दलित भुमिहिन , भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी हकहित मञ्च, नेपाल

  • Home
  • Nepal
  • Kathmandu
  • दलित भुमिहिन , भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी हकहित मञ्च, नेपाल

दलित भुमिहिन , भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी हकहित मञ्च, नेपाल दलित भुमिहिन , सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी हकहित मञ्च, केन्द्रिय समन्वय समिति , नेपाल

21/09/2026
19/09/2026

सुकुम्बासीको वर्षौंदेखिको सपना बालेनले गरिदिए पूरा, तनहुँका १० सुकुम्बासी परिवार बने जग्गाधनी

बालेन शाह नेतृत्वको सरकारले भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीको समस्या समाधानलाई उच्च प्राथमिकतामा राखेको छ। यसैअन्तर्गत तनहुँको देवघाट गाउँपालिका–१ का १० भूमिहीन दलित तथा भूमिहीन सुकुम्बासी परिवारलाई जग्गाधनी प्रमाणपुर्जा वितरण गरिएको छ। जिल्ला भूमि समस्या समाधान समिति तनहुँमार्फत उनीहरूलाई लालपुर्जा उपलब्ध गराइएको हो।

लामो समयदेखि आफूले भोगचलन गर्दै आएको जग्गाको कानुनी स्वामित्व नपाएका ती परिवारले प्रमाणपुर्जा पाएसँगै अब आफ्नो नाममा जग्गाको अधिकार प्राप्त गरेका छन्। यसअघि देवघाटमा भूमिहीन परिवारको विवरण प्रमाणीकरण, स्थलगत निरीक्षण र दाबी–विरोधको प्रक्रिया अघि बढाइएको थियो।

भूमिहीन दलित, भूमिहीन सुकुम्बासी तथा अव्यवस्थित बसोबासीलाई कानुनी रूपमा जग्गाधनी बनाउने उद्देश्यअनुसार सरकारले देशका विभिन्न क्षेत्रमा जग्गा व्यवस्थापन र प्रमाणपुर्जा वितरणको प्रक्रिया अघि बढाइरहेको छ। देवघाटमा भएको पछिल्लो वितरणले वर्षौंदेखि जग्गाको स्वामित्वको प्रतीक्षामा रहेका १० परिवारलाई प्रत्यक्ष लाभ पुगेको छ।

19/09/2026

“भुमिहीनका रुपमा स्वघोषणा गरेका ४ जनाको नाममा जग्गा भेटिएपछि कारवाही गर्न निर्देशन”

आफू तथा आफ्नो परिवारको नाममा नेपालभर जग्गा-जमिन नभएको भन्दै भूमिहीनका रूपमा स्वघोषणा गरेका चार जनाको नाममा जग्गा रहेको भेटिएपछि भूमि समस्या समाधान समितिले उनीहरूमाथि आवश्यक कारबाही गर्न जिल्ला समितिलाई निर्देशन दिएको छ। भूमि अभिलेखबाट प्राप्त विवरणमा इलाम, ताप्लेजुङ, झापा, काभ्रे जिल्लामा उनीहरुको तथा परिवारको नाममा जग्गा रहेको देखिएको हो।

समितिले भूमिहीन सुकुम्बासी, भूमिहीन दलितका रूपमा आवेदन दिने व्यक्तिहरूको स्वघोषणालाई सरकारी अभिलेखसँग रुजु गर्ने क्रममा जग्गा रहेको भेटिएका व्यक्तिहरूमाथि कारबाही प्रक्रिया अघि बढाएको छ।

16/09/2026
16/09/2026

जग्गाधनी प्रमाण पूर्जा वितरण कार्यक्रम तनहुँ ।

16/09/2026

भोगाधिकारको जग्गा नाप जाँच गराउनुहुन वारे ।

Address

Kathmandu
44600

Website

Alerts

Be the first to know and let us send you an email when दलित भुमिहिन , भुमिहिन सुकुम्बासी तथा अव्यवस्थित बसाेबासी हकहित मञ्च, नेपाल posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share

Category