03/03/2026
नया बन्ने सरकार बाट न्यूनतम अपेक्षा
[गन्तब्य: सफा, सभ्य, सुरक्षित र भव्य नेपाल]
पहिलो वर्षमै धेरै ठूला अपेक्षा राख्ने त होइन, तर राज्यको दैनिकी बाहेक तलका साधारण परिवर्तन भए मात्र पनि आम नागरिकले ठूलो राहत र परिवर्तन महसुस गर्नेछन्:
• बिजुलीका तारहरू जमिनमुनि लैजाने काममा तदारुकता देखियोस्। त्यसो गर्दा खतरनाक भोल्टेज भएका बक्सहरूले पैदल मार्ग ढाकेर नराखी, जमिनमुनि वा अन्य सुरक्षित समाधान निकालियोस्।
• प्रविधियुक्त फोहोर व्यवस्थापन र पुनर्चक्रण (recycling) को अवधारणामा ठोस काम अगाडि बढोस्।
पैदल यात्री, साईकल चालक र शारीरीक दुर्बल भएकाहरूलाई सडक प्रयोग मा प्राथमिकता दिईयोस्।
• माछा-मासु घाममा देखाएर पानी छर्केर दिनभरि राखेर बेच्ने प्रथा पूर्ण रूपमा बन्द गरियोस्। यसको सट्टा चिस्यानयुक्त (cold storage/refrigerated) दराजमा राखेर मात्र बिक्री गर्ने नियम कडाइका साथ लागू होस् र सुरक्षित बधशाला
(slaughterhouse) को अवधारणा अवलम्बन गरियोस्।
• औषधीको तस्करी र नक्कली औषधीको कारोबार नियन्त्रण गर्न प्रभावकारी कदम चालियोस्।
• नक्कली तथा विषाक्त खाद्यान्न, फलफूल र तरकारीको निर्बाध बिक्रीवितरणलाई जरोबाटै अन्त्य गरियोस्।
• मन्दिर, मूर्ति र सांस्कृतिक सम्पदाको संरक्षणमा विशेष ध्यान दिइयोस्।
• बालक, महिला र वृद्धवृद्धाहरूको पोषण तथा स्वास्थ्यमा विशेष व्यवस्था मिलाइयोस्।
• भ्रष्टाचार नगर्ने प्रतिबद्धताको पालना गरीयोस् , साथै विगतका ठूला भ्रष्टाचार काण्डका दोषीहरूलाई न्यायोचित दण्ड सजायको भागीदार बनाइयोस्।
यी कुराहरू साना लाग्न सक्छन्, तर यिनैले दैनिक जीवनमा ठूलो फरक पार्छन्। यस्ता आधारभूत सुधारबाट नै नेपाल सफा, सभ्य र सुरक्षित बन्न सक्छ।
करौडौं गर्नु पर्ने सुचि तेर्स्याएर भन्दा , अब सानो सानो पाईला चाली एक शसक्त आत्मनिर्भर राष्ट्र बनाउन पहरेदार को भुमिकामा हामी बिना शर्त र माग तैयार छौं।
Sushil ThapaBhandari BishalVaidik Anusandhan Guthiसंस्कार शिक्षा Ujwal Thapa Foundation Lions Clubs International