Road Division, Kathmandu

Road Division, Kathmandu Road Division Kathmandu, Department of Roads, Nepal for construction & maintenance of road & bridges.

सडक विभाग मातहत रहेका सामरिक महत्वका सडक संजालहरुको मर्मत संभार तथा संचालन गर्ने उद्देश्यले सडक विभाग अन्तरगत ३३ वटा मर्मत डिभिजनहरुको स्थापना गरिए वमोजिम काठमाडौं जिल्ला भित्र पर्ने राष्ट्रिय राजमार्ग, सहायक राजमार्ग तथा सामरिक महत्वका शहरी सडक तथा पूलहरुको निर्माण, मर्मत, संभार तथा संचालन गर्ने गरी सडक डिभिजन काठमाडौं संचालनमा रहेको छ ।

यस डिभिजनका डिभिजन प्रमुखज्यू तथा प्राविधिक टोलिद्वारा डिभिजन अन्तर्गत निर्माणाधिन बल्खु खोला पुल तिनथाना तथा तिनथाना - ...
17/12/2022

यस डिभिजनका डिभिजन प्रमुखज्यू तथा प्राविधिक टोलिद्वारा डिभिजन अन्तर्गत निर्माणाधिन बल्खु खोला पुल तिनथाना तथा तिनथाना - मच्छेगाउँ - किर्तिपुर, गरुडस्थान - पिपलबोट - आदिनाथ मा.वि. चोभार, दनपा १ चाल्नाखेल - चन्द्रज्योती पावरहाउस - पाखाथोक - दक्षिणकाली गेट (निर्वाचन क्षेत्र रणनैतिक सडक काठमाडौं -१०) लगायतका सडक खण्डहरुमा भइरहेका निर्माण कार्यहरुको अनुगमन/निरीक्षण गर्दै गर्दाका दृश्यहरु (मिति २०७९-०९-०२) ।

सडक डिभिजन काठमाडौंका प्राविधिकहरु द्वारा मेलम्ची खानेपानीका कारण डिभिजन अन्तर्गतका सडक खण्डहरुमा भएको क्षतिको यकिन गर्न...
15/12/2022

सडक डिभिजन काठमाडौंका प्राविधिकहरु द्वारा मेलम्ची खानेपानीका कारण डिभिजन अन्तर्गतका सडक खण्डहरुमा भएको क्षतिको यकिन गर्ने कार्य भैरहेको कुरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।

२६ मंसिर, काठमाडौं । शुक्रबारदेखि काठमाडौंका विभिन्न सडक खण्डमा पाइप फुटेर सडकमा पानी निस्किने र जम्ने समस्या व्...

समन्वय तथा सहजीकरण छलफलको लागि माननीयज्यूलाई धन्यवाद!!!
06/12/2022

समन्वय तथा सहजीकरण छलफलको लागि माननीयज्यूलाई धन्यवाद!!!

https://www.bikashnews.com/2022/11/18/365621.html
19/11/2022

https://www.bikashnews.com/2022/11/18/365621.html

काठमाडौं । सबैभन्दा बढी जनघनत्व भएको र सवारी साधन पनि बढी गुड्ने शहर हो काठमाडौं । काठमाडौंमा लाखौं मासिनहरु बस्.....

यस डिभिजनका डिभिजन प्रमुखज्यू तथा प्राविधिक, लेखा, प्रशासन लगायतको टोलिद्वारा साँखु - गागलफेदी, साँखु - बज्रयोगिनी (निर्...
18/11/2022

यस डिभिजनका डिभिजन प्रमुखज्यू तथा प्राविधिक, लेखा, प्रशासन लगायतको टोलिद्वारा साँखु - गागलफेदी, साँखु - बज्रयोगिनी (निर्वाचन क्षेत्र रणनैतिक सडक काठमाडौं -२), साँखु - जहरसिंहपौवा - फड्केश्वर, जहरसिंहपौवा - भोटेचौर सडक खण्डहरुमा भइरहेका पुल तथा सडक निर्माण कार्यहरुको अनुगमन/निरीक्षण गर्दै गर्दाका दृश्यहरु (मिति २०७९-०७-३०) ।

