29/08/2026
🩸 रक्तदान जीवनदान। भोटेकोशी बाढीबाट प्रभावित घाइतेहरूको सहयोगार्थ राष्ट्रिय स्वतन्त्र पार्टी टोखा नगर समितिद्वारा आयोजित रक्तदान कार्यक्रम आज सम्पन्न भयो। माननीय परराष्ट्र मन्त्री श्री शिशिर खनालज्यू को प्रमुख उपस्थिति तथा बागमति प्रदेश सदस्य सुमन कुमार धिताल ज्यु, गिता पौडेल ज्यु, रिता भारति ज्यु, काठमाडौँ जिल्ला समितिका सभापति श्री राजा शाक्य ज्यु , निर्बाचन क्षेत्र नम्बर ५ का सभापति डिल्लि प्रसाद भट्टराइ ज्यु लगायेत को समिति, नगर समिति का पदाधिकारी तथा सदस्य हरु , ११ वटै वडा का पदाधिकारी तथा सदस्य ज्यु हरु को बिशेष उपस्थितिमा सम्पन्न भयो , यो मानवीय कार्यका लागि टोखा नगर समिति परिवार को तर्फ बाट हार्दिक धन्यवाद तथा आभार ब्यक्त गर्दछु, छिमेकि नगर र वडा हरु बाट पाल्नु भइ कार्यक्रम सफल पार्न बिशेष भुमिका निभाउनु हुने सम्पुर्न मा धेरै धेरै धन्यबाद, हजुर हरु को साथ र सपोर्ट ले नै ५५ युनिट बल्ड कलेक्सन गर्न सफल भयेका छौ, रक्तदाता ज्यु हरु प्रति हार्दिक आभार ब्यक्त गर्दछु, यो अकल्पनिय प्राकृतिक प्रकोप को बेलामा राज्यले सामना गर्नु परेको दुखद घडिमा बर्तमान सरकार को अभिभाबकिय भुमिका को उच्च सम्मान गर्दै यो राज्यले निभाउनु पर्ने धेरै जिम्बेबारि काधमा हुदा हुदै पनि आफ्नो ब्यस्थ समय को ब्याबस्थापन गरि हाम्रो कार्यक्रम मा उपस्थित भै रक्तदाता हरु लाइ प्रसम्सा पत्र प्रदान गर्नु भयेको मा नेपाल सरकार का माननिय परराष्ट्र मन्त्रि शिशिर खनाल ज्यु लाइ हार्दिक धन्यबाद ब्यक्त गर्दछु , साथै सहजकर्ता ग्रान्डि इन्टरनेशनल हस्पिटल बल्डबैन्क का डाक्टर सहित को टिम लाइ हार्दिक धन्यबाद दिदै यो बिपद्को यस विषम परिस्थितिमा जहाबाट जसरि हुन्छ आफुले हरसम्भब सहयोगि हात हरु को हातेमालो गरि घाइते हरु को उद्दार को लागि नेपाल सरकार लाइ साथ सपोर्ट र सहयोग गरिदिनु हुन हार्दिक अपिल गर्दछु, यो दुखद घटना बाट मृतक हरु प्रति हार्दिक श्रध्दाञ्जलि ब्यक्त गर्दै घाइते हरु को शिघ्र स्वास्थ्यलाभ को कामना साथै हरायेका परिवारजन हरु को खोजिकार्य होस भन्ने कामना गर्दछु , नेपाल सरकार का सबै निकायहरु , सबै शक्तिहरु खोजिकार्य र उद्दार कार्यमै लगाइयेको छ , यो कार्य वास्तवमै प्रशंसनीय छ।🙏🏽🙏🏽 जय देश, जय जनता ।।
सुर्य प्रसाद काफ्ले
सभापति
टोखा नगर समिति रा स्व पा