14/06/2025
🌿 गाउँ सफा राख्न सकिन्छ, जब हामी सबैसँग मिल्छौं 🌿
🙏 सम्पूर्ण गाउँवासीमा आत्मीय धन्यवाद 🙏
योङया चोकबाट सुरु भई शान्ति टोल, टाइगर ब्रिज हुँदै डाँडा गाउँसम्म सञ्चालन गरिएको
विशेष सरसफाइ अभियानमा बृहत्तर संख्यामा सहभागी
गाउँवासी दाजुभाइ, दिदीबहिनी तथा आदरणीय आमाबुबाहरूलाई
संयुक्त झरना युवा क्लब परिवारको तर्फबाट
विशेष धन्यवाद व्यक्त गर्दछौं।
तपाईंहरूको सशक्त सहभागिता र निःस्वार्थ सहयोगले
हाम्रो गाउँ दिनप्रतिदिन
सफा, सुन्दर, हराभरा र व्यवस्थित बन्दै गएको छ।
यो अभियान तपाईंहरूको साथबिना सम्भव हुने थिएन।
आजको कार्यक्रममा श्रमदान गर्नुहुने,
स्नेह, सत्कार र खाजाले स्वागत गर्नुहुने,
सबै मनकारी हातहरू र माया दिने मनहरूमा
हामी विशेष सम्मान र कृतज्ञता प्रकट गर्दछौं।
✨ सफाइ मात्र होइन, सम्बन्धहरू पनि अझ नजिकिए।
हामी सबैको एउटै पहिचान —
हाम्रो गाउँ, हाम्रो गौरव। 🏡
— शिवसताक्षी–९, संयुक्त झरना युवा क्लब (योङया चोक)
#हाम्रोगाउँहाम्रोगौरव
#सफा_गाउँ_समुन्नत_गाउँ
#समूहिकसहयोग