08/02/2026
"हामी सबैले हामी सँगसँगै हाम्रो गाउँ ,समाज हाम्रो सामाजिक दायित्व हाम्रो भूमिकाबारे थोरै चिन्तन गर्यौ भने मात्रै हामीले सभ्य र सुन्दर समाजको परिकल्पना गर्न सक्छौ" । शुभ रात्री 🙏यस क्लबको आयोजना र वडा नं-६ र नमस्ते नेपाल संस्थाको आर्थिक सहयोगमा मिति-२०८२ माघ-२२,२३ र २४ गतेका दिन प्रथम गाती भ्याली अन्तर विधालय स्तरीय शैक्षिक मेला एवम् खेलकुद प्रतियोगिता गरेको थियो । जसमा ९ वटा विधालय सकृय सहभागी भएका थिए।सो प्रतियोगिता विभिन्न विधामा आधारित भएर संचालन गरिएको थियो।विजेता, उपविजेता र सम्पूर्ण सहभागी विधालयहरुलाई पुरस्कार र सम्मानपत्रको पनि व्यवस्थापन गरिएको थियो।सकृय सहभागी जनाई विजेता र उपविजेता हुन सफल सम्पूर्ण विधालयहरुलाई हार्दिक बधाई एवम् आगामी दिनको लागि शुभकामना व्यक्त गर्दै, यस कार्यकमलाई सभ्य र भव्य गरेर सम्पन्न गर्नका लागि सहयोग प्रदान गर्नु हुने वडा कार्यालय, नमस्ते नेपाल संस्था, श्री कालीदेवी माध्यमिक विधालय, क्लबका सम्पूर्ण सदस्यहरु, लगायत अन्य व्यक्तिहरुमा हार्दिक धन्यवाद व्यक्त गर्दै आगामी दिनमा पनि यस्तै साथ, सहयोग र समन्वयात्मक भुमिकाको अपेक्षा राखेकाछौँ।हाम्रो तीन दिने कार्यक्रममा हाम्रो निमन्त्रणालाई सहर्ष स्वीकार गरेर उपस्थित हुनु भएका सम्पूर्ण अतिथिज्यूहरुमा धन्यवाद व्यक्त गर्दछौँ।यस तीन दिने कार्यक्रमको दौडानमा केहि कमिकमजोरी भएमा क्षमायाचना गर्दै आगामी दिनहरुमा सुधार र परिष्कृत गर्दै लैजाने सम्पूर्णमा विश्वास दिलाउन चाहान्छौँ।यस क्लबले आगामी दिनहरुमा पनि गाउँ, समाज र राष्ट्रको हितहुने कार्यमा सदैब दृढता साथ अघि बढ्ने सबैमा जानकारी गर्दछौँ।🙏❣️🙏