सडक डिभिजन काठमाडौं अन्तर्गत तपसिल बमोजिमका सडक खण्डहरुमा हाल पटके (Recurrent) तथा आवधिक (Periodic) मर्मत कार्य भइरहेको ...
15/11/2022

सडक डिभिजन काठमाडौं अन्तर्गत तपसिल बमोजिमका सडक खण्डहरुमा हाल पटके (Recurrent) तथा आवधिक (Periodic) मर्मत कार्य भइरहेको व्यहोरा सम्बन्धित सबैको जानकारीका लागि अनुरोध छ ।
तपसिल:
१. विशालनगर - वालुवाटार - गैह्रीधारा
२. सिनामंगल - डिल्लीबजार -बागबजार
३. डिल्लीबजार - कालिकास्थान - न्युप्लाजा
४. बाँसवारी - बुढानिलकण्ठ
५. तिनकुने - कोटेश्वर
६. कलन्की - LRI स्कुल, स्युचाटार
७. जोरपाटी - नयाँबस्ती
८. सुकेधारा - जनचोक - कृष्ण मन्दिर - मन्डिखाटार
९. ज्ञानेश्वर - रातोपुल
१०. ताहाचल - छाउनी - स्वयम्भू लगायत अन्य केहि सडक खण्डहरु ।

विगत लामो समयदेखि सडक डिभिजन काठमाडौं अन्तर्गत कार्यरत कर्तव्यनिष्ठ लेन्थवर्करद्वय राम कुमार थापा (वर्ष ४१) को मोटरसाइकल...
03/11/2022

विगत लामो समयदेखि सडक डिभिजन काठमाडौं अन्तर्गत कार्यरत कर्तव्यनिष्ठ लेन्थवर्करद्वय राम कुमार थापा (वर्ष ४१) को मोटरसाइकल दुर्घटनामा परी मिति २०७९-०६-१२ गते र विगत केही समयदेखि बिरामी रहेका लेन्थवर्कर ङण बहादुर शाही ठकुरी (वर्ष ५१) को उपचारको क्रममा मिति २०७९-०७-१३ गते निधन भएको खबरले सडक डिभिजन काठमाडौं परिवार स्तब्ध भएको छ । यस दु:खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना सहित धैर्यताका साथ दु:खद घडीको सामना गर्ने शक्ति प्रदान गरुन भनी ईश्वरसंग प्रार्थना गर्दछौं ।
- सडक डिभिजन काठमाडौं परिवार ।

विगत लामो समयदेखि सडक डिभिजन काठमाडौं अन्तर्गत कार्यरत अनुशासित तथा कर्तव्यनिष्ठ ४८ वर्षीय सुपरभाइजर पवन अर्याल मिति २०७...
28/10/2022

विगत लामो समयदेखि सडक डिभिजन काठमाडौं अन्तर्गत कार्यरत अनुशासित तथा कर्तव्यनिष्ठ ४८ वर्षीय सुपरभाइजर पवन अर्याल मिति २०७९-०७-०५ गते आफ्नो घरको छतबाट लडेर घाइते भइ सिनामंगलस्थित काठमाडौं मेडिकल कलेजमा उपचाररत रहेकोमा मिति २०७९-०७-१० गते उहाँको निधन भएको खबरले सडक डिभिजन काठमाडौं परिवार स्तब्ध भएको छ । यस दु:खद घडीमा दिवंगत आत्माको चिरशान्तिको कामना गर्दै शोकाकुल परिवारजनमा हार्दिक समवेदना सहित धैर्यताका साथ दु:खद घडीको सामना गर्ने शक्ति मिलोस भनि प्रार्थना गर्दछौं ।
- सडक डिभिजन काठमाडौं परिवार ।

मिति २०७९-०६-३० गते बिहान ८:२५ बजे नेपाल टेलिभिजनमा प्रसारित पूर्वाधार परिवेश कार्यक्रम !!!
16/10/2022

मिति २०७९-०६-३० गते बिहान ८:२५ बजे नेपाल टेलिभिजनमा प्रसारित पूर्वाधार परिवेश कार्यक्रम !!!

