27/08/2026
कार्यक्रम स्थगन सम्बन्धी सूचना
रसुवा र नुवाकोट आएको बाढीका कारण उत्पन्न दुःखद् परिस्थिति प्रति पाल्पा सर्देवा काठमाडौं सम्पर्क समाज गहिरो दुःख व्यक्त गर्दछ । बाढीबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक सहानुभूति प्रकट गर्दै यस कठिन घडीमा धैर्यधारण गर्ने शक्ति मिलोस् तथा प्रभावितहरूको शिघ्र उद्धार र पुनर्स्थापना हुन सकोस् हराएकाहरु छिटोभन्दा छिटो भेटिउन भन्ने कामना गर्दछौँ साथै मृतकहरु प्रती हार्दिक श्रद्धाञ्जली अर्पण गर्दै परिवारहरु प्रती गहिरो समबेदना सहन गर्न सक्ने शक्ति भगवान पशुपतिनाथले प्रदान गरून् भन्ने कामना गर्दछौं ।
यस विषम परिस्थितिको कारण
२०८३ साल भदौ १३ गते आयोजना हुन गइरहेको तीज विशेष कार्यक्रम हाललाई स्थगित गरिएको सम्पूर्ण सदस्य, शुभेच्छुक तथा सहभागी महानुभावहरूमा जानकारी गराउँदछौँ ।
परिस्थिति सामान्य भएपछि कार्यक्रमको नयाँ मिति र समयबारे पुनः जानकारी गराइनेछ ।
यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ । यहाँहरूको समझदारी र सहयोगका लागि हार्दिक धन्यवाद ।
रमा नेपाल
सचिव
पाल्पा सर्देवा काठमाडौं सम्पर्क समाज