08/08/2026
https://www.facebook.com/share/p/1KemrrSoTE/
स्थानीय तहमा असल अभ्यास !
कञ्चनपुरका बेलौरी नगरपालिका र लालझाडी गाउँपालिकाले संयुक्त लागत साझेदारीमा दमकल सञ्चालन भइरहेको छ। जसले दुई महिनामै आगलागीका थुप्रै घटनामा प्रभावकारी नतिजा दिएको छ, जनधनको क्षति हुनबाट जोगाएको छ।
बेलौरी नगरपालिकाको ४३ लाख ५५ हजार ४५५ रुपैयाँ र लालझाडी गाउँपालिकाको २३ लाख ४५ हजार २४५ रुपैयाँमा दमकल खरिद गरिएको हो। दमकल सञ्चालनका लागि दुई स्थानीय तहले 'अन्तर स्थानीय तह वारुण यन्त्र सञ्चालन तथा व्यवस्थापन कार्यविधि, २०८२' पारित गरेका छन्।
बेलौरी नगरपालिकाका विपद् व्यवस्थापन सम्पर्क व्यक्ति अशोक पाण्डेयका अनुसार दमकल सञ्चालनका लागि दुई जना चालक र पाँच जना अग्निनियन्त्रक २४ सै घण्टा तयारी अवस्थामा रहन्छन्। दमकल सञ्चालनका लागि दुई पालिकाले कुल ८५ लाख रुपैयाँ बराबरको संयुक्त कोष पनि स्थापना गरेका छन्।