Itahara Sarokar Samaj - Nepal

Itahara Sarokar Samaj - Nepal Organization of former Itahara Village Development Committee Residents In all over the globe now.

इटहरा सरोकार समाज – नेपाल
इटहरा (पूर्व गाउँ विकास समिति) क्षेत्रका पूर्व तथा वर्तमान बासिन्दाहरूलाई एकताबद्ध गर्ने उद्देश्यले स्थापना गरिएको एक सामाजिक, गैर–राजनीतिक र गैर–नाफामूलक संस्था हो।

यस संस्थाले इटहरा क्षेत्रको सामाजिक, सांस्कृतिक, शैक्षिक तथा विकाससम्बन्धी गतिविधिहरूमा सहकार्य गर्दै देश तथा विदेशमा रहेका इटहराबासीहरूबीच आपसी सहयोग, सद्भाव र समन्वयलाई प्रवर्द्धन गर्ने लक्ष्य राखेको छ।

समाजका माध्यमबाट विभिन्न सामाजिक कार्य, आपतकालीन सहयोग, सूचना आदान–प्रदान तथा सामूहिक हितका कार्यक्रमहरू सञ्चालन गरिन्छ।

🙏🙏🙏विपद्को यस दुःखद् घडीमा एकता र सहयोग नै हाम्रो ठूलो शक्ति हो। 🙏🙏🙏विपद्को यस घडीमा इटहरा सरोकार समाज–नेपालले पनि आफ्नो...
31/08/2026

🙏🙏🙏विपद्को यस दुःखद् घडीमा एकता र सहयोग नै हाम्रो ठूलो शक्ति हो। 🙏🙏🙏

विपद्को यस घडीमा इटहरा सरोकार समाज–नेपालले पनि आफ्नो तर्फबाट सानो सहयोग गर्ने प्रयास गरेको छ।

यस संस्थामा जोडिएका सबै ब्याक्ती हरु समेतले सहयोग गरि रकम संकलन गरी, संस्थामार्फत एकमुष्ट रूपमा रु. ५१,०००/- (एकाउन्न हजार रुपैयाँ मात्र) प्रधानमन्त्री राहत कोषमा जम्मा गरेका छौँ।

यो हाम्रो सानो प्रयास भए पनि बिपद्मा परेका दाजुभाइ तथा दिदीबहिनीहरूका लागि सहयोग र साथको एउटा माध्यम बन्ने विश्वास लिएका छौँ।

तपाईंहरू सम्पूर्णमा पनि हार्दिक अनुरोध गर्दछौँ—आफूले सक्ने जति सहयोग गरौँ र यस विपद्को घडीमा पीडित परिवारहरूको साथ बनौँ।

🤝 🤝 सानो सानो सहयोग नै ठुलो कार्य सम्पन्न गर्न महत्वोपुर्ण हुन्छ🤝 🤝

धन्यवाद। 🙏

इटहरा सरोकार समाज–नेपाल परिवार

26/08/2026
26/08/2026

अत्यन्त जरुरी सूचना

हरितालिका तीज (दर खाने) कार्यक्रम स्थगित सम्बन्धी सूचना

चीनबाट आएको भोटेकोशी नदीको बाढी तथा रसुवागढी क्षेत्रमा गएको बाढी–पहिरोका कारण ठूलो धनजनको क्षति भएको दुःखद् घटनाप्रति इटहरा सरोकार समाज नेपाल गहिरो दुःख व्यक्त गर्दछ। यस विपद्का कारण प्रभावित सम्पूर्ण परिवार तथा आफन्तजनप्रति हार्दिक समवेदना व्यक्त गर्दै उद्धार तथा राहत कार्यमा जुटिरहनुभएका सम्पूर्ण निकायप्रति सम्मान व्यक्त गर्दछौँ।

यस दुःखद् एवं विपद्को संवेदनशील अवस्थालाई मध्यनजर गर्दै आगामी शनिबार मिति २०८३/०५/१३ गते आयोजना गर्न लागिएको हरितालिका तीज (दर खाने) कार्यक्रम अर्को सूचना नभएसम्मका लागि स्थगित गरिएको व्यहोरा सम्पूर्ण आमा, दिदीबहिनी तथा शुभेच्छुक महानुभावहरूमा जानकारी गराइन्छ।

यसबाट पर्न गएको असुविधाप्रति क्षमाप्रार्थी छौँ। विपद्को यस कठिन घडीमा सबैजना एकजुट भई प्रभावित परिवारप्रति सहयोग, सद्भाव र मानवीय संवेदना प्रकट गरौँ।

महासचिव
दुर्बासा चौलागाईं
तथा सम्पूर्ण इटहरा सरोकार समाज नेपाल परिवार

22/08/2026
09/08/2026
यस समाज का सल्लाहकार ज्यु लाई बधाई
30/07/2026

यस समाज का सल्लाहकार ज्यु लाई बधाई

नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न @ Texas International College
02/05/2026

नयाँ वर्ष २०८३ को शुभकामना आदानप्रदान तथा भित्ते पात्रो विमोचन कार्यक्रम सम्पन्न @ Texas International College

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when Itahara Sarokar Samaj - Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category