27/08/2026
हार्दिक अपिल
देश अहिले विषम परिस्थितिबाट गुज्रिरहेको छ। देश र जनताको पीडाले हामी सबैको मन व्यथित बनेको छ। यस्तो संवेदनशील अवस्थामा मनोरञ्जनात्मक कार्यक्रम आयोजना गर्नु वा त्यसमा सहभागी हुनु उपयुक्त नहुने भएकाले यस वर्षको दर कार्यक्रम स्थगित गरी त्यसका लागि छुट्याइएको सम्पूर्ण रकम राहत कोषमा जम्मा गरौँ भन्ने हाम्रो हार्दिक अपिल छ।
देश र जनताको दुःखमा साथ दिनु हामी सबैको साझा दायित्व हो। त्यसैले सम्पूर्ण दिदीबहिनीहरूलाई यस अपिललाई सकारात्मक रूपमा ग्रहण गर्दै राहत कोषमा सक्दो सहयोग गर्न हार्दिक अनुरोध गर्दछौँ।
दुःखमा साथ दिऔँ, मानवीयता प्रदर्शन गरौँ र राहत कोषमा सक्दो सहयोग गरौँ।
— श्री तोफायन गणेश मन्दिर व्यवस्थापन समिति