Ministry of Energy, Water Resources and Irrigation

Ministry of Energy, Water Resources and Irrigation Hotline Number : 1151

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति र आगामी कार्ययोजनाबारे छलफलऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवक...
18/08/2026

राष्ट्रिय गौरवका सिँचाइ आयोजनाको प्रगति र आगामी कार्ययोजनाबारे छलफल

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले राष्ट्रिय गौरवका सिँचाइ आयोजनाहरूको विद्यमान अवस्था, प्रगति, समस्या तथा आगामी कार्ययोजनाका विषयमा आज सिँचाइ विभागका महानिर्देशक, जलस्रोत महाशाखा प्रमुख, आयोजना प्रमुखलगायत सम्बन्धित कर्मचारीहरूसँग छलफल गरेको छ।

छलफलमा आयोजनाहरूलाई समयमै सम्पन्न गर्ने, कार्यान्वयनमा देखिएका समस्या समाधान गर्ने, लागत तथा समयको प्रभावकारी व्यवस्थापन गर्ने र सिँचाइ सुविधालाई कृषि उत्पादन तथा आर्थिक विकाससँग जोड्ने विषयमा विशेष जोड दिइएको छ।

साथै, भेरी–बबई बहुउद्देश्यीय, बबई तथा सिक्टा सिँचाइ आयोजनालगायत राष्ट्रिय गौरवका आयोजनाहरूलाई निर्धारित समयसीमाभित्र सम्पन्न गर्ने गरी आवश्यक कार्ययोजना अघि बढाउने विषयमा छलफल भएको छ।

18/08/2026
नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा संस्थाको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनु...
14/08/2026

नेपाल विद्युत् प्राधिकरणको ४१औँ वार्षिकोत्सवका अवसरमा संस्थाको विकास, विस्तार र सुदृढीकरणमा महत्वपूर्ण योगदान पुर्‍याउनुहुने सम्पूर्ण विद्युतकर्मीहरूप्रति उच्च सम्मान व्यक्त गर्दछु।

दीर्घ सेवा पदक प्राप्त गर्नुहुने १६७ जना, अवकाश पदकबाट सम्मानित ३५५ जना तथा अमर विद्युतकर्मीका रूपमा सम्मानित १ जनाप्रति विशेष सम्मानसहित हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दछु।

नेपालको ऊर्जा क्षेत्रको विकास, विद्युत् पहुँच विस्तार, गुणस्तरीय सेवा प्रवाह र ‘उज्यालो नेपाल’ निर्माणको यात्रामा नेपाल विद्युत् प्राधिकरणको योगदान अत्यन्त महत्वपूर्ण छ। संस्थाको आजको उपलब्धि हजारौँ विद्युतकर्मीको निरन्तर समर्पण, श्रम र सेवाको परिणाम हो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयको तर्फबाट नेपाल विद्युत् प्राधिकरणलाई अझ सक्षम, सबल, उत्तरदायी र जनमुखी संस्थाका रूपमा विकास गर्दै नेपालको ऊर्जा क्षेत्रलाई समृद्धिको प्रमुख आधार बनाउने यात्रामा निरन्तर सहकार्य र शुभेच्छा व्यक्त गर्दछु।

समर्पण, सेवा र योगदानप्रति उच्च सम्मान।
नेपाल विद्युत् प्राधिकरणको उज्ज्वल भविष्यका लागि हार्दिक शुभकामना।

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्रीमती सरिता दवाडीको अध्यक्षतामा मन्त्रालयको उच्च तह व्यवस्थापन समूह (SMT) क...
13/08/2026

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयका सचिव श्रीमती सरिता दवाडीको अध्यक्षतामा मन्त्रालयको उच्च तह व्यवस्थापन समूह (SMT) को बैठक सम्पन्न भएको छ।

मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) को बैठकपश्चात् मन्त्रालयको नेतृत्व सम्हालेपछि सम्पन्न पहिलो SMT बैठकमा मन्त्रालयअन्तर्गतका कार्यक्रम तथा आयोजनाको प्रगति, बजेट कार्यान्वयन, अन्तरनिकाय समन्वय तथा समसामयिक विषयमा समीक्षा गरिएको छ।

नियमित समीक्षा, प्रभावकारी समन्वय, द्रुत निर्णय र परिणाममुखी कार्यसम्पादनमार्फत नागरिकलाई गुणस्तरीय सेवा प्रवाह गर्ने उद्देश्यका साथ अब SMT बैठकलाई नियमित रूपमा सञ्चालन गरिनेछ।

