04/07/2026
आज मिति २०८३/०३/२० गते राष्ट्रिय स्वतन्त्र पार्टी, कर्णाली प्रदेश काठमाडौं सम्पर्क विभागको दोस्रो बैठक सफलतापूर्वक सम्पन्न भयो।
बैठकमा उपस्थित भई आफ्नो अमूल्य समय, सुझाव तथा प्रतिबद्धतामार्फत विभागलाई थप सुदृढ बनाउन योगदान पुर्याउनुहुने महामन्त्री ललित चन्दज्यू, केवल गिरीज्यू, पेमा शाही (प्रमिला)ज्यू, काठमाडौं जिल्ला सम्पर्क विभागका प्रमुखज्यूहरू, कर्णाली प्रदेश काठमाडौं सम्पर्क विभागका प्रमुख समीर न्यौपानेज्यू, उपप्रमुख रिता केसीज्यू, सचिव सुनिल हमाल तथा सम्पूर्ण सदस्यहरूमा हार्दिक धन्यवाद व्यक्त गर्दछौं।
यस बैठकले संगठनलाई अझ सुदृढ, व्यवस्थित र प्रभावकारी बनाउने विभिन्न महत्वपूर्ण निर्णयहरू गरेको छ। साझा उद्देश्य, आपसी एकता र जनउत्तरदायी राजनीतिक संस्कारका साथ आगामी दिनहरूमा अझ मजबुत रूपमा अघि बढ्ने प्रतिबद्धता व्यक्त गरेका छौं।
संगठनको शक्ति नै परिवर्तनको आधार हो।
सम्पूर्णमा हार्दिक धन्यवाद। 🙏
Rastriya Swatantra Party - RSP