  #यस डिभिजन अन्तर्गत ज्ञानेश्वर - रातोपुल सडक खण्डमा वर्षातको समयमा जम्मा हुने अव्यवस्थित पानीको कारण सडक तथा सडक संरचन...
01/10/2022

#
यस डिभिजन अन्तर्गत ज्ञानेश्वर - रातोपुल सडक खण्डमा वर्षातको समयमा जम्मा हुने अव्यवस्थित पानीको कारण सडक तथा सडक संरचनामा हुने क्षतिलाई न्यूनीकरण गर्नको लागि ह्युमपाइप बिछ्याउने कार्य गरि वर्षातको पानीलाई व्यवस्थित गर्ने कार्य (Storm Water Management Work) भैरहेकोमा हाल ह्युम पाइप बिछ्याउने कार्य सम्पन्न भई उक्त कार्यका लागि खनिएको सडकमा सव-वेस तथा वेस सहितको ग्राभेल गर्ने कार्य समेत सम्पन्न गरि सडक पुनर्स्थापना गरिसकिएको र चाडपर्वको समयमा सवारी आवागमनलाई सहज तुल्याइएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

  #धेरै लामो समयदेखि सवारी आवागमनमा कठिनाई भैरहेको चोभार - दक्षिणकाली सडकको चोभार - टाैदह खण्ड (करीब १.३० कि. मी.) मा मि...
01/10/2022

#
धेरै लामो समयदेखि सवारी आवागमनमा कठिनाई भैरहेको चोभार - दक्षिणकाली सडकको चोभार - टाैदह खण्ड (करीब १.३० कि. मी.) मा मिति २०७९-०६-१३ गते अस्फाल्ट कालोपत्रे सहित सडक मर्मत गरी चाडपर्वको समयमा सवारी आवागमन लाई सहज तुल्याईएको व्यहोरा सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ । अन्य जानकारी संलग्न पत्र मार्फत लिनु हुन समेत अनुरोध गरिन्छ ।

  #यस डिभिजनको जिम्मेवारीमा रहेका सडक खण्डहरुलाई खाल्डाखुल्डी रहित बनाउने अभियान स्वरुप सिनामंगल - एअरपोर्ट, ज्ञानेश्वर ...
29/09/2022

#
यस डिभिजनको जिम्मेवारीमा रहेका सडक खण्डहरुलाई खाल्डाखुल्डी रहित बनाउने अभियान स्वरुप सिनामंगल - एअरपोर्ट, ज्ञानेश्वर - मैतिदेवी, चक्रपथ - गङ्गलाल हस्पिटल, गैह्रीधारा - वालुवाटार, त्रिपुरेश्वर- शहिद गेट - जमल - केशरमहल - महाराजगन्ज, कालोपुल - भगवतीवहाल - वालुवाटार, शोभाभगवती मार्ग लगायतका सडक खण्डहरुमा पटके मर्मत (Recurrent Maintenance) अन्तर्गत सडकमा रहेका खाल्डाखुल्डीहरु मौसमानुकुल प्याच गर्ने कार्य भैरहेको सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

https://www.onlinekhabar.com/2022/09/1194825
21/09/2022

https://www.onlinekhabar.com/2022/09/1194825

५ असोज, काठमाडौं । कोटेश्वरबाट जडिबुटीतर्फ जाने विस्तारित लेनको बाँकी खण्ड तुरुन्तै कालोपत्रे हुने भएको छ । काठम...

