Bairiya Yuwa Samaj- वैरिया युवा समाज

Bairiya Yuwa Samaj- वैरिया युवा समाज Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Bairiya Yuwa Samaj- वैरिया युवा समाज, Social service, banganga, Kapilvastu.

24/07/2026

🌿🙏 देउरालीघाट—हाम्रो माटो, हाम्रो पहिचान, हाम्रो साझा सम्पत्ति।

हिजोसम्म झाडी र फोहोरले ढाकिएको देउरालीघाट आज बैरिया युवा समाजको मेहनत, समर्पण र सामूहिक प्रयासले नयाँ स्वरूपमा निर्माण भएको छ। 💚

यो केवल ठाउँको निर्माण होइन, यो त युवाशक्तिको इच्छाशक्ति, एकता र समाजप्रतिको जिम्मेवारीको सुन्दर उदाहरण हो। आफ्नै गाउँ–ठाउँको विकासका लागि समय, श्रम र पसिना खर्चिनुहुने बैरिया युवा समाजका सम्पूर्ण सदस्यहरूलाई हृदयदेखि नै हार्दिक धन्यवाद तथा आभार। 🙏❤️

परिवर्तन भाषणले होइन, कामले देखिन्छ।
र देउरालीघाटको यो सुन्दर परिवर्तन त्यसैको एउटा उत्कृष्ट उदाहरण हो। 🌿✨

🤝 एकता हुँदा असम्भव केही हुँदैन।
🌱 युवा जागे, समाज बदलिन्छ।

सम्पूर्ण बैरिया युवा समाजका सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद।आज मिति २०८३ साल श्रावण १ गते देउराली घाटमा बैरिया ...
17/07/2026

सम्पूर्ण बैरिया युवा समाजका सदस्य तथा शुभेच्छुकहरूमा हार्दिक धन्यवाद।

आज मिति २०८३ साल श्रावण १ गते देउराली घाटमा बैरिया युवा समाजद्वारा आयोजित वृहत् वृक्षारोपण कार्यक्रम सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।

कार्यक्रमलाई सफल बनाउन बिहानैदेखि उपस्थित भई आफ्नो अमूल्य समय, श्रम तथा आवश्यक सामग्रीमार्फत सहयोग गर्नुहुने सम्पूर्ण सदस्यहरू, तथा शुभेच्छुकहरूप्रति बैरिया युवा समाज हार्दिक आभार व्यक्त गर्दछ।

हाम्रो सानो प्रयासले हरियाली प्रवर्द्धन, वातावरण संरक्षण तथा स्वच्छ र सुन्दर समाज निर्माणमा सकारात्मक योगदान पुग्ने विश्वास लिएका छौं।

आगामी दिनहरूमा पनि यस्तै सामाजिक तथा जनहितका कार्यक्रमहरूमा निरन्तर साथ, सहयोग र सक्रिय सहभागिताको अपेक्षा गर्दछौं।

फेरि एकपटक सम्पूर्णमा हार्दिक धन्यवाद।

– बैरिया युवा समाज

बैरिया युवा समाजको विशेष तथा अर्थपूर्ण पहल र बाणगंगा नगरपालिकाको सहयोगमा हाम्रो क्षेत्रस्थित श्री दुर्गा भगवती मन्दिरमा ...
22/06/2026

बैरिया युवा समाजको विशेष तथा अर्थपूर्ण पहल र बाणगंगा नगरपालिकाको सहयोगमा हाम्रो क्षेत्रस्थित श्री दुर्गा भगवती मन्दिरमा सफलतापूर्वक सोलार प्रणाली जडान गरिएको छ।

यस महत्वपूर्ण कार्यले मन्दिरलाई दिगो, भरपर्दो र वातावरणमैत्री विद्युत् सेवासँग जोडेको छ। अब नियमित पूजा–आराधना, धार्मिक कार्यक्रम तथा साँझको समयमा प्रकाश व्यवस्थापन अझ सहज र प्रभावकारी हुने भएको छ।

श्री दुर्गा भगवती मन्दिर हाम्रो धार्मिक आस्था, संस्कृति र सामाजिक एकताको प्रतीक हो। यस मन्दिरको संरक्षण, विकास र सुविधामा गरिएको यस्तो योगदानले सम्पूर्ण समुदायलाई प्रत्यक्ष लाभ पुर्‍याउने विश्वास लिएका छौं।

यस पुण्य कार्यमा सहयोग पुर्‍याउनुहुने बाणगंगा नगरपालिका, सक्रिय भूमिका निर्वाह गर्नुहुने बैरिया युवा समाज, तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा साथ दिनुहुने सम्पूर्ण महानुभावहरूमा हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौं।

“समुदायको विकास, साझा प्रयासबाट सम्भव हुन्छ।”

11/06/2026

सरसफाइ कार्यक्रम 🙂🙂

बैरिया युवा समाजका सक्रिय सदस्य एवं कार्यसमिति सदस्य, कामॉख्या रिकन्डिसनका सञ्चालक आदरणीय कृष्ण शर्माज्यूलाई जन्मदिनको ह...
08/06/2026

बैरिया युवा समाजका सक्रिय सदस्य एवं कार्यसमिति सदस्य, कामॉख्या रिकन्डिसनका सञ्चालक आदरणीय कृष्ण शर्माज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौं। 🎂🌹

समाजसेवा, नेतृत्व क्षमता र युवाप्रतिको समर्पणले उहाँलाई समुदायमा एक प्रेरणादायी व्यक्तित्वको रूपमा स्थापित गरेको छ। आगामी दिनहरूमा पनि उहाँको जीवन सुख, समृद्धि, उत्तरोत्तर प्रगति, सुस्वास्थ्य र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभेच्छा व्यक्त गर्दछौं।

