02/10/2026
#मेरो_समाज_मेरो_दायित्व
मेरो समाज, मेरो दायित्व’ भन्ने मूल नाराका साथ महागढीमाई फाउन्डेसन नेपालको आयोजनामा भोला मा.वि., गञ्ज भवानीपुरमा विद्यार्थी भाइबहिनीहरूका लागि एकदिने जनचेतनामूलक कार्यक्रम सम्पन्न भएको छ।
कार्यक्रममा विद्यार्थीहरूलाई ट्राफिक नियम तथा सडक सुरक्षा, लागूऔषध दुर्व्यसन, साइबर अपराध तथा साइबर सुरक्षालगायतका विषयमा जनचेतनामूलक जानकारी प्रदान गरिएको थियो।
कार्यक्रममा असई यादव तथा सुरेन्द्र थारुले विद्यार्थीहरूलाई सम्बन्धित विषयमा प्रशिक्षण तथा महत्वपूर्ण जानकारी प्रदान गर्नुभएको थियो। कार्यक्रम जिल्ला ट्राफिक प्रहरी कार्यालय तथा जिल्ला प्रहरी कार्यालयको सहयोगमा सम्पन्न भएको हो।
कार्यक्रममा महागढीमाई फाउन्डेसन नेपालका संरक्षक Sunil Kushwaha ज्युको समेत उपस्थिति रहेको थियो। उहाँले विद्यार्थीहरूलाई समाजमा हुने विभिन्न विकृति तथा अपराधबाट आफू पनि जोगिन र आफ्नो परिवार तथा समुदायलाई समेत सचेत गराउन आग्रह गर्नुभयो।
विद्यार्थीहरूलाई सानै उमेरदेखि ट्राफिक नियमको पालना, लागूऔषधबाट टाढा रहने तथा साइबर प्रविधिको सुरक्षित र जिम्मेवार प्रयोगबारे सचेत गराउने उद्देश्यले कार्यक्रम आयोजना गरिएको फाउन्डेसनले जनाएको छ।
फाउन्डेसनले आगामी दिनमा पनि ‘मेरो समाज, मेरो दायित्व’ भन्ने भावनाका साथ समाजमा जनचेतनामूलक तथा सामाजिक उत्तरदायित्वका कार्यक्रमलाई निरन्तरता दिने जनाएको छ।