21/09/2022

पूर्वाधार विकास समन्वय बैठक ।
(मिति: २०७९-०६-०५) ।

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fwww.prasashan.com%2F2022%2F09%2F14%2F354970%2F&h=AT1SC2hcQCP1x9S4nejU5VHBW...
14/09/2022

https://lm.facebook.com/l.php?u=https%3A%2F%2Fwww.prasashan.com%2F2022%2F09%2F14%2F354970%2F&h=AT1SC2hcQCP1x9S4nejU5VHBWyE4zZdW4KPAkgEpxUN41rmSJcca2DDSzfBmu5KXyubFklszUXAiWECRvVEjqXtNR7Pu3KlY9ZRCXDifvWsT_KhTkMGLtgcL6si_nDSMh9NjMMOqqyNof4w6ww

काठमाडौँ । काठमाडौँ महानगरपालिकाले जडीबुटीस्थित सडकबीचका घर-टहरा भत्काएपछि ६ लेन सडक निर्माणको बाटो खुलेको छ । ...

https://www.facebook.com/213613352004799/posts/6546011768764894/
14/09/2022

https://www.facebook.com/213613352004799/posts/6546011768764894/

Immediate action: काठमाण्डौको जडिबुटी चोक स्थित अव्यवस्थित घर-टहराहरू महानगरले हटाएपछी ६ लेन सडक बनाउने काम सुरु भएको छ। 😲

https://www.onlinekhabar.com/2022/09/1189117
12/09/2022

https://www.onlinekhabar.com/2022/09/1189117

२६ भदौ, काठमाडौं । जडीबुटी चोकबाट पेप्सीकोलातर्फ मोडिने चोकमा रहेको पुरानो घर काठमाडौं महानगरपालिकाले भत्काएको...

सडक विभाग अन्तर्गत सडक डिभिजन काठमाडौंको जिम्मेवारीमा रहेका सडक खण्डहरुलाई आ. व. २०७९/८० को दशै अगाडि नै खाल्डाखुल्डी रह...
26/08/2022

सडक विभाग अन्तर्गत सडक डिभिजन काठमाडौंको जिम्मेवारीमा रहेका सडक खण्डहरुलाई आ. व. २०७९/८० को दशै अगाडि नै खाल्डाखुल्डी रहित बनाउने अभियान स्वरुप जमल - महेन्द्र शालिक - कृष्ण पाउरोटी, मित्रपार्क - गौशाला - रातोपुल, मित्रपार्क - पशुपति क्याम्पस - भत्केको पुल, चाबहिल (गणेशस्थान) - भत्केको पुल, त्रिपुरेश्वर - कालीमाटी - टंकेश्वर लगायतका सडक खण्डहरुमा पटके मर्मत (Recurrent Maintenance) अन्तर्गत सडकमा रहेका खाल्डाखुल्डीहरु प्याच गर्ने कार्य भैरहेको सम्बन्धित सबैलाई जानकारीका लागि अनुरोध छ ।

पूर्वाधार विकास समन्वय बैठक ।(मिति: २०७९-०५-०६)
23/08/2022

पूर्वाधार विकास समन्वय बैठक ।
(मिति: २०७९-०५-०६)

काठमाडौँ । ‘काठमाडौँ महानगरपालिकाले चालु आर्थिक बर्षका लागि स्वीकृत गरेका कार्यक्रम तथा बजेट अन्य साझेदार का.....

यस डिभिजन अन्तर्गत ज्ञानेश्वर - रातोपुल सडक खण्डमा वर्षातको समयमा जम्मा हुने अव्यवस्थित पानीको कारण सडक तथा सडक संरचनामा...
22/08/2022

यस डिभिजन अन्तर्गत ज्ञानेश्वर - रातोपुल सडक खण्डमा वर्षातको समयमा जम्मा हुने अव्यवस्थित पानीको कारण सडक तथा सडक संरचनामा हुने क्षतिलाई न्यूनीकरण गर्नको लागि हाल ह्युमपाइप बिछ्याउने कार्य गरि वर्षातको पानीलाई व्यवस्थित गर्ने कार्य (Storm Water Management Work) भैरहेको हुँदा सम्बन्धित सबैलाई जानकारी गराउदै केयूकेएल, नेपाल बिधुत प्राधिकरण, नेपाल टेलिकम लगायत सबै सरोकारवाला निकायहरुलाई सो सडक खण्डमा रहेका आ-आफ्नो युटिलिटिजमा अनावश्यक क्षती हुन नदिन सडक डिभिजन काठमाडौं संग आवश्यक समन्वय/सहयोग गर्नु हुनको लागि अनुरोध गरिन्छ ।

