Rising Youth Volunteers

26/08/2026

⚠️ अत्यन्तै महत्वपूर्ण सूचना 🙏

अहिले सामाजिक सञ्जालमा पुराना बाढीका फोटो/भिडियो तथा AI बाट बनाइएका भ्रामक सामग्रीहरू समेत फेरि फैलिन थालेका छन्।

यस्तो संवेदनशील समयमा कृपया सत्यता नबुझी कुनै पनि फोटो वा भिडियो शेयर नगरौँ। पुरानो घटनाको फोटो वा गलत Location सहितको भिडियोले उद्धार टोलीलाई भ्रममा पार्न सक्छ। गलत सूचना पछ्याउँदा उद्धारकर्मी गलत ठाउँमा पुग्न सक्छन् र वास्तविक रूपमा सहायता आवश्यक परेका मानिससम्म समयमै सहयोग पुग्न ढिलाइ हुन सक्छ।

त्यसैले विपद्सम्बन्धी कुनै पनि सामग्री पोस्ट वा शेयर गर्दा सकेसम्म:

📍 सही Location उल्लेख गरौँ।
📅 घटना भएको सही समय र मिति खुलाऔँ।
📞 आवश्यक परे आधिकारिक सम्पर्क नम्बरहरू मात्र शेयर गरौँ।
📸 वास्तविक र पुष्टि भएको फोटो/भिडियो मात्र प्रयोग गरौँ।

सामाजिक सञ्जालमा हामीले फैलाएको एउटा सही सूचना कसैको ज्यान बचाउने माध्यम बन्न सक्छ, तर एउटा गलत सूचना उद्धार कार्यमा ठूलो बाधा पनि बन्न सक्छ।

🙏 कृपया सचेत बनौँ, जिम्मेवार बनौँ र विपद्को समयमा सही तथा पुष्टि भएको सूचना मात्र फैलाऔँ।

सही सूचना फैलाऔँ, उद्धार कार्यलाई सहयोग गरौँ। 🇳🇵❤️

नोट: यो भिडियोमा भएको/ देखिएको Photo/Video सत्य हो।

26/08/2026

बाढी सोचेभन्दा एकदमै ठूलो छ, छेउछाउको लगभग सबै गाउँ-बजार बगाएको छ!

Address

Anamnagar
Kathmandu
44600

Alerts

Be the first to know and let us send you an email when Rising Youth Volunteers posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category