21/08/2026
वि.सं. २०८३ भदौ ५
ने.सं. ११४६ गुंलाथ्व नवमी
विज्ञप्ति
राष्ट्रिय स्वतन्त्र पार्टीको आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय समितिको बैठकले देहायका निर्णयहरु गरेको व्यहोरा सम्बन्धित सबैमा जानकारी गराइन्छ।
१. स्थानीय निर्वाचन सम्बन्धमा।
(क) स्थानीय निर्वाचनका लागि विपिन कुमार आचार्यको संयोजकत्वमा तयार गरिएको उम्मेदवार छनोट रूपरेखा २०८३ लाई केन्द्रीय समिति बैठकमा आएका सुझावलाई समेत समेटेर अनुमोदन गर्ने।
(ख) स्थानीय निर्वाचनका लागि केन्द्रीय उम्मेदवार छनोट समिति सदस्यका लागि इच्छुक केन्द्रीय समिति सदस्य तथा प्रतिनिधि सभा सदस्यहरुबाट नामावली माग गर्ने ।
२. राइट टु रिकल सम्बन्धमा ।
राइट टु रिकल सम्बन्धी दस्तावेज निर्माण गर्न महामन्त्री विपिन कुमार आचार्यको संयोजकत्वमा ११ सदस्यीय समिति समिति गठन गर्ने।
३. मनोनयन सम्बन्धमा।
क. केन्द्रीय समिति सदस्यहरु
• श्री सुनिल लम्साल
• श्री सुधन गुरुङ
• श्री प्रतिभा रावल
• श्री भूपदेव शाह
• श्री पूरुषोतम सुप्रभात यादव
• डा. मनोहर प्रधान
• श्री बसुमाया तामाङ
• श्री सुरेन्द्र चौधरी
• डा. भक्त बहादुर राई
ख. पदाधिकारीहरु
• सह-महामन्त्री - श्री पुरुषोतम सुप्रभात यादव
• कोषाध्यक्ष – डा. मनोहर प्रधान
• सहकोषाध्यक्ष – श्री बसुमाया तामाङ
• प्रवक्ता – श्री जगदीश खरेल (ललितपुर)
• सहप्रवक्ता – डा.नमिता यादव
• सहप्रवक्ता – श्री सुरेन्द्र चौधरी
ग. पार्टी सचिवालय सदस्यहरु
• श्री गणेश पराजुली
• श्री शिशिर खनाल
• श्री विराजभक्त श्रेष्ठ
• श्री पुरुषोतम सुप्रभात यादव
• डा. मनोहर प्रधान
• श्री कविन्द्र बुर्लाकोटी
• श्री जगदीश खरेल (ललितपुर)
• श्री लिमा अधिकारी आचार्य
• श्री दिपकराज बोहरा
• श्री समिक्षा बास्कोटा
• श्री शिव नेपाली
• श्री इन्दिरा राना मगर
• श्री मनिष झा
घ. पार्टी केन्द्रीय विभागहरु
• संगठन विभाग – श्री प्रमोद न्यौपाने, प्रमुख
• अन्तर्राष्ट्रिय सम्बन्ध विभाग - श्री शिशिर खनाल, प्रमुख
• सार्वजनिक सेवा तथा जन गुनासो व्यस्थापन विभाग – श्री विजय जैरु, प्रमुख
• जनस्वास्थ्य विभाग – डा. तोसिमा कार्की, प्रमुख
• पूर्वाधार विभाग – श्री निशा डाँगी, प्रमुख
• अर्थ विभाग - श्री लिमा अधिकारी आचार्य, प्रमुख
• प्रशिक्षण विभाग – श्री कमल सुवेदी, उपप्रमुख
४. योजना, कार्यक्रम तथा अभियान सम्बन्धी
(क) केन्द्रीय समिति र प्रतिनिधि सभा सदस्यहरुलाई ४६० गाउँपालिकामा स्थानीय निर्वाचन उम्मेदवार छनोट रुपरेखा लगायतका विषयहरुमा अभिमुखीकरण कार्यक्रम सञ्चालन गर्न परिचालित गर्ने । सोको संयोजन सहमहामन्त्री श्री निशा डाँगीले गर्ने ।
(ख) असोज महिनादेखि "स्वतन्त्र" मासिक डिजिटल पत्रिका प्रकाशन गर्ने।
(ग) मधेशमा जिल्ला र प्रदेश अधिवेशन सुरु गर्नु पूर्व संगठनको अडिट गर्न सहमहामन्त्री श्री हरि ढकालको नेतृत्वमा ५ सदस्यीय समिति गठन गर्ने । समितिमा मधेशबाहेकका प्रदेशका केन्द्रीय समिति सदस्यहरु रहने ।
विपिन कुमार आचार्य
महामन्त्री