सुशासन, पारदर्शिता, जवाफदेहिता र समयबद्ध कार्यसम्पादनलाई प्राथमिकतामा राख्दै मन्त्रालयका कामकारबाहीलाई थप प्रभावकारी र परिणाममुखी बनाउने प्रतिबद्धता व्यक्त गरिएको छ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवराष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अ...
12/08/2026

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सव

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडको ११औँ वार्षिकोत्सवका अवसरमा आयोजित कार्यक्रममा माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री श्री विराज भक्त श्रेष्ठले नेपालको ऊर्जा क्षेत्रलाई आर्थिक रूपान्तरणको प्रमुख आधारका रूपमा विकास गर्न उत्पादनसँगै प्रसारण तथा वितरण पूर्वाधारको सन्तुलित विकास आवश्यक रहेको बताउनुभयो।

उहाँले बढ्दो विद्युत् उत्पादनलाई भरपर्दो प्रसारण प्रणालीमार्फत आन्तरिक खपत र अन्तरदेशीय विद्युत् व्यापारसँग जोड्दै औद्योगिकीकरण, रोजगारी र आर्थिक वृद्धिमा विद्युत्को योगदान बढाउनुपर्नेमा जोड दिनुभयो।

मन्त्रालय आधुनिक, सुरक्षित र भरपर्दो प्रसारण प्रणालीको विस्तार तथा ऊर्जा क्षेत्रलाई आर्थिक समृद्धिको आधार बनाउने दिशामा प्रतिबद्ध छ।

राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडलाई ११औँ वार्षिकोत्सवको हार्दिक शुभकामना।

समीक्षा, समन्वय र परिणाममुखी कार्यसम्पादनतर्फ थप प्रतिबद्धता।आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आर्थिक वर्ष २०८२/८...
31/07/2026

समीक्षा, समन्वय र परिणाममुखी कार्यसम्पादनतर्फ थप प्रतिबद्धता।

आज ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा आर्थिक वर्ष २०८२/८३ को चौथो त्रैमासिक एवं वार्षिक प्रगति समीक्षा तथा मन्त्रालयस्तरीय विकास समस्या समाधान समिति (MDAC) बैठक सम्पन्न भयो।

बैठकमा आर्थिक वर्षभरि सम्पादित कार्यक्रम तथा आयोजनाहरूको प्रगति, उपलब्धि, चुनौती र सिकाइहरूको समग्र समीक्षा गर्दै आगामी कार्यान्वयनलाई अझ प्रभावकारी, परिणाममुखी र समयबद्ध बनाउने विषयमा विस्तृत छलफल गरियो। साथै, विकास आयोजनाको कार्यान्वयनमा देखिएका समस्याको समाधान, अन्तरनिकाय समन्वय सुदृढीकरण तथा सेवा प्रवाहलाई थप प्रभावकारी बनाउने विषयमा आवश्यक निर्णयहरू समेत गरियो।

ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको दिगो विकास, सुशासन र प्रभावकारी सेवा प्रवाहका लागि मन्त्रालय निरन्तर प्रतिबद्ध रहेको छ।

सहकार्य र समन्वयबाट परिणाममुखी कार्यतर्फऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यू र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख...
30/07/2026

सहकार्य र समन्वयबाट परिणाममुखी कार्यतर्फ

ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यू र काठमाडौँ महानगरपालिकाका कार्यवाहक प्रमुख सुनीता डंगोलज्यूबीच आज साझा प्राथमिकताका विषयमा सार्थक छलफल सम्पन्न भयो।

छलफलका क्रममा निम्न विषयहरूमा सहकार्यलाई अघि बढाउने विषयमा साझा समझदारी बन्योः

• काठमाडौँका सडकबत्तीहरूको व्यवस्थित सञ्चालन, मर्मत तथा व्यवस्थापन।
• घट्दो भूमिगत जलस्रोतलाई वैज्ञानिक तथ्याङ्कका आधारमा पुनर्भरण गर्न संयुक्त कार्यक्रम सञ्चालन।
• फोहोरबाट ऊर्जा (Waste to Energy) उत्पादन गर्ने नमुना परियोजना चालु आर्थिक वर्षमै सञ्चालनमा ल्याउने।
• सम्पदा क्षेत्रहरूमा पुरातत्त्व विभागसँग आवश्यक समन्वय गरी सापेक्ष विद्युतीकरण तथा प्रकाश व्यवस्थापनसम्बन्धी कार्यविधि तयार गरी कार्यान्वयन गर्ने।
• नेपाल विद्युत् प्राधिकरण र काठमाडौँ महानगरपालिकासँग सम्बन्धित बाँकी विषयहरूलाई व्यावहारिक तथा वैज्ञानिक आधारमा समाधान गर्ने।

