नेपाली कम्युनिस्ट पार्टी क्षेत्र न.2 कैलाली

  • Home
  • Nepal
  • Kailali
  • नेपाली कम्युनिस्ट पार्टी क्षेत्र न.2 कैलाली

नेपाली कम्युनिस्ट पार्टी क्षेत्र न.2 कैलाली शंघिय लोकतान्त्रिक गणतन्त्रको रक्षा र बिकासको लागि चुनावी अभियान,२1 गते तारा चिन्हमा मतदान ।।

पूर्व माओवादीको नाममाअँध्यारो युगमा बन्दुकसँग लडेका तपाईंका हातहरूले आजको डिजिटल युगमा मोबाइल र कम्प्युटरसँग लड्न सकेनन्...
12/03/2026

पूर्व माओवादीको नाममा

अँध्यारो युगमा बन्दुकसँग लडेका तपाईंका हातहरूले आजको डिजिटल युगमा मोबाइल र कम्प्युटरसँग लड्न सकेनन्। तपाईंहरूले कन्टेन्ट क्रियशन गर्न सक्नु भएन, तर गणतन्त्र नेपालको क्रियशन गरिसक्नु भएको छ। तपाईंहरूले भिडियोलाई बुष्ट गरेर भाइरल बनाउन सक्नु भएन, तर संविधान बनाइसक्नु भएको छ। तपाईंहरूले एआईबाट कसैको डिपफेक चरित्र हत्या गर्न सक्नु भएन, तर न्याय र समानताको गजमा उभिएको नेपाल बनाइसक्नु भएको छ। अहिले प्रोक्सी वार [Proxy war] चलिरहेको छ। यो प्रोक्सी वारमा हारियो भनेर चिन्ता नलिनु होला।

यो डिजिटल युगमा फिल्टर हालेर पनि सुन्दर बन्न पाइन्छ। साहित्यकार बन्नका लागि आफैं कविता लेख्नु पर्दैन, एआईले लेखिदिन्छ। गीत गाउनका लागि गायक चाहिँदैन, एआईले नै गाइदिन्छ। नेता समाजले बनाउँदैन, इन्टरनेटले बनाई दिन्छ। कार्यकर्ता संगठनले बनाउँदैन, मोबाइलले बनाई दिन्छ। भोट एआईले हालेको हैन, तर मान्छेको हात–हात र औँला–औँलामा झुन्डिएको अल्गोरिदमले पनि भोट हाल्न सक्छ। जनताका हातहरूमा, जनताका दिमागहरूमा, जनताको चेतनाहरूमा साइबर आक्रमण गरिएको छ। शक्तिशाली देशहरु लाई मिसाईलले आक्रमण गरिन्छ। कमजोर देशहरु लाई मोनिटाइजेसनले आक्रमण गरिन्छ।

तपाईंहरूका पनि गम्भिर गल्तीहरु छन्। निकै ठूलो त्याग र बलिदानीले देशको व्यवस्था परिवर्तन गर्नु भएको मान्छेहरुले पटक–पटक पार्टीको नाम परिवर्तन गर्नु भयो, पटक–पटक पार्टीको चुनाव चिन्ह परिवर्तन गर्नु भयो, पटक–पटक पार्टीका साथी परिवर्तन गर्नु भयो। तपाईंहरूलाई आफू सँग भएका सबै नाम, चिन्ह र साथीहरूसँग आत्मग्लानि थियो। जनताको मनमा हसिया–हठौडा थियो, तर तपाईंहरूले ताराको टोपी लगाउनु भयो। जब आफू सँग भएको कुरा आफैंलाई मन पर्दैन, तब अरूले पनि तपाईंहरूलाई मन पार्दैनन्। आजको हारको कारण यही हो। अब तपाईंहरू इतिहासकार बनिसक्नु भएको छ, भविष्यको चिन्ता लिने जिम्मेवारीबाट मुक्त भइसक्नु भएको छ।
Copy dil nishani magar

31/01/2026

तारा चिन्हमा छाप लगाइ नेकपाका उम्मेदवार नन्दबहादुर साउद (राजेन्द्र) लाई अत्याधिक बहुमतले बिजय गराउ।

27/01/2026
जनताको घरदैलोमा जनगुनासो सुन्दै र जनताको आशीर्वाद लिँदै क्षेत्र नम्बर २ कैलालीका उम्मेदवार नन्दबहादुर साउथ राजेन्द्र ।
25/01/2026

जनताको घरदैलोमा जनगुनासो सुन्दै र जनताको आशीर्वाद लिँदै क्षेत्र नम्बर २ कैलालीका उम्मेदवार नन्दबहादुर साउथ राजेन्द्र ।

24/01/2026

Address

Lamki
Kailali
097701

Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिस्ट पार्टी क्षेत्र न.2 कैलाली posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share