01/08/2026
पाकिस्तानको Broad Peak को काखमा आफ्नो अमूल्य जीवन गुमाउनु भएका सम्पूर्ण पर्वतारोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली।
पर्वतारोही भएको नाताले म बुझ्न सक्छु—हिमालतर्फ चालिएको प्रत्येक पाइला मृत्युको सम्भावनालाई चुनौती दिँदै अगाडि बढ्ने साहस हो। हरेक आरोहण केवल शिखरतर्फको यात्रा मात्र होइन, आत्मविश्वास, त्याग, धैर्य र जीवनप्रतिको गहिरो आस्थाको परीक्षा पनि हो।
आज शिखरले केही बहादुर आत्माहरूलाई आफ्नै काखमा सधैंका लागि अँगालेको छ। उहाँहरूको साहस, समर्पण र हिमालप्रतिको प्रेम सधैं प्रेरणाको स्रोत बनिरहनेछ।
हरेक पटक हिमालतिर पाइला चाल्दा हरेकको मनमा एउटै प्रार्थना हुन्छ, मेरो प्राण यिनै हिमालको काखमा बिसर्जन गर्नु नपरोस्। सायद कुनै पनि आरोही मृत्यु खोज्दै हिमालतिर जाँदैन।
तर प्रकृतिको आफ्नै नियम हुन्छ। उसले न नाम हेर्छ, न अनुभव, न कीर्तिमान।
ब्रोड पिकमा भएको दुर्घटनाले फेरि सम्झाइदिएको छ कि अन्तिम निर्णय सधैं प्रकृतिकै हुन्छ। त्यसैले प्रत्येक सफल शिखरभन्दा सुरक्षित घरफर्काइ ठूलो विजय हो।
हिमपहिरोमा परी जीवन गुमाउनुभएका निर्मल पुर्जा (निम्स दाइ) सहित सम्पूर्ण दिवंगत आरोहीहरूप्रति भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्दछु।
हार्दिक श्रद्धाञ्जली !!!