14/06/2026
🚨 आस्थाको आवरणमा अपराध: इस्कोन नेपालभित्र अबोध बालकमाथि चरम यातना!
काठमाडौँको बूढानीलकण्ठस्थित कृष्ण प्रणामी आश्रम (इस्कोन) भित्र ५ वर्षका एक अबोध बालकमाथि अमानवीय शारीरिक र मानसिक यातना दिएको घटना सार्वजनिक भएको छ।
**📌 के भएको थियो?**
* **क्रूर यातना:** गुरुकुलका प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठ (सुन्दर गोपाल प्रभु) ले ५ वर्षका बालकको शरीरभरि पिनले घोचेर निलडाम पारेको, रेलिङमा च्यापेको र साढेमा चढाएर तर्साउने गरेको खुलासा।
* **धम्की:** घटनाबारे घरमा कसैलाई नभन्न बालकलाई चरम मानसिक त्रास र धम्की दिइएको।
* **प्रमाण नष्ट गर्ने प्रयास:** भारतबाट आएको 'चाइल्ड प्रोटेक्सन अफिस' (CPO) को अनुसन्धान टोलीमाथि आरोपी र उनका समर्थक ३०-३५ जनाको समूहले भौतिक आक्रमण गरी ल्यापटप, मोबाइल र सङ्कलित प्रमाणहरू खोसेर नष्ट पारेको आरोप।
**👮 प्रहरीको एक्सन:**
जिल्ला प्रहरी परिसर काठमाडौँका अनुसार, बालबालिकासम्बन्धी कसुरमा अनुसन्धानका लागि प्रहरीले प्रिन्सिपल सुरजकृष्ण श्रेष्ठलाई नियन्त्रणमा लिएको छ र घटनाको थप छानबिन भइरहेको छ।
> **धर्म र अध्यात्मको आडमा अबोध बालबालिकामाथि हुने यस्ता जघन्य अपराधका दोषीलाई कडा भन्दा कडा कारबाही होस्! 🙏**
>