🎉 जन्मदिनको धेरै धेरै शुभकामना कृष्ण शर्माज्यू! 🎉

03/06/2026

❤️❤️

'रक्तदान नै जीवनदान' भन्ने मुल नाराका साथ आज मिति २०८३-०२-०२ गते शनिवार का दिन वाणगंगा-१ बैरिया अवस्थित श्री दुर्गा भगवत...
16/05/2026

'रक्तदान नै जीवनदान' भन्ने मुल नाराका साथ आज मिति २०८३-०२-०२ गते शनिवार का दिन वाणगंगा-१ बैरिया अवस्थित श्री दुर्गा भगवती मन्दिरको पावन भूमिमा, वैरीया युवा समाजद्वारा आयोजीत बृहत् रक्तदान कार्यक्रम आयोजित रक्तदान कार्यक्रम सफलतापूर्वक सम्पन्न भएकोमा अत्यन्त खुसी लागेको छ । यस कार्यक्रममा कुल ५६ पोइन्ट रगत संकलन हुनु सम्पूर्ण समाजकै लागि गर्वको विषय बनेको छ । ❤️🩸
यस मानवीय अभियानमा सहभागी भई अमूल्य रगत दान गर्नुहुने सम्पूर्ण रक्तदाता महानुभावहरू, कार्यक्रमलाई सफल बनाउन खटिनुहुने युवा समाजका सम्पूर्ण सदस्यहरू, स्वास्थ्यकर्मी, पत्रकार मित्र तथा प्रत्यक्ष–अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्णमा अध्यक्षको हैसियतले हार्दिक धन्यवाद व्यक्त गर्दछु । 🙏
तपाईंहरूको साथ, सहयोग र विश्वासले आगामी दिनमा अझ बढी सामाजिक तथा मानव सेवाका कार्य गर्न प्रेरणा मिलेको छ ।
“रक्तदान नै जीवनदान हो ।” ❤️
अध्यक्ष
महेश राज पन्थ

सेवा नै धर्म हो ।मिति २०८२ साल चैत्र १९ गतेका दिन, वाणगङ्गा ट्रक व्यवसायी समितिको सौजन्य तथा वैरिया युवा समाजको सक्रिय स...
02/04/2026

सेवा नै धर्म हो ।

मिति २०८२ साल चैत्र १९ गतेका दिन, वाणगङ्गा ट्रक व्यवसायी समितिको सौजन्य तथा वैरिया युवा समाजको सक्रिय सहयोगमा, श्रृङ्गिघाट (देउराली घाट) क्षेत्रमा बिहान ८:०० बजेदेखि दिउँसो ४:०० बजेसम्म सञ्चालन गरिएको सामूहिक श्रमदान कार्यक्रममार्फत प्रतिक्षालय निर्माण कार्य सफलतापूर्वक सम्पन्न भएको जानकारी गराउन पाउँदा हामी अत्यन्त हर्षित छौं।

यस महत्वपूर्ण कार्यमा प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा योगदान पुर्‍याउनुहुने सम्पूर्ण वैरिया युवा समाजका सदस्यहरू तथा सहयोगी हातहरू प्रति हार्दिक धन्यवाद एवं कृतज्ञता व्यक्त गर्दछौं।

सामूहिक प्रयास र सेवाभावले समाज रूपान्तरणमा महत्वपूर्ण भूमिका खेल्ने विश्वासका साथ आगामी दिनहरूमा समेत यस्तै सहकार्य निरन्तर रहने अपेक्षा गर्दछौं।

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉बैरिया युवा समाजका अध्यक्ष श्री महेश राज पन्थ ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्...
20/03/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉

बैरिया युवा समाजका अध्यक्ष श्री महेश राज पन्थ ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।

तपाईंको जीवन सुस्वास्थ्य, दीर्घायु, सफलता तथा निरन्तर प्रगतिले भरिपूर्ण रहोस्। समाज तथा शिक्षाक्षेत्रमा पुर्‍याउँदै आउनुभएको महत्वपूर्ण योगदान अझ उच्च शिखरमा पुगिरहोस् भन्ने हाम्रो हार्दिक कामना छ।

🎂 जन्मदिनको पुनः हार्दिक शुभकामना !

— बैरिया युवा समाज परिवार

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉बैरिया युवा समाजका कार्यकारी समितिका सदस्य श्री चोपलाल बेल्बासे ज्यूलाई जन्मदिनको हार्दिक ...
10/03/2026

🎉 जन्मदिनको हार्दिक शुभकामना 🎉
बैरिया युवा समाजका कार्यकारी समितिका सदस्य श्री चोपलाल बेल्बासे ज्यूलाई जन्मदिनको हार्दिक मंगलमय शुभकामना व्यक्त गर्दछौँ।
तपाईंको जीवन सुस्वास्थ्य, दीर्घायु, सफलता र निरन्तर प्रगतिले भरिपूर्ण रहोस्। समाज तथा शिक्षाक्षेत्रमा पुर्‍याउँदै आउनुभएको महत्वपूर्ण योगदान अझै उचाइमा पुगिरहोस् भन्ने कामना गर्दछौँ।
🎂 जन्मदिनको धेरै धेरै शुभकामना !
— बैरिया युवा समाज परिवार

Address

Banganga
Kapilvastu
32800

Website

Alerts

Be the first to know and let us send you an email when Bairiya Yuwa Samaj- वैरिया युवा समाज posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category