06/09/2026
ॐ योग गरौं निरोग रहौँ
आज मिति २०८३/०५/२१गते आइतबार परम पुज्य स्वामीजी महाराज तथा परम श्रद्धेय आचार्य श्री महाराजलाई सत्सत नमन , पुज्य गुरुवरको आशिर्वाद ग्रहण गर्दै कोशी प्रदेशको झापा जिल्लामा पतञ्जलि योगपीठ नेपाल अन्तर्गत पतञ्जलि योग समिति नेपाल, महिला पतञ्जलि योग समिति नेपाल तथा युवा नेपाल समितिको आयोजनामा झापा जिल्लामा १५ दिने सहयोग शिक्षक प्रशिक्षण कार्यक्रम–२०८३को शुभारम्भ भएको छ।
महिला पतञ्जलि योग समिति झापा तथा पतञ्जलि योग समिति कनकाई नगर समिति, झापाको सहकार्यमा सञ्चालित उक्त प्रशिक्षण कार्यक्रम कनकाई–८लक्ष्मीपुर खाडीबस्ती शिवसदन साधना केन्द्रमा भइरहेको छ।
योग, प्राणायाम, ध्यान तथा स्वस्थ जीवनशैलीसम्बन्धी ज्ञान र सीप प्रदान गर्दै दक्ष योग सहयोग शिक्षक उत्पादन गर्ने यस प्रशिक्षणले स्वस्थ व्यक्ति, स्वस्थ परिवार र स्वस्थ समाज निर्माणमा महत्वपूर्ण योगदान पुर्याउने विश्वास गरिएको छ। 🙏
ॐ सर्वे भवन्तु सुखिनः।
सर्वे सन्तु निरामयाः।
सर्वे भद्राणि पश्यन्तु।
मा कश्चिद् दुःखभाग्भवेत्। 🕉️