19/09/2026
“मलाई धेरैले चाहून्…” यो प्रेमको आवश्यकता हो कि Validation को?
कहिलेकाहीँ एउटै सम्बन्धमा हुँदा पनि बारम्बार अर्को व्यक्तिको attention, flirt, attraction वा चाहनाबाट आफूलाई “म अझै attractive छु, म important छु” भनेर प्रमाणित गरिरहन मन लाग्छ।
Psychology मा यसलाई केवल “चरित्र” भनेर बुझिँदैन।
यसको पछाडि कहिलेकाहीँ low self-worth, attachment insecurity, emotional emptiness, novelty-seeking वा बाहिरी validation मा निर्भरता हुन सक्छ।
तर ध्यान दिनुपर्ने कुरा यही हो— नयाँ व्यक्तिको attention ले केही समयका लागि मनलाई खुशी बनाउन सक्छ, तर self-worth को खालीपन सधैं भरिदिँदैन।
आज एउटा व्यक्तिबाट validation, भोलि अर्कोबाट…, फेरि अर्कोबाट… यसरी सुरु भएको cycle ले अन्ततः आफूसँगको सम्बन्ध र आफूले चाहेको सम्बन्ध दुवैलाई कमजोर बनाउन सक्छ।
सम्बन्धमा प्रश्न यो होइन— “कति जनाले मलाई चाहन्छन्?”
प्रश्न यो हो— “कसैले मलाई नचाहेको अवस्थामा पनि के म आफूलाई पर्याप्त महसुस गर्न सक्छु?”
❤️
प्रेममा attention चाहिनु स्वाभाविक हो। तर आफ्नो मूल्य प्रमाणित गर्न बारम्बार अरूको चाहना खोजिरहनु—आफैंभित्र हेर्नुपर्ने संकेत हुन सक्छ। र एउटा कुरा अझै महत्वपूर्ण—
यो प्रवृत्ति महिलामा मात्र होइन, पुरुषमा पनि हुन सक्छ।
Gender होइन, psychological pattern बुझ्नु आवश्यक छ।
Healthy relationship मा validation माग्नुभन्दा पहिले
self-worth निर्माण गर्न सिक्नुपर्छ।
#पुरुषकोमन