशर बोकेका प्रेम
सामान्य व्यक्ती हुँदै होइनन् एक योद्धा हुन्
जसले अरुलाई मारेनन आफै मरे
जसले आफैलाई जलाएर करोडौ नेपालीको आखामा देशको बेथिति प्रकाश पारे

आफ्नो शरीरलाई जलाएर देश तताउने प्रेम
आफैलाई मारेर लाखौं युवालाई मर्नबाट जोगाउने प्रेम
देशको उत्पादनमा श्रम गरि आर्थिक सुधार गर्न तम्सिएका प्रेम
देश बिकासको सुनौलो परिकल्पना गर्ने प्रेम
कमजोर हुँदै होइनन् निडर अभियन्ता हुन्
जसले हरेक व्यवसायिको समस्याको उजागर गरे
जसले ठुला राजनितिक आड लिएका व्यापारीको उदारोले आफैलाई सक्काउदा नि किसानलाई भुक्तानी गरे

मरेर बाच्दै देशको बेथितीको विद्रोह गर्दै जलेर मरेका प्रेम
देश बनाउने हुटहुटि भएका प्रेम
म मरे पनि देश बाचिरहोस भन्ने प्रेम
देशले बाच्न नदिएको प्रेम
कायर हुदै होइनन् देशको लागि जलेको ज्वाला हुन्
जसले आफुलाई जलाउदै देशको भ्रष्ट नीति जलाउने प्रयास गरेका छन्
जसले राष्ट्रको निर्माणका निम्ति देशभक्त नेपालीको मनमा आगो बालेका छन्

हार्दिक श्रद्धाञ्जली

𝙏𝙝𝙚 𝘽𝙚𝙨𝙩 𝙌𝙪𝙤𝙩𝙚𝙨 𝙔𝙤𝙪 𝙇𝙤𝙫𝙚 """
25/01/2025

𝙏𝙝𝙚 𝘽𝙚𝙨𝙩 𝙌𝙪𝙤𝙩𝙚𝙨 𝙔𝙤𝙪 𝙇𝙤𝙫𝙚
"
"
"

11/12/2024

एकल वा डिभोर्स महिलासंग प्रेममा परेकाहरु प्रति समर्पित 🥰🥰

फेरि पनि नयाँ जिबनको सुरुवात गर्न सक्छौ नि
विगतका सबै पुराना नमिठा पलहरुलाई भुल्न सक्छौ नि

सुरुवाती क्षणमा झै अबका दिनलाई नि सुनौलो बनाउन सक्छौ नि
मलाई थाहा छ तिमी चन्चलि छौ झट्ट रिसाउछौ
के तिमि मलाई तिमिलाई फकाउने अवसर दिन्छौं नि

म रिसाउदैन, रिसाको समयमा मलाई तिमी समाल्ने प्रयास गर्छौ नि

तिम्रो नजिक हुन, तिमीसंग एक हुन
मैले केही कदम अगाडि बढाई सके
के तिमी अब एक कदम बढाउन सक्छौ नि

समुद्रको बिचमा रमाउन होस वा मानिसको भिडमा हात समाउन
के तिमि मेरो साथ निभाउन सक्छौ नि

विगतका सबै पुराना नमिठा पलहरुलाई भुलेर
फेरि पनि नयाँ जिबनको सुरुवात गर्न सक्छौ नि

तिमी विवाहित हौ के भो त के तिमी र म सँगै जीवन बिताउन साक्छौं नी
यहाँ विवाह पूर्व कयौ पुरुषहरु संग रात बिताउँदै हिड्ने स्त्री भन्दा
आफ्नो वैवाहिक जीवनलाई जीवन्त राख्न आफ्नो सारा शक्ती लगाएर संघर्ष गर्दा गर्दै नी बाध्यताले टाढिनु परेकी तिमी धेरै पवित्र छौं
के
तिम्रो त्यो पवित्र मनमा मलाई ठाउँ दीन सक्छौं नी

विवाहत महिलासंग विवाह गर्नु हुन्न भन्ने यो समाजमा हामी उदाहरण बन्न सक्छौं नी

तिम्रा आफ्नै सपना होलान् मेरा आफ्नै सपना छन्
के हामी दुबै मिलेर हाम्रा सपनाहरु साकार पार्न सक्छौं नी

फेरि पनि नयाँ जिबनको सुरुवात गर्न सक्छौ नि
विगतका सबै पुराना नमिठा पलहरुलाई भुल्न सक्छौ नि

16/09/2024

कस्तो विडम्बना

अब त हाम्रो देशमा देश छोड्न नसक्नु पछौटेपन र बेइज्जतिको नमूना हुन गएको छ , समाजमा ईज्जतको लागि पनि देश छोडेर परदेशिन पर्ने स्थिती छ , उपयुक्त केटा वा केटि विहा गर्नको लागि भए पनि विदेशिन पर्ने स्थिती छ । देश छोडेर नगए इज्जत जोगाउन गार्हो पर्ने कस्तो बिडम्बना निम्तदैंछ, जसले यो स्थिती सिर्जना गर्यो तिनकै पछि यो देशको सबैभन्दा ठूलो तप्का रहनु अर्को बिडम्बना छ !
यो एउटा सोंच्ने बेग्लै तरिका हो , हुन त अहिले यो तरिकाले सोंच्ने मानिस यहाँ मूर्ख कहलाउँछ र सबै हाँस्न थाल्छन ,

Address

Godawori
Kailali

Alerts

Be the first to know and let us send you an email when Mero Katha- Unveiling Life's Tapestry posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share

Category