26/08/2026
रसुवाको भोटेकोशीमा आएको आकस्मिक बाढीले ठूलो क्षति पुर्याएको अनुमान बाढीको तीव्र बहावबाट गर्न सकिन्छ।
नदीको तल्लो तटीय क्षेत्र तथा नदी किनारमा रहनुभएका सम्पूर्ण नागरिकहरूलाई स्थानीय प्रशासनले तत्काल सुरक्षित स्थानमा जान आग्रह गर्दै सूचना जारी गरेको छ।
यस विपद्को घडीमा सबैजना उच्च सतर्कता अपनाऔँ। जोखिममा रहेका नागरिकहरूको उद्धार तथा मानवीय सहायताका लागि आ–आफ्नो स्थानबाट जुटौँ।
सुरक्षित रहौँ, अरूलाई पनि सुरक्षित राखौँ। मानवीय सहयोगका लागि सबै एकजुट बनौँ।