21/05/2026
लियो जिल्ला परिषद् 325 जे नेपालद्वारा आयोजित Youth Camp 2026 मा सहभागी हुन पाउँदा अत्यन्त खुसी र गौरवान्वित महसुस गरेको छु। यो कार्यक्रम केवल मनोरञ्जनमा सीमित नभई नेतृत्व विकास, व्यक्तित्व निर्माण, सामाजिक उत्तरदायित्व तथा टोली भावना अभिवृद्धि गर्ने उत्कृष्ट अवसर बन्यो।
कार्यक्रमका विभिन्न सत्रहरू, प्रेरणादायी वक्तव्यहरू, समूहगत गतिविधिहरू तथा अनुभव आदानप्रदानले धेरै नयाँ कुरा सिक्ने अवसर प्रदान गर्यो। देशका विभिन्न स्थानबाट आएका Leo Leaders सँगको भेटघाट तथा सहकार्यले अझ बढी ऊर्जा, आत्मविश्वास र प्रेरणा प्रदान गर्यो।
यस Youth Camp ले भविष्यप्रति सकारात्मक सोच, नेतृत्व क्षमता तथा समाजका लागि केही गर्ने भावना अझ मजबुत बनाएको छ। यस्तो ज्ञानवर्द्धक, प्रेरणादायी र उत्कृष्ट कार्यक्रम आयोजना गर्नुहुने सम्पूर्ण आयोजक टोलीप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछु।