Occupational Safety and Health Center, Lalitpur Nepal

Occupational Safety and Health Center, Lalitpur Nepal Government organization, working for occupational safety and health

तात्कालिन श्री ५ को सरकारले श्रम तथा यातायात व्यवस्था मन्त्रालय अन्तर्गत वि.सं. २०५२ सालमा “व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजना” को स्थापना भएको हो। वि.सं. २०६५ साल पुस १६ गते तत्कालिन श्रम तथा रोजगार प्रवर्धन विभागलाई वैदेशिक रोजगार प्रवर्धन विभाग र श्रम विभागमा नेपाल सरकारले विभाजित गरेपछि यो आयोजना श्रम विभाग ,अन्तगर्त राखेको हो। नेपाल सरकारको २०७५ ।४।०१ गतेको निर्णयानुसार व

्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी आयोजानबाट स्थायी संरचनामा परिवर्तित भई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य केन्द्रको रुपमा सेवा प्रवाह गर्दै आएको छ ।

कार्यस्थलमा खतराको पहिचान तथा जोखिम मूल्याङ्कन सम्बन्धी ४ दिने अभिवृद्धिमूलक प्रशिक्षण (HIRA) सम्बन्धी सूचना
19/08/2026

कार्यस्थलमा खतराको पहिचान तथा जोखिम मूल्याङ्कन सम्बन्धी ४ दिने अभिवृद्धिमूलक प्रशिक्षण (HIRA) सम्बन्धी सूचना

निर्माण उद्योगमा काम गर्ने श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एकदिने सचेतनामूलक तालिम यस केन्द्...
16/06/2026

निर्माण उद्योगमा काम गर्ने श्रमिकहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सम्बन्धी एकदिने सचेतनामूलक तालिम यस केन्द्रको आयोजना र SHARMA-ZICG J.V. को सहकार्यमा कुरिनटार चितवनमा मिति २०८३ जेठ २९ गते सफलतापूर्वक सम्पन्‍न गरियो ।

“प्रेसर भेसल तथा ब्वायलर सुरक्षा सम्बन्धी ७ दिने दक्षता अभिवृद्धिमूलक प्रशिक्षण” सफलतापूर्वक सम्पन्न भयो। तालिममा ब्वायल...
09/06/2026

“प्रेसर भेसल तथा ब्वायलर सुरक्षा सम्बन्धी ७ दिने दक्षता अभिवृद्धिमूलक प्रशिक्षण” सफलतापूर्वक सम्पन्न भयो। तालिममा ब्वायलर सुरक्षा, सञ्चालन, मर्मत, निरीक्षण, आगो सुरक्षा, प्राथमिक उपचार तथा आपतकालीन व्यवस्थापन लगायतका विषयमा सैद्धान्तिक र व्यावहारिक ज्ञान प्रदान गरिएको थियो। समूह छलफल, प्रस्तुतीकरण तथा स्थलगत भ्रमणमार्फत सहभागीहरूको क्षमता अभिवृद्धि भएको छ। अन्त्यमा मूल्याङ्कन, प्रतिक्रिया संकलन तथा प्रमाणपत्र वितरणसहित कार्यक्रम समापन गरिएको थियो।

सरसफाईकर्मीहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाऊँ सम्बन्धी एक दिने अभिमुखीकरण तालिम यस केन्द्रको आयोजना र भक...
03/06/2026

सरसफाईकर्मीहरुका लागि व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाऊँ सम्बन्धी एक दिने अभिमुखीकरण तालिम यस केन्द्रको आयोजना र भक्तपुर नगरपालिकाको सहकार्यमा भक्तपुर नगरपालिका कार्यालयको सभाहलमा मिति २०८३ जेठ १३ गते सम्पन्‍न गरियो ।

यस केन्द्रको आयोजना र ग्रिल तथा स्टील व्यवसायी महासंघको सहकार्यमा "ग्रिल तथा फेब्रिकेसन कार्यमा संलग्न श्रमिकहरुलाई व्यव...
26/05/2026

यस केन्द्रको आयोजना र ग्रिल तथा स्टील व्यवसायी महासंघको सहकार्यमा "ग्रिल तथा फेब्रिकेसन कार्यमा संलग्न श्रमिकहरुलाई व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य बचाऊ सम्बन्धी अभिमुखीकरण तालिम" यस केन्द्रको हल, भैंसेपाटी ललितपुरमा सम्पन्न भयो ।

यस केन्द्रको आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सहकार्यमा"उद्योग वा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको लागि व्...
26/05/2026

यस केन्द्रको आयोजना र काठमाडौं उपत्यका खानेपानी लिमिटेडको सहकार्यमा"उद्योग वा प्रतिष्ठानमा कार्यरत कर्मचारीहरुको लागि व्यवसाजयन्य सुरक्षा तथा स्वास्थ्य र सुरक्षित क्लोरिनेसन एकाई संचालन सम्बन्धी ३ दिने सचेतनामुलक तालिम" पानी प्रशोधन केन्द्र सुन्दरीजलको तालिम हलमा सम्पन्न भयो ।

सूचना ! सूचना !! सूचना !!!
22/05/2026

सूचना ! सूचना !! सूचना !!!

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह-२०८३, निःशुल्क आँखा जाँच शिविर, OSH सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया, वृक्षारो...
04/05/2026

व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह-२०८३, निःशुल्क आँखा जाँच शिविर, OSH सम्बन्धी जनचेतनामूलक अन्तर्क्रिया, वृक्षारोपण जस्ता विभिन्‍न कार्यक्रमहरु गरी सम्पन्‍न गरियो ।

"world day for safety and health at work 28 april" मनाउने क्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०८३ को शुभारम...
29/04/2026

"world day for safety and health at work 28 april" मनाउने क्रममा व्यवसायजन्य सुरक्षा तथा स्वास्थ्य सप्ताह २०८३ को शुभारम्भ कार्यक्रम मिति २०८३/०१/१५ गते श्रम तथा व्यवसायजन्य सुरक्षा विभागका महानिर्देशकज्यूबाट उद्घाटन गरियो, तत्पश्चात भक्तपुर औद्योगिक क्षेत्र लिमिटेडमा १ दिने निःशुल्क आँखा जांच शिविर संचालन गरियो । उक्त शिविरमा १७५ जनाको निःशुल्क आँखा जांच गरी आँखा सम्बन्धी औषधि तथा चस्माहरु पनि निःशुल्क वितरण गरियो ।

यस केन्द्रको आयोजनामा मिति २०८२।१२।१६ देखि १९ गते सम्म कार्तस्थलमा "कार्यस्थलमा खतरा पहिचान तथा जोखिम मुल्याकंन (HIRA) स...
08/04/2026

यस केन्द्रको आयोजनामा मिति २०८२।१२।१६ देखि १९ गते सम्म कार्तस्थलमा "कार्यस्थलमा खतरा पहिचान तथा जोखिम मुल्याकंन (HIRA) सम्बन्धि ४ दिने दक्षता अभिवृद्धिमुलक तालिम " सम्पन्न भयो, उक्त तालिममा बिभिन्न उद्योग तथा प्रतिष्ठानबाट २५ जना प्रशिक्षार्थीहरुको सहभाभिता रहेको थियो।

Address

Lalitpur
Lalitpur

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Telephone

+97715590856

Alerts

Be the first to know and let us send you an email when Occupational Safety and Health Center, Lalitpur Nepal posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Occupational Safety and Health Center, Lalitpur Nepal:

Shortcuts

Share