Department of Archaeology Nepal official

Department of Archaeology Nepal official Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from Department of Archaeology Nepal official, Government Organization, Ramshah Path, Kathmandu.

02/09/2026

NEPAL IS CALLING

In an appeal to friends of Nepal, Honourable Culture, Tourism and Civil Aviation Minister Khadak Raj Paudel 'Ganess' has called upon travellers to continue visiting Nepal and to stand with the country during this time.

While the recent calamity has affected some areas and disrupted lives, most tourism destinations in Nepal remain safe, welcoming and accessible. The country is gradually returning to normal, and tourism activities continue across much of Nepal.

If you have been planning to visit Nepal, this is the time to come—not to cancel.
Your visit supports local communities, tourism workers, businesses and countless families whose livelihoods depend on tourism.

Come for the mountains. Come for the culture. Come for the people.
Come and explore the hidden side of Nepal.

30/08/2026

सार्बजनिक अपिल
हालै गएको बाढी तथा डुबानका कारण पुरातात्त्विक, ऐतिहासिक तथा सांस्कृतिक सम्पदाहरूमा क्षति पुगेको हुन सक्ने भएकाले पुरातात्विक एवं साँस्कृतिक बस्तु, प्राचिन स्मारक लगायत मौलिक सम्पदाहरूमा कुनै प्रकारको क्षति पुग्न गएको भए सो सम्बन्धमा यथाशिघ्र यस विभागमा लिखित वा मौखिक (सम्भब भएसम्म तस्बिर/भिडियो सहित) जानकारी गराइदिनु हुन सबै सरोकारवाला निकाय, स्थानीय तह, सम्पदा संरक्षणसंग सम्बन्धित संस्था, स्थानीय समुदाय तथा आम नागरिकहरुमा हार्दिक अनुरोध छ ।
सम्पर्क ठेगाना:
पुरातत्व बिभाग,रामशाहपथ, काठमाडौँ
सूचना अधिकारी मो. नं. ९८४१४७४८२१
[email protected]

आज मिति २०८३-०५-०३ गतेका दिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट यस विभागमा महा निर्देशकको रुपमा सरुवा भई आउन...
19/08/2026

आज मिति २०८३-०५-०३ गतेका दिन संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयबाट यस विभागमा महा निर्देशकको रुपमा सरुवा भई आउनु भएका सहसचिव डा. सुरेश सुरस श्रेष्ठज्यूको स्वागत तथा यस विभागबाट संस्कृति पर्यटन तथा नागरिक उड्ययन मन्त्रालयको संस्कृति महाशाखामा महाशाखा प्रमुखको रुपमा सरुवा भई जानु भएका सहसचिव सौभाग्य प्रधानांगज्यूको फेरी भेटौंला कार्यक्रम ।

आज मिति २०८३ साउन ११ गतेका दिन पुरातत्व विभागका शाखा अधिकृत गुणा राईज्युलाई विदाई तथा कम्प्युटर अपरेटर लाेहस सिग्देलज्यु...
27/07/2026

आज मिति २०८३ साउन ११ गतेका दिन पुरातत्व विभागका शाखा अधिकृत गुणा राईज्युलाई विदाई तथा कम्प्युटर अपरेटर लाेहस सिग्देलज्युलाई स्वागत गर्ने कार्यक्रम सम्पन्न गरियाे ।

अमेरिकाबाट फिर्ता आएका ई वहावही पाटनको काठको नृत्य देवीको मूर्ति तथा विक्रमशिला महाविहार ठ वही, ठमेलको पद्मपाणी लोकेश्वर...
10/07/2026

अमेरिकाबाट फिर्ता आएका ई वहावही पाटनको काठको नृत्य देवीको मूर्ति तथा विक्रमशिला महाविहार ठ वही, ठमेलको पद्मपाणी लोकेश्वरको मूर्ति हस्तान्तरण सम्बन्धी
पत्रकार सम्मेलन सम्पन्न

Oriantal Cultural Heritage and Site Protection Alliance (OCHSPA) को आयोजनामा पुरातत्व विभागको सहकार्यमा माथिल्लो मुस्तां...
08/05/2026

Oriantal Cultural Heritage and Site Protection Alliance (OCHSPA) को आयोजनामा पुरातत्व विभागको सहकार्यमा माथिल्लो मुस्तांग क्षेत्रका सम्पदा एवम् सम्पदा वस्ती (Vernacular Architecture) को विस्तृत mapping सहितको अभिलेखिकरण कार्य अप्रिल २४ बाट प्रारम्भ गरी मे ५ सम्म स्थलगत रुपमा सम्पन्न सो दुई हप्ता सम्म गरिएको कार्यहरुको debriefing सम्पन्न भयो । सन् २०१८ देखि माथिल्लो मुस्तांग क्षेत्रका सम्पदाहरुको अभिलेखिकरण एवं स्थानीय समुदायलाई सम्पदा संरक्षण सम्बन्धी अभिमूखिकरण कार्य हुंदै आएको छ ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेल लगायत विभिन्न माननीयज्यु एवं पुरातत्व बिभागका प्रतिनिधि ...
02/05/2026

