05/08/2026
आर्थिक ऐन,2083 ले निम्नानुसार करदाताहरुको लागि शुल्क, व्याज, जरिवाना मिनाहा सम्बन्धी छुट सुविधाको व्यवस्था गरेकोले छिट्टै सम्वन्धित कार्यालयमा सम्पर्क गरी लाभ लिनुहोस।
• कुनै व्यक्तिले स्थायी लेखा नम्वर नलिई कर लाग्ने आय आर्जन गरेका,
• स्थायी लेखा नम्वर लिएको तर कुनै आय आर्जन वा कारोबार नगरेका,
• स्थायी लेखा नम्वर लिई आय आर्जन गरी विवरण बुझाउन बाँकी रहेका,
• मूल्य अभिबृद्धि करमा दर्ता भई कर संकलन र कर दाखिला नगरेका,
• अन्तःशुल्क इजाजतपत्र लिएका वा नलिएका व्यक्तिले विगतमा अन्तःशुल्कजन्य कारोकार गरी अन्तःशुल्क असुल उपर नगरेकोमा,
• अन्तःशुल्क इजाजतपत्र लिई तोकिएका अवधि भित्र नवीकरण नगरेका,
• अन्तःशुल्क विवरण पेश गरेका तर कर तथा अन्तःशुल्क बक्यौता रहेका,
• कार्यालयबाट कर निर्धारण वा संशोधित कर निर्धारण वा अन्तःशुल्क निर्धारण भएका,
• कार्यालयबाट कर निर्धारण वा संशोधित कर निर्धारण वा अन्तःशुल्क निर्धारण भई आ.रा.वि. वा न्यायिक निकायमा विचाराधिन रहेको ।
आन्तरिक राजस्व कार्यालय कलंकी, काठमाण्डौ