23/09/2026
२०औँ संरक्षण दिवस तथा दोस्रो राष्ट्रिय संरक्षण मञ्च–२०८३ को अवसरमा आयोजित कार्यक्रममा माननीय मन्त्री गिता चौधरीले सहभागिता जनाउँदै संरक्षण, जैविक विविधता र मानव–वन्यजन्तु सहअस्तित्वका विषयमा धारणा राख्नुभयो।
उहाँले संरक्षणलाई संरक्षित क्षेत्रको सीमाभित्र मात्र सीमित नराखी स्थानीय समुदायको जीविकोपार्जन, प्रकृति संरक्षण र राष्ट्रिय समृद्धिसँग जोडेर अघि बढाउनुपर्नेमा जोड दिनुभयो।
साथै, Landscape-Level Conservation, Nature-based Solutions तथा समुदायमा आधारित संरक्षणलाई प्राथमिकता दिँदै सरकार, स्थानीय समुदाय, संरक्षणकर्मी, अनुसन्धानकर्ता, विकास साझेदार, निजी क्षेत्र तथा नागरिक समाजबीचको साझेदारी र सहकार्य थप सुदृढ गर्नुपर्ने धारणा व्यक्त गर्नुभयो।
-Level Conservation, Nature-based Solutions