नेपाली कम्युनिस्ट पार्टी कालिकोट

  • Home
  • नेपाली कम्युनिस्ट पार्टी कालिकोट

नेपाली कम्युनिस्ट पार्टी कालिकोट Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from नेपाली कम्युनिस्ट पार्टी कालिकोट, Political organisation, .

नेपाली कम्युनिस्ट पार्टी  सान्नी त्रिवेणी गाउँसमिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।नेपाली कम्युनिस्ट पार्टी,...
18/08/2026

नेपाली कम्युनिस्ट पार्टी सान्नी त्रिवेणी गाउँसमिति एकता बैठक तथा प्रशिक्षण कार्यक्रम सम्पन्न ।
नेपाली कम्युनिस्ट पार्टी, सान्नी त्रिवेणी गाउँसमितिको एकता बैठक तथा प्रशिक्षण कार्यक्रम महत्वपूर्ण छलफल र निर्णयहरू गर्दै सफलतापूर्वक सम्पन्न भएको छ।
बैठकले पार्टी एकतालाई अझ सुदृढ बनाउँदै संगठनलाई व्यवस्थित, गतिशील र जनमुखी बनाउने विषयमा महत्वपूर्ण निर्णय गरेको छ। साथै, आगामी राजनीतिक तथा सांगठनिक कार्यदिशाबारे प्रशिक्षणसहित आवश्यक योजना निर्माण गरिएको छ।
एकता, संघर्ष र रूपान्तरणको बाटोमा अघि बढौँ।
सुदृढ संगठन, जनमुखी राजनीति र समाजवादी यात्रालाई थप मजबुत बनाऔँ।
सम्पूर्ण कमरेडहरूमा हार्दिक बधाई तथा शुभकामना! ✊

नेपाली कम्युनिस्ट पार्टी  शुभकालिका गाउँ कमिटी कालिकोट को एकता समायोजन बैठक सम्पन्न ।
09/08/2026

नेपाली कम्युनिस्ट पार्टी शुभकालिका गाउँ कमिटी कालिकोट को एकता समायोजन बैठक सम्पन्न ।

नेपाली कम्युनिस्ट पार्टी महावै गाउँ समितिको बैठक शनिबार पार्टी कार्यालय गैह्रेखाडामा सम्पन्न भएको छ ।  गाउँ समिति अध्यक्...
09/08/2026

नेपाली कम्युनिस्ट पार्टी महावै गाउँ समितिको बैठक शनिबार पार्टी कार्यालय गैह्रेखाडामा सम्पन्न भएको छ ।
गाउँ समिति अध्यक्ष क. जयचन्द्र अधिकारी को अध्यक्षतामा सम्पन्न बैठकले महावैको विकास र समृद्धिका साथै कम्युनिस्ट आन्दोलनको समस्या र सम्भावना बारे गहिरो समीक्षा गरेको छ । साथै बैठकले सदस्यता नविकरण र विस्तार कार्यमा तिब्रता दिदै वडा स्तरमा एकता समायोजन बैठकहरु निम्न मितिमा सम्पन्न गर्ने निर्णय गरेको छ ।
वडा नं - ५ मा भदौ २ गते
" ६ मा ३ गते
" ७ मा ४ गते
" १ मा ५ गते
" २ मा ६ गते
" ३ मा ७ गते
" ४ मा ८ गते ।
उक्त बैठकहरुमा पार्टीका केन्द्रीय सदस्यका साथै प्रदेश कमिटी सदस्य र कार्यपालिका सदस्य भन्दा माथिका जिम्मेवार जनप्रतिनिधिहरु अनिवार्य रुपमा सहभागी हुन आग्रह गर्ने निर्णयपनि बैठकले गरेको छ । जिल्ला समिति संयोजक क. तुलाराज सिम्खाडा , केन्द्रीय सदस्य क. चित्रसिंह गाउँले , केन्द्रीय अनुशासन आयोगका सदस्य क. सर्पराज सिंहको विशेष उपस्थितिमा सम्पन्न बैठकको सञ्चालन गाउँ पालिका समिति सह संयोजक सृजन शाही " पुष्कर " ले गर्नुभएको थियोे । बैठक सफल पार्ने सबै कमरेडहरुमा हार्दिक धन्यवाद ।।✊
पालिका इन्चार्ज कमरेड चित्रसिंह गाउँले लाई बिशेश धन्यवाद ।

05/08/2026
05/08/2026

कमरेड अभिवादन है भएको पार्टीलाई नै एकताबद्ध, सुदृढ र प्रभावकारी बनाउन नसकी फेरि नयाँ कम्युनिस्ट केन्द्र बनाउने आह्वान गर्नु बिप्लव हरुको गम्भीर राजनीतिक बहसको विषय होला तर जनतामा निरासा ल्याउन सक्छ कम्युनिस्ट आन्दोलनलाई बलियो बनाउने आधार बारम्बार विभाजन होइन, आत्मसमीक्षा, वैचारिक स्पष्टता, संगठनात्मक एकता र जनविश्वासको पुनर्निर्माण हो। नयाँ केन्द्रको कुरा उठाउनुभन्दा पहिले विगतका विभाजनबाट सिकेका पाठको निष्पक्ष समीक्षा हुनु आवश्यक छ।
एकता र रूपान्तरणले आन्दोलनलाई बलियो बनाउँछ, निरन्तर विभाजनले होइन। कम्युनिस्ट पार्टीको एकता आजको जनताको भावना हो । Ram Prasad Mainali Aaryan Khadka जनक साम्यवादी सागर श्रमिक

नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै छ।तत्कालीन प्रधानमन्त्री श्रद्देय अध्यक्ष कमरेड प्रचण्डको...
27/07/2026

