05/06/2026
२४ वडा द्वारा आयोजित महानगर व्यापी वडा स्तरीय फुटसल प्रतियोगिताको अन्तिम दिन फाइनल खेलमा वडा ३० लाई ३-९ गोल अन्तरले पराजित गर्दै वडा १३ विजयी हुन सफल भएका छन् । अत्यन्त रोमाञ्चक खेलमा दुवै पक्षको राम्रो प्रस्तुति देखियो ।
त्यस सँगै प्रतियोगिताको उपाधि जितेका वडा १३ टिमलाई रकम रु २०००००/- पुरस्कार हस्तान्तरण भएको छ ।
उपविजेता टिम वडा ३० लाई रकम रु १०००००/- पुरस्कार हस्तान्तरण भएको छ ।
प्रतियोगिताको सर्वोकृष्ट गोल रक्षकको उपाधि वडा १३का श्री विशाल खड्गी ज्यूलाई हस्तान्तरण भएको छ।
प्रतियोगिताको सर्वोकृष्ट गोल कर्ताको उपाधि वडा १३का श्री अभय राणा ज्यूलाई हस्तान्तरण भएको छ ।
सो फाइनल खेलको सर्वोकृष्ट खेलाडीको उपाधि ओडा १३का विकेश शाही ज्यूलाई हस्तान्तरण भएको छ।
साथै प्रतियोगीताको समापन सँगै यस खेल आयोजना गर्नुभएका वडा २४ र सबै कार्यसदस्य,प्रतियोगितमा भाग लिनुभएका सबै वडा तथा सहकर्महरु, उपस्थित सबै खेलप्रेमी र सहयोगीहरू,आफ्नो अमूल्य समय दिनुभएका हाम्रो चोखाछेँ गल्ली समूहका सदस्यहरू र सम्पूर्ण स्वयंसेवकहरुलाई हृदयदेखि धन्यवाद व्यक्त गर्न चाहन्छु ।