नागरिकका साझा सरोकारका विषयहरूको दिगो समाधानका लागि संघीय सरकार र स्थानीय सरकारबीचको सहकार्य र समन्वयलाई थप सुदृढ बनाउँदै प्रत्यक्ष जनहितमा परिणाममुखी कार्य अघि बढाइने मन्त्रालयको प्रतिबद्धता रहेको छ।

नेपाल–जापान विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आज माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यूको उपस्थितिम...
28/07/2026

नेपाल–जापान विकास साझेदारीलाई थप सुदृढ बनाउने उद्देश्यका साथ आज माननीय ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रीज्यूको उपस्थितिमा जापान अन्तर्राष्ट्रिय सहयोग नियोग (JICA) का अध्यक्ष आकिहिको तानाका नेतृत्वको प्रतिनिधिमण्डलसँग सौहार्दपूर्ण तथा फलदायी भेटवार्ता सम्पन्न भयो।

भेटवार्ताका क्रममा ऊर्जा, जलस्रोत तथा सिँचाइ क्षेत्रको पूर्वाधार विकास, जलविद्युत्, प्रसारण तथा वितरण प्रणाली सुदृढीकरण, नदी बेसिन व्यवस्थापन, प्राविधिक सहयोग, क्षमता अभिवृद्धि तथा लगानी विस्तारका विषयमा विस्तृत छलफल भएको छ।

माननीय मन्त्रीज्यूले नेपालको स्वच्छ, हरित तथा भरपर्दो ऊर्जा (Clean and Green Energy) विकास र जलस्रोत क्षेत्रको रूपान्तरणमा जापान सरकार तथा JICA ले निरन्तर पुर्‍याउँदै आएको सहयोगप्रति हार्दिक आभार व्यक्त गर्दै आगामी दिनमा समेत आपसी सहकार्यलाई अझ प्रभावकारी, परिणाममुखी र दिगो बनाउँदै साझा विकास लक्ष्य हासिल गर्न मन्त्रालय प्रतिबद्ध रहेको बताउनुभयो।

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रको सहभागिताबारे मन्त्रालयमा छलफलनेपालको स्वच्छ, हरित र भरपर्दो (Clean, Green & Rel...
24/07/2026

विद्युत व्यापार विस्तारमा निजी क्षेत्रको सहभागिताबारे मन्त्रालयमा छलफल

नेपालको स्वच्छ, हरित र भरपर्दो (Clean, Green & Reliable) विद्युतलाई क्षेत्रीय बजारमा प्रतिस्पर्धी रूपमा विस्तार गर्ने लक्ष्यसहित ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्री विराज भक्त श्रेष्ठको उपस्थितिमा स्वतन्त्र ऊर्जा उत्पादकहरूको संस्था नेपाल (इप्पान) का पदाधिकारीसँग मन्त्रालयमा छलफल सम्पन्न भयो।

छलफलमा विद्युत व्यापारमा निजी क्षेत्रको सहभागिता, प्रतिस्पर्धी विद्युत बजारको विकास, खुला पहुँच (Open Access), प्रसारण पूर्वाधारको प्रभावकारी उपयोग तथा क्षेत्रीय ऊर्जा व्यापारका सम्भावनाबारे विस्तृत विचार-विमर्श भयो। मन्त्री श्रेष्ठले नेपाल विद्युत प्राधिकरणसँग समन्वयमा B2B मोडलमार्फत निजी क्षेत्रलाई अन्तर्राष्ट्रिय बजार खोज्न आवश्यक नीतिगत र कानुनी व्यवस्था बनाउन मन्त्रालय सकारात्मक रहेको बताउँदै, राज्यको हित, प्राधिकरणको भूमिका र उपभोक्ताको अधिकार सुरक्षित हुने गरी विद्युत व्यापार विस्तार गरिने स्पष्ट पार्नुभयो।

ऊर्जा उत्पादनसँगै व्यापार र बजार विस्तारमा निजी क्षेत्रको अनुभव उपयोग गर्दै नेपाललाई दक्षिण एशियाको स्वच्छ ऊर्जा केन्द्रका रूपमा स्थापित गर्ने तथा ऊर्जा क्षेत्रमार्फत आर्थिक समृद्धिमा योगदान पुर्‍याउने साझा प्रतिबद्धता छलफलमा व्यक्त गरिएको थियो।

Address

Singhadurbar
Kathmandu

Opening Hours

Monday 09:00 - 17:00
Tuesday 09:00 - 17:00
Wednesday 09:00 - 17:00
Thursday 09:00 - 17:00
Friday 09:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Ministry of Energy, Water Resources and Irrigation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share