08/08/2022

थानकोट । पहिरोका कारण असार २७ गतेबाट अवरूद्ध थानकोट-चित्लाङ सडक आशिंक रूपमा खुलेको छ । हिजो साँझ सडकमा खसेको पहिर....

सडक डिभिजन काठमाडौंमा मिति २०७९-०४-१६ गते प्राप्त सडक खन्ने सम्बन्धि निवेदनको आवश्यक कारवाहीको लागि यस डिभिजनका प्राविधि...
04/08/2022

सडक डिभिजन काठमाडौंमा मिति २०७९-०४-१६ गते प्राप्त सडक खन्ने सम्बन्धि निवेदनको आवश्यक कारवाहीको लागि यस डिभिजनका प्राविधिक टिमद्वारा मिति २०७९-०४-१७ गते नै साइट निरीक्षण गर्दा विना स्वीकृति अस्तव्यस्त तरीकाले सडक खनी लथालिङ्ग बनाएको पाइएकोले स्वीकृति विना सडक खन्ने कार्य तत्काल रोक्न तथा खनिएको सडक यथास्थितिमा पुनर्स्थापना गर्न लिखित निर्देशन दिइ सकिएको सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ । साथै यसरी सडक डिभिजनको लिखित स्वीकृति विना सडक खन्ने कार्य भएको पाईएमा सम्बन्धित सबैले खबरदारी गरि गैरकानुनी कार्यलाई निरुत्साहित गर्न समेत अनुरोध गरिन्छ ।

https://www.thankottimes.com/2022/08/7298/
02/08/2022

https://www.thankottimes.com/2022/08/7298/

थानकोट । पहिरोका कारण असार २७ गतेबाट अवरूद्ध गणेशमानसिंह मार्ग (थानकोट-चित्लाङ) सुचारू गर्ने प्रयास जारी छ । सो सड...

मिति २०७९-०४-१२ गते गैह्रीधारा-बालुवाटार सडक खण्डको गोमा पेट्रोल पम्प अगाडि जिर्ण ढल/मंगालको कारण सडकको मुख्य लेनमा देखा...
29/07/2022

मिति २०७९-०४-१२ गते गैह्रीधारा-बालुवाटार सडक खण्डको गोमा पेट्रोल पम्प अगाडि जिर्ण ढल/मंगालको कारण सडकको मुख्य लेनमा देखा परेको खाल्डो/भ्वाङ (Sinkhole) को मर्मत सम्बन्धमा ढल व्यवस्थापन विभाग संग आवश्यक समन्वय पश्चात् ढल/मंगालको मर्मत कार्य ढल व्यवस्थापन विभागबाट भैरहेको छ भने सो कार्य पश्चात् सडक सम्बन्धि आकस्मिक मर्मत गरि सडक पुनर्स्थापना गर्ने कार्यको लागि सडक डिभिजन काठमाडौंको प्राविधिक टिम आवश्यक तयारीका साथ तैनाथ रहेको व्यहोरा सम्बन्धित सबैमा जानकारीका लागि अनुरोध छ ।

यस सडक डिभिजन अन्तर्गत कार्यरत ई. श्री सुप्रीम चुडाल उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया प्रस्थान गर्न लाग्नु भएकोले ह...
27/07/2022

यस सडक डिभिजन अन्तर्गत कार्यरत ई. श्री सुप्रीम चुडाल उच्च शिक्षा अध्ययनको लागि अष्ट्रेलिया प्रस्थान गर्न लाग्नु भएकोले हार्दिक बधाई ज्ञापन गर्दै उहाँको उद्देश्य प्राप्तिमा सफलता मिलोस भन्ने शुभकामना व्यक्त गर्दछौं । साथमा मिति २०७९-०४-११ गतेको फेरि भेटाैला कार्यक्रमका केही तस्वीरहरु!!!
- सडक डिभिजन काठमाडौं परिवार ।

