Hari Bahadur Pandy

Hari Bahadur Pandy जस्तोसुकै समस्यामा तपाईकै साथ
वैदेशिक रोजगार एकता समाज अध्यक्ष हरि पाण्डे

07/06/2026
स्वतन्त्र वैदेशिक रोजगार समूह किन?✅ व्यवसायीको हक, हित र अधिकारको संरक्षणवैदेशिक रोजगार व्यवसायीहरूले भोगिरहेका कानुनी, ...
07/06/2026

स्वतन्त्र वैदेशिक रोजगार समूह किन?
✅ व्यवसायीको हक, हित र अधिकारको संरक्षण
वैदेशिक रोजगार व्यवसायीहरूले भोगिरहेका कानुनी, नीतिगत तथा प्रशासनिक समस्याको समाधानका लागि सशक्त र परिणाममुखी नेतृत्व प्रदान गर्ने प्रतिबद्धता।
✅ वैज्ञानिक सेवा शुल्क र व्यावहारिक नीति सुधार
श्रमिक, व्यवसायी र सरकारबीच सन्तुलन कायम हुने गरी वैज्ञानिक सेवा शुल्क प्रणाली लागू गर्न तथा यथार्थपरक नीतिगत सुधारका लागि अग्रणी भूमिका निर्वाह गर्ने संकल्प।
✅ पारदर्शी र जवाफदेही नेतृत्व
संघको निर्णय प्रक्रिया, आर्थिक व्यवस्थापन तथा गतिविधिलाई पारदर्शी, उत्तरदायी र सदस्यमुखी बनाउने दृढ अठोट।
✅ व्यवसायीको सम्मान र व्यवसायको स्थायित्व
व्यवसायीलाई अनावश्यक दोषारोपण गर्ने प्रवृत्तिको अन्त्य गर्दै वैदेशिक रोजगार क्षेत्रको गरिमा, विश्वसनीयता र दिगोपनाको संरक्षण गर्ने प्रतिबद्धता।
✅ अनुभव, एकता र सकारात्मक परिवर्तन
व्यक्तिगत स्वार्थभन्दा माथि उठेर सम्पूर्ण व्यवसायीको साझा हित, एकता र संस्थागत सुदृढीकरणका लागि समर्पित नेतृत्व।
हाम्रो प्रतिबद्धता
“वैज्ञानिक सेवा शुल्क, व्यवसायीको सम्मान र श्रमिकको सुरक्षा — यही हो हाम्रो प्रतिबद्धता।”
मतदानका लागि हार्दिक अपिल
“सबल व्यवसायी, सुरक्षित श्रमिक र समृद्ध वैदेशिक रोजगार क्षेत्र निर्माणका लागि स्वतन्त्र वैदेशिक रोजगार समूहलाई मतदान गरौँ।”
“अनुभवी नेतृत्व, पारदर्शी व्यवस्थापन र व्यवसायीको सम्मानका लागि तपाईंको अमूल्य मत स्वतन्त्र वैदेशिक रोजगार समूहलाई।” 🙏🗳️

बैराे संघका ३ अध्यक्षसँग मूलपत्रकाे डिवेट, यस्ता छन् संघ सुधार्ने नीतिगत सुधारका याेजना !!!!
06/06/2026

बैराे संघका ३ अध्यक्षसँग मूलपत्रकाे डिवेट, यस्ता छन् संघ सुधार्ने नीतिगत सुधारका याेजना !!!!

नेपालको वैदेशिक रोजगार क्षेत्र अहिले विभिन्न चुनौती र अवसरहरूको बीच...

सम्पुर्ण व्यवसायीमा उपस्थीतिका लागी हार्दिक अनुरोध गर्दछौं 🙏🙏
06/06/2026

सम्पुर्ण व्यवसायीमा उपस्थीतिका लागी हार्दिक अनुरोध गर्दछौं 🙏🙏

जस्तोसुकै समस्यामा तपाईकै साथवैदेशिक रोजगार एकता समाज अध्यक्ष हरि पाण्डेमैले व्यवसायीमाझ राखे र समयसापेक्ष गर्नेपर्ने सु...
06/06/2026

