मेयर विमला राईको सचिवालय

  • Home
  • Nepal
  • Khotang
  • मेयर विमला राईको सचिवालय

मेयर विमला राईको सचिवालय Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from मेयर विमला राईको सचिवालय, Political organisation, Khotang.
(2)

03/08/2026

हरहर महादेव 🙏
आज श्रावन महिनाको तेस्रो सोमबार अहिले बिहानको ७:२० सम्म हलेसी महादेवको ५ हजार भन्दा धेरै श्रद्वालु भक्तजनहरुले महादेवलाई जल चढाएर दर्शन गरिसक्नु भएको छ !

भक्तजनहरुको अत्यधिक भिडभाड भएकोले मन्दिरको गेट बिहानको ३:०० देखि नै खुल्ला गरिएको थियो भने अझै दर्शन गर्ने दर्शानार्थीहरुको लाइन रहेको छ ।

हलेसी महादेवले सबैको कल्याण गरुन् 🙏🙏🙏
जय हलेसी महादेव 🪔🪔🪔

01/08/2026

मिति-२०८३ साल श्रावन १६ गते शनिबार !
हरहर महादेव 🙏🙏🙏
हलेसी महादेवले सबैको कल्याण गरुन् !
जय हलेसी महादेव 🙏🙏🙏

28/07/2026

हलेसी तुवाचुङ नगरपालिकाको समन्वय र सहकार्यमा जी फाउन्डेसनको आर्थिक र प्राविधिक सहयोगमा स्थानीय कार्यान्वयन साझेदार बाल सेवा समाज द्वारा नगरपालिकाको वडा नं. १, बाहुनिडाँडाका ३८, ३ नं. वडाको ४ र ७ नं. वडाको २८ घर गरी जम्मा ७० घर विपन्न, सिमान्तकृत कृषकहरुलाई २ दिने जलवायु परिवर्तन, वित्तीय साक्षरता, नेतृत्व विकास, व्यवसाय विकास र क्षमता विकास तालिम दिए पश्चात तालिम बाट प्राप्त ज्ञान, सिप र सिकाईलाई व्यावहारमा कार्यान्वयन गर्न सहयोग पुर्याउने उदेश्य सहित निम्न सामाग्रीहरु हस्तान्तरण गरिएको छ ।

- हिलटेक- १ थान ५०० लिटरको
-पानिको पाइप - ५० मिटर, ०.५ इन्च व्यास
- क्यालकुलेटर - १ थान
- तौल मेसिन - १ थान
- नगद राख्ने बाकस - १ थान
- रजिस्टार - १ थान ।

27/07/2026

बोलबम ! बोलबम !! बोलबम !!!
श्रावन महिनाको दोस्रो सोमबार !
हलेसी महादेवले सबैको कल्याण गरुन् 🙏🙏🙏
जय हलेसी महादेव 🪔🪔🪔🙏🙏🙏

25/07/2026

मिति-२०८३ साल श्रावन महिनाको ९ गते शनिबार !
हरहर महादेव 🪔🪔🪔🙏🙏🙏
हलेसी महादेवले सबैको कल्याण गरुन् 🙏🙏🙏
जय हलेसी महादेव 🙏

22/07/2026
20/07/2026

हलेसी तुवाचुङ नगरपालिकाले ११ वडामा भएको ग्रामीण सडक मर्मत सम्भार गर्न २६ जना सडक हेरालु कामदार राखेको छ ।

बर्खायाममा अत्यधिक पानि पर्ने र ग्रामीण सडकहरु निरन्तर बिग्रिरहने समस्या भएकोले तत्काल मर्मत गर्न सबै ठाउँहरुमा मेसिनको पहुँच नपुग्ने पुगेपनि मेसिनमा ठुलो खर्च आउने, ग्रामीण सडक लाई निरन्तर संचालन गर्न संभावित विग्रिने ठाउँको पहिचान गरी नाली काट्ने, खाल्डाखुल्डी पुर्ने, बिग्रिएमा तत्काल मर्मत गर्न सडक हेरालु कामदारले काम गर्ने मर्मत गर्न नसके तत्काल सम्बन्धित निकायमा जानकारी गराउने र स्थानीय स्वरोजगार पनि पाउने उदेश्य सहित नगरपालिकाले ग्रामीण सडक हेरालु नियुक्ति गरेको छ ।

20/07/2026

श्रावन महिनाको पहिलो सोमबार !
हलेसी महादेवले सबैको कल्याण गरुन् 🙏
जय हलेसी महादेव 🪔🪔🪔🙏🙏🙏

18/07/2026

हलेसी चाम्लिङ सामुदायिक होम स्टे आजबाट सुरु भएको छ ।

Address

Khotang

Alerts

Be the first to know and let us send you an email when मेयर विमला राईको सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to मेयर विमला राईको सचिवालय:

Shortcuts

Share