YUG PRESS TV

YUG PRESS TV News Provider

04/09/2026

अरूलाई बचाउँदा १० दिन सुरुङमै फसे सञ्जय साह

29/08/2026

भोटेकोशी बाढी: ज्यान गुमाउनेको संख्या ६१६ पुग्यो

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन र वितरणमा एकद्वार प्रणा...
29/08/2026

काठमाडौँ जिल्ला प्रशासन कार्यालयले रसुवा, नुवाकोट र धादिङका बाढीपीडितका लागि राहत सामग्री सङ्कलन र वितरणमा एकद्वार प्रणाली लागू गरेको छ। ​बुधबारको बाढीबाट प्रभावितका लागि सङ्घसंस्था र नागरिकलाई खाद्यान्न, लत्ताकपडा र घरायसी सामग्री सहयोग गर्न आग्रह गरिएको छ। सङ्कलित राहत सुरक्षा निकाय र राष्ट्रिय विपद् प्राधिकरणको समन्वयमा पीडितसम्म पुर्‍याइनेछ। ​समन्वयका लागि प्रशासकीय अधिकृत सुजनकुमारी बर्देवा (९८४१७९८५४२) लाई तोकिएको छ। नगद सहयोग प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा मात्र गर्न सकिनेछ।

८७ वर्षीया व्यवसायी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। व्यक...
28/08/2026

८७ वर्षीया व्यवसायी राजी राणाले प्रधानमन्त्री दैवी प्रकोप उद्धार कोषमा १ करोड ९ लाख रुपैयाँ आर्थिक सहयोग गरेकी छन्। व्यक्तिगत रूपमा गरिएको यो हालसम्मकै ठूलो सहयोगमध्ये एक हो।
​राणाका प्रतिनिधि कृष्ण बस्नेतमार्फत पठाइएको चेक शुक्रबार अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले बुझेका हुन्। सोही अवसरमा राणाका कर्मचारीहरूले पनि थप ८० हजार रुपैयाँ कोषमा हस्तान्तरण गरे। राणाले छिट्टै थप २५ लाख रुपैयाँ बराबरको खाद्यान्न र जिन्सी सामग्री समेत उपलब्ध गराउने प्रतिबद्धता जनाएकी छन्।

भारत सरकारले बाढी पीडितको सहयोगका लागि तेस्रो पटक १० टन राहत सामग्री नेपाल पठाएको छ। पठाइएका सामग्रीमा जेनेरेटर सेट र वा...
28/08/2026

भारत सरकारले बाढी पीडितको सहयोगका लागि तेस्रो पटक १० टन राहत सामग्री नेपाल पठाएको छ। पठाइएका सामग्रीमा जेनेरेटर सेट र वाटर प्युरिफायर रहेका छन्। साथै, उद्धार र उपचारका लागि डाक्टर, प्यारामेडिक्स तथा टनेल रेकी टोलीसहित ११ जनाको टोली पनि काठमाडौँ आइपुगेको छ।

रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण गम्भीर मानवीय र भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनी...
26/08/2026

रसुवागढीस्थित भोटेकोशी नदीमा आएको विनाशकारी बाढीका कारण गम्भीर मानवीय र भौतिक क्षति भएको छ। राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणको प्रतिवेदनअनुसार हालसम्म ८३ जनाको शव फेला परेको छ भने प्रधानमन्त्री कार्यालयले मृतक संख्या ९५ पुगेको जनाएको छ। ​बाढीमा ३८४ यात्रु र ८५ सुरक्षाकर्मीसहित ठूलो संख्यामा मानिसहरू बेपत्ता छन्। बाढीले ३५ मोटरेबल पुल, ४५ झोलुङ्गे पुल र ४० किमी पक्की सडक ध्वस्त बनाएको छ। हालसम्म १९६ जनाको उद्धार गरिएको छ भने घाइते ५५ जनाको उपचार भइरहेको छ।

नेपाल र तिब्बत क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भए...
26/08/2026

नेपाल र तिब्बत क्षेत्रमा आएको भीषण बाढीका कारण रसुवा, नुवाकोट, धादिङ र गोरखा लगायतका तटीय क्षेत्रमा ठूलो जनधनको क्षति भएको छ। विपद्को यस कठिन परिस्थितिमा राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले बाढीपीडितको उद्धार र राहतका लागि ५० लाख रुपैयाँ आर्थिक सहयोग गर्ने घोषणा गरेको छ।
​रास्वपा सचिवालय बैठकले आफ्ना सम्पूर्ण राजनीतिक तथा साङ्गठनिक गतिविधिहरू अर्को सूचना नभएसम्मका लागि स्थगित गर्ने निर्णय गरेको छ।

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा २३ अर्ब २९ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ। यस अवधिमा २० अर्...
26/08/2026

सरकारले चालु आर्थिक वर्ष २०८३/८४ को पहिलो महिना (साउन) मा २३ अर्ब २९ करोड रुपैयाँ सार्वजनिक ऋण लिएको छ। यस अवधिमा २० अर्ब ६ करोड ऋण भुक्तानी गरिए पनि खुद ऋण दायित्व ३ अर्ब २३ करोडले बढेको छ।
​विदेशी विनिमय दरमा भएको नाफाका कारण कुल ऋण अघिल्लो महिनाको तुलनामा ५ अर्ब ३ करोडले घटेर २९ खर्ब ७६ करोड रुपैयाँ पुगेको छ। यो कुल गार्हस्थ उत्पादन (जीडीपी) को ४५.१० प्रतिशत हो। ऋण परिचालन पूँजी निर्माणमा नभई पुराना ऋण तिर्न र चालु खर्चमा दुरुपयोग भएको भन्दै महालेखा परीक्षक र वित्त आयोगले चिन्ता व्यक्त गरेका छन्।

25/08/2026

छोराको हत्या सहन नसकेर आमाले रोजिन् मृत्यु

25/08/2026

ड्युटीमा खटिएकी महिला प्रहरीमाथि कुटपिट

Address

Bagmati Pradesh
Kathmandu

Alerts

Be the first to know and let us send you an email when YUG PRESS TV posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share