नेपालकै पहिलो नागढुङ्गा–सिस्नेखोला सुरुङमार्ग आज उद्घाटन हुँदै छ।
तत्कालीन प्रधानमन्त्री श्रद्देय अध्यक्ष कमरेड प्रचण्डको प्रत्यक्ष नेतृत्व र तत्कालीन अर्थमन्त्री कमरेड कृष्णबहादुर महराको पालामा २०७३ साल पुष ७ गते नेपाल सरकार र जापान सरकारको अन्तर्राष्ट्रिय सहयोग नियोग (जाइका) बीच १६ अर्ब ६३ करोड जापानी येनको सहुलियतपूर्ण ऋण संझौता भएको थियो ।मुख्य सुरूङमार्ग २.६६८ कि मी छ भने निर्धारित समयमा निर्माण कार्य सम्पन्न नहुँदा कुल लागत २२ अर्बबाट २९ अर्ब पुगेको छ।
०.०१% व्याजदरको ४० वर्षे सहुलियतपूर्ण ऋण सहयोग हो।
समय र पूँजीको बचत हुने ऐतिहासिक योजनाको पहलकर्ता श्रद्देय अध्यक्ष कमरेड प्रचण्ड नेतृत्व सरकारलाई हार्दिक बधाई छ ।

बालेन सरकारलाई निर्णय गर्ने तरिका तल राखेको छु त्यही अनुसार मा होस् होइन राज्यका निर्णयहरू कुनै व्यक्ति वा समूहको निजी ब...
25/07/2026

बालेन सरकारलाई निर्णय गर्ने तरिका तल राखेको छु त्यही अनुसार मा होस् होइन राज्यका निर्णयहरू कुनै व्यक्ति वा समूहको निजी बिर्ताजस्तो मनपरी ढंगले गरिनु हुँदैन। यस्ता विषयमा जनताको हित, आवश्यकताको वस्तुगत मूल्याङ्कन र व्यापक परामर्शलाई प्राथमिकता दिनुपर्छ।
जनताको जीवनलाई सहज बनाउने निर्णय गरौं, अनावश्यक दुःख र अन्योल सिर्जना गर्ने होइन।यदि गरियो भने जहाँ दमन हुन्छ त्यहाँ बिस्पोट अनिवार्य हुन्छ हेक्का रहोस् सरोकारवालाले समयमा ध्यानाकर्षण यता होस् प्रचण्ड सरकार का काम कार्य हरु
#राजनीति #राजनीतिक #राजधानी #सामाजिक
#नेपालसरकार #सिंह #होइन

नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल ले वर्तमान सरकारको काम गर्ने शैली, बोली र व्यवहारप्रति गम्भीर चिन्त...
24/07/2026

नेपाली कम्युनिस्ट पार्टीका सह–संयोजक माधवकुमार नेपाल ले वर्तमान सरकारको काम गर्ने शैली, बोली र व्यवहारप्रति गम्भीर चिन्ता व्यक्त गरेका छन्।

उनका अनुसार सरकारका गतिविधिले देशको भविष्य, लोकतन्त्र, संविधान, संघीयता र गणतन्त्रमाथि नै प्रश्न उठ्ने अवस्था सिर्जना गरेको छ। नेपाल शान्तिपूर्ण रहन्छ कि रहँदैन, विदेशी प्रभाव बढ्ने त होइन भन्ने चिन्ता पनि उनले व्यक्त गरे।

उनले यस्तो अवस्थामा सबै राजनीतिक शक्तिहरू सजग र जिम्मेवार बन्नुपर्नेमा जोड दिँदै जनतालाई आश्वस्त पार्ने दायित्व सरकारकै भएको बताए।

तपाईंलाई के लाग्छ, सरकारका कामकारबाहीले जनतामा विश्वास बढाएको छ कि आशंका? आफ्नो विचार कमेन्टमा लेख्नुहोस्।

22/07/2026

कालिकोट जिल्ला, सान्नी त्रिवेणी गाउँपालिकाका सम्पूर्ण किसानप्रति ऐक्यबद्धता! नेपाली कम्युनिस्ट पार्टी कालिकोट
हिजो राति आएको असिना, वर्षा र तीव्र हावाहुरीका कारण सान्नी त्रिवेणी गाउँपालिकाका किसानहरूले ठूलो क्षति व्यहोर्नुपरेको छ। केही समयमै भित्र्याउने तयारीमा रहेको मकैबाली ढलेर धेरै स्थानमा पूर्ण रूपमा नष्ट भएको छ। किसानहरूको वर्षभरिको मेहनत एकै रातमा बर्बाद हुँदा उनीहरू गम्भीर समस्यामा परेका छन्।
यस दुःखद परिस्थितिमा स्थानीय सरकार, प्रदेश सरकार, संघीय सरकार, सम्बन्धित निकाय, संघ–संस्था तथा सहयोगी दातृ संस्थाहरूको तत्काल ध्यानाकर्षण गराउँदछु। कृपया यथाशीघ्र क्षतिको स्थलगत मूल्याङ्कन गरी प्रभावित किसानलाई राहत, क्षतिपूर्ति तथा आवश्यक कृषि सहयोगको व्यवस्था गरियोस्।
यस कठिन घडीमा हामी सम्पूर्ण किसान दाजुभाइ तथा दिदीबहिनीहरूसँग छौँ। किसानको पीडा हाम्रो साझा पीडा हो। समयमै उचित सहयोग र राहत उपलब्ध गराउनु आजको आवश्यकता हो।
प्रभावित सबै किसानप्रति हार्दिक समवेदना र साहसका साथ पुनः उभिन सफलताको शुभकामना।
#सान्नीत्रिवेणीकालिकोट

Address


Website

Alerts

Be the first to know and let us send you an email when नेपाली कम्युनिस्ट पार्टी कालिकोट posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share