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री माननीय खडक राज पौडेल लगायत विभिन्न माननीयज्यु एवं पुरातत्व बिभागका प्रतिनिधि सहितको टोलिले तिलौराकोटको अवलोकन भ्रमण गरेका छन्। भ्रमणका क्रममा मन्त्रीज्युले तिलौराकोट क्षेत्रको ऐतिहासिक तथा पुरातात्त्विक महत्त्वबारे जानकारी लिँदै,संरक्षण, व्यवस्थापन र प्रवर्द्धनका विषयमा छलफल गरिएको थियो।

नेपालबाट सन् १९८० ताका हराएर अमेरिकाको न्युयोर्कस्थित तिब्वत ग्यालरीमा रहेको र वि.सं. २०७८ फाल्गुणमा नेपालमा ल्याइएको हा...
02/05/2026

नेपालबाट सन् १९८० ताका हराएर अमेरिकाको न्युयोर्कस्थित तिब्वत ग्यालरीमा रहेको र वि.सं. २०७८ फाल्गुणमा नेपालमा ल्याइएको हाल राष्ट्रिय सङ्ग्रहालयको बौद्ध कक्षमा प्रदर्शनी गरिएको अक्षोभ्य बुद्धको (भूस्पर्श मुद्रा) प्रस्तर मूर्ति मिति २०८३।०१।१८ गते शुक्रवार बुद्धजयन्तीको शुअवसरमा काठमाडौँ महानगरपालिका वडा न. २३ ओमवहालस्थित न्हुँछेवहाल (बज्रधातु) मा पुनर्स्थापना गरिएको छ ।

नेपालबाट हराएको र बेलायतबाट फर्किएर राष्ट्रिय सङ्ग्रहालयको जुद्द जातिय कलाशालामा प्रदर्शनी गरी राखिएको तेह्रौं सताब्दीको...
02/05/2026

नेपालबाट हराएको र बेलायतबाट फर्किएर राष्ट्रिय सङ्ग्रहालयको जुद्द जातिय कलाशालामा प्रदर्शनी गरी राखिएको तेह्रौं सताब्दीको बुद्धको मूर्तिलाई यथास्थानमा राख्नको लागि काठमाडौँ महानगरपालिकाको अनुरोधमा पुरातत्व बिभागले पुर्नस्थापना गर्न निर्णय गरी कार्यन्वयनका लागि स्थानीय समुदायको उल्लेखनिय उपस्थितीमा राष्ट्रिय सङ्ग्रहालय छाउनीबाट बाजागाजाका साथ मूर्ति ल्याई पूर्ववत हनुमानढोका दरवार क्षेत्र, मरुटोलको शिखर मन्दिरको पछाडी बिधिवत पूजाआजा गरी पुर्नस्थापना गरिएको छ ।

श्री सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज विश्व सम्पदा स्थल लुम्बिनीको संरक्षण र विकासबारे विशेष छलफल भएक...
29/04/2026

श्री सांस्कृतिक, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयमा आज विश्व सम्पदा स्थल लुम्बिनीको संरक्षण र विकासबारे विशेष छलफल भएको छ। मन्त्रालयका माननीय मन्त्रीज्यू, श्रीमान सचिवज्यू, सहसचिवज्यू, पुरातत्व विभागका महानिर्देशक, राष्ट्रिय अभिलेखालयका महानिर्देशक, राष्ट्रिय तथा अन्तर्राष्ट्रिय विज्ञहरू, लुम्बिनी विकास कोषका प्रतिनिधि तथा अन्य सरोकारवालाहरूको उपस्थितिमा उक्त छलफल भएको हो।
बैठकमा लुम्बिनीका पुरातात्विक संरचना, मूर्ति, शिलालेख र स्तूपहरूको संरक्षणसँगै त्यहाँको पवित्र वातावरण कायम राख्दै पर्यटकीय पूर्वाधार विकास गर्नुपर्ने विषयमा विस्तृत रूपमा छलफल भएको छ। सहभागीहरूले, लुम्बिनीको पुरातात्विक महत्त्वलाई संरक्षण गर्दै त्यसको आध्यात्मिक मूल्यलाई समेत सम्मान गर्ने गरी कार्य गर्नुपर्ने धारणा राखेका थिए।

Address

Ramshah Path
Kathmandu
44600

Opening Hours

10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when Department of Archaeology Nepal official posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share