18/07/2022

पूर्वाधार विकास समन्वय बैठक ।
(मिति: २०७९-०४-०२)

मिति २०७९-०३-१७ गते संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सु. ई. डा. विजय जैसीज्यू तथा सडक डिभिजन काठमाडौंको प्राव...
03/07/2022

मिति २०७९-०३-१७ गते संघीय सडक सुपरिवेक्षण तथा अनुगमन कार्यालयका सु. ई. डा. विजय जैसीज्यू तथा सडक डिभिजन काठमाडौंको प्राविधिक टोलिद्वारा यस डिभिजन अन्तर्गत हालै निर्माण सम्पन्न भएको वागमती नदी (सेतिदेवी) पुलको निरीक्षण/अनुगमन सम्पन्न भएको जानकारीका लागि अनुरोध छ ।

सडक डिभिजन काठमाडौंद्वारा जमल-निर्वाचन आयोग, माईतिघर-भद्रकाली, वानेश्वर-वि आई सि सि अगाडि  लगायतका स्थानहरुमा वर्षातको प...
03/07/2022

सडक डिभिजन काठमाडौंद्वारा जमल-निर्वाचन आयोग, माईतिघर-भद्रकाली, वानेश्वर-वि आई सि सि अगाडि लगायतका स्थानहरुमा वर्षातको पानीले निकास नपाएर सडक जलमग्न हुने समस्या समाधानको लागि हालै ह्युमपाइप बिछ्याउने/क्रसिङ गर्ने कार्य सम्पन्न गरिसकिएको तथा सडक पुनर्स्थापना गर्ने कार्य भइरहेको सम्बन्धित सबैमा जनकारीका लागि अनुरोध गरिन्छ ।

यस डिभिजन अन्तर्गत कार्यरत रही बढुवा तथा सरुवा हुनु भएका ई. श्री उपेन्द्र महरान तथा ई. श्री मधु कुमार बस्नेत सरको बधाई त...
30/06/2022

यस डिभिजन अन्तर्गत कार्यरत रही बढुवा तथा सरुवा हुनु भएका ई. श्री उपेन्द्र महरान तथा ई. श्री मधु कुमार बस्नेत सरको बधाई तथा फेरी भेटाैला कार्यक्रम (२०७९-०३-१६) ।

मिति २०७९-०३-१२ गते यस डिभिजन अन्तर्गत तिनकुने - वानेश्वर सडक खण्डमा सेफ्टी ज्याकेट लगाई काम गर्ने क्रममा लेन्थवर्कर श्र...
27/06/2022

मिति २०७९-०३-१२ गते यस डिभिजन अन्तर्गत तिनकुने - वानेश्वर सडक खण्डमा सेफ्टी ज्याकेट लगाई काम गर्ने क्रममा लेन्थवर्कर श्री सानु थापालाई तीब्र गतिमा आएको नेपाल यातायातको वा ५ ख ७३९८ नम्बरको बसले ठक्कर दिई घाईते बनाएकोले पहिले सिभिल अस्पतालमा र हाल बि एन्ड बि अस्पतालमा उपचार भैरहेकोले उहाँको शिघ्र स्वास्थ्य लाभको कामना गर्दछौं । साथै उक्त बस/चालकलाई कारवाहीका लागि प्रहरी वृत, तिनकुनेको जिम्मा लगाइसकिएको जानकारीका लागि अनुरोध गर्दछौं ।
- सडक डिभिजन, काठमाडौं परिवार ।
Kathmandu

Address

Kathmandu
44600

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97714465457

Alerts

Be the first to know and let us send you an email when Road Division, Kathmandu posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Business

Send a message to Road Division, Kathmandu:

Share


#}