जस्तोसुकै समस्यामा तपाईकै साथ
वैदेशिक रोजगार एकता समाज अध्यक्ष हरि पाण्डे
मैले व्यवसायीमाझ राखे र समयसापेक्ष गर्नेपर्ने सुधारत्मक मुख्य एजेण्डा
वैदेशिक रोजगारी नेपालको अर्थतन्त्र, रोजगारी र रेमिट्यान्सको प्रमुख आधार बनेको छ । तर कामदार, व्यवसायी र सरकारबीचको समन्वय अभाव, नीतिगत अन्योल र विभिन्न सिण्डिकेटका कारण क्षेत्रले अपेक्षित परिणाम दिन सकेको छैन । यसका मुख्य कारण भनेको नीतिगत समस्या र व्यवसायीलाई मात्र जिम्मेवार बनाउन खोज्नु हो ।
१ फ्रि भिसा–फ्रि टिकट नीतिको पुनरावलोकन
वास्तविक लागत अध्ययन गरी पारदर्शी लागत निर्धारण गर्नुपर्छ।
श्रमिकमाथि हुने अतिरिक्त आर्थिक भार रोक्न स्पष्ट व्यवस्था आवश्यक छ ।
२ स्वास्थ्य परीक्षण र भिसा प्रक्रियामा सिण्डिकेट अन्त्य
स्वास्थ्य परीक्षण, बायोमेट्रिक र भिसा सेन्टरमा प्रतिस्पर्धात्मक वातावरण सुनिश्चित गर्नुपर्छ । सेवा शुल्कलाई पारदर्शी र वैज्ञानिक बनाउनुपर्छ ।
३ डिमाण्ड प्रमाणीकरण प्रक्रियालाई छिटो र प्रभावकारी बनाउने
हालै युवा, श्रम तथा रोजगार मन्त्री रामजी यादवले भनेजस्तै नेपाली दूतावास तथा कूटनीतिक नियोगहरूलाई समयमै डिमाण्ड प्रमाणीकरण गर्ने व्यवस्था गर्नुपर्छ ।
अनावश्यक ढिलाइले रोजगार अवसर गुम्ने अवस्था अन्त्य हुनुपर्छ ।
४ वैदेशिक रोजगार सूचना प्रणालीलाई पूर्ण डिजिटल बनाउने
श्रम स्वीकृति, करारपत्र, गुनासो व्यवस्थापन लगायतका सेवा अनलाइनमार्फत सरल बनाउनुपर्छ ।
५ म्यानपावर व्यवसायीलाई साझेदारका रूपमा व्यवहार गर्ने
नीति निर्माण, बजेट र कानुन संशोधनका क्रममा व्यवसायीहरूको सहभागिता सुनिश्चित गर्नुपर्छ ।
निजी क्षेत्रलाई दोषी देखाउनेभन्दा सहकार्यको वातावरण आवश्यक छ ।
श्रमिकको सीप विकास र अभिमुखीकरण सुदृढ गर्ने विदेश जाने कामदारलाई गन्तव्य देशअनुसार सीप र भाषा तालिम दिनुपर्छ ।
दक्ष जनशक्तिले राम्रो तलब र सुरक्षित रोजगारी पाउँछन् ।
६ श्रम गन्तव्य मुलुकको विविधीकरण
खाडी र मलेसियामा मात्र निर्भर नभई युरोप, जापान, कोरिया लगायत नयाँ बजार विस्तार गर्नुपर्छ ।
७ ठगी नियन्त्रण र कानुनको निष्पक्ष कार्यान्वयन
अवैध एजेन्ट तथा गैरकानुनी गतिविधिमाथि कडाइ गर्नुपर्छ ।
कानुनी रूपमा सञ्चालन भएका व्यवसायीलाई अनावश्यक दुःख दिने प्रवृत्ति अन्त्य हुनुपर्छ ।
८ श्रमिक कल्याण र उद्धार प्रणाली प्रभावकारी बनाउने
विदेशमा समस्यामा परेका नेपाली श्रमिकको उद्धार, कानुनी सहायता र क्षतिपूर्ति प्रक्रियालाई छिटो बनाउनुपर्छ ।
९ सरकार–व्यवसायी–श्रमिकबीच नियमित संवाद
क्षेत्रका समस्या समाधानका लागि त्रिपक्षीय संयन्त्रलाई सक्रिय बनाउनुपर्छ ।
वैदेशिक रोजगारीलाई सुरक्षित, मर्यादित, पारदर्शी र व्यवसायमैत्री बनाउन सरकार, व्यवसायी र श्रमिक सबै पक्षको साझा प्रयास आवश्यक छ । रेमिट्यान्स मात्र नभई श्रमिकको अधिकार, व्यवसायको दिगोपन र राष्ट्रिय अर्थतन्त्रलाई केन्द्रमा राखेर सुधारका कदम अघि बढाउनुपर्छ भन्ने नारा र एजेण्डाका साथ वैदेशिक रोजगार व्यवसाय संघको आगामी निर्वाचनमा अध्यक्ष पदको उम्मेदवारीमा छु । अत्यधिक मतदान गरी सहयोग गर्नुहोस

#वाचापत्र #वैदेशिक_रोजगार_Elaction #वैदेशिक_रोजगार

Address

Kathmandu
Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Hari Bahadur Pandy posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share