Si Asha Foundation

  • Home
  • Si Asha Foundation

Si Asha Foundation Si Asha Foundation builds an inclusive Nepal for people with intellectual disabilities, autism, and cerebral palsy to live with dignity.

Through Asha Special Schools in Hetauda, Bardibas, and Lalitpur, we are creating a network across all 7 provinces.

24/06/2026

केवल ५.५ वर्षको उमेरमै अभिकले आफ्नो कल्पनाशक्ति र सिर्जनशीलतालाई रङ र रेखामार्फत सुन्दर रूपमा प्रस्तुत गरिरहनुभएको छ। उहाँले बनाएको हरेक चित्रभित्र एउटा नयाँ सोच, एउटा नयाँ संसार र असीम सम्भावना लुकेको छ। हरेक बालबालिकामा आफ्नै विशेष प्रतिभा हुन्छ उहहाहरूलाई चाहिन्छ त केवल माया, विश्वास र अवसर। अभिकको यो सुन्दर यात्राले हामी सबैलाई प्रेरित बनाओस्।

17/06/2026

“म नाच्न सक्दिनँ” भन्ने डरबाट “म पनि नाच्न सक्छु” भन्ने आत्मविश्वाससम्मको यो यात्रा साँच्चै प्रेरणादायी छ। महालक्ष्मी उप्रेतीज्यूको मुस्कान, साहस र प्रगतिले देखाउँछ माया, विश्वास र सही हौसलाले असम्भव जस्तो लाग्ने कुरा पनि सम्भव हुन्छ।

हाम्रो विद्यालयको समाचार साझा गरी सहयोग गर्नुभएकोमा Education Samachar परिवारलाई हार्दिक धन्यवाद। तपाईंहरूको साथ र सहयोग...
17/06/2026

हाम्रो विद्यालयको समाचार साझा गरी सहयोग गर्नुभएकोमा Education Samachar परिवारलाई हार्दिक धन्यवाद। तपाईंहरूको साथ र सहयोगप्रति हामी आभारी छौं। 🙏

अपाङ्गता भएका बालबालिकाका लागि विकसित ‘आशा मोडेल’ले पायो अन्तर्राष्ट्रिय मान्यता
https://www.educationsamachar.com.np/education/4034/

14/06/2026

हरेक बालबालिकाभित्र अद्वितीय प्रतिभा लुकेको हुन्छ, आवश्यक हुन्छ त केवल अवसर र हौसलाको। हाम्रो प्यारी कृतिको यो सुन्दर नृत्य प्रस्तुति आत्मविश्वास, मेहनत र खुसीको अनुपम उदाहरण हो♥️

हामी अत्यन्तै खुशी र गर्वका साथ साझा गर्न चाहन्छौं कि ASHA: Comprehensive Model of Rehabilitation and Autonomy for Child...
12/06/2026

हामी अत्यन्तै खुशी र गर्वका साथ साझा गर्न चाहन्छौं कि ASHA: Comprehensive Model of Rehabilitation and Autonomy for Children with Disabilities in Nepal ले Premier Inclusive Society Award 2026 अन्तर्गत Innovation and Social Impact विधामा प्रतिष्ठित अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ।
यो पुरस्कार स्पेनको अग्रणी संस्था COCEMFE (Spanish Confederation of People with Physical and Organic Disabilities) ले Associació Família de Hetauda लाई प्रदान गरेको हो।
आईना वार्का न्यौपाने ज्युलाई हार्दिक बधाई सम्मान 🙏
तपाईंको अपाङ्गता भएका बालबालिकाहरूको सेवा र समर्पणको दशकभन्दा लामो यात्राले अन्ततः यो अन्तर्राष्ट्रिय सम्मान प्राप्त गरेको छ। यो उपलब्धि हामी सबैका लागि प्रेरणाको स्रोत बनेको छ।
तपाईंको यस महान् अभियानमा निरन्तर सफलता, स्वास्थ्य र अझ ठूलो शक्ति प्राप्त होस् भन्ने हार्दिक शुभकामना!
यो नेपालका अपाङ्गता भएका बालबालिकाहरूको क्षेत्रमा गरिएको कामको ठूलो अन्तर्राष्ट्रिय मान्यता हो। यसले हामीलाई थप ऊर्जा र प्रोत्साहन दिएको छ।

समस्त
सि आशा आऊन्डेसन परिवार ।
आशा विशेष पाठशाला तथा पुर्नस्थापना केन्द्र परिवार ।

12/06/2026

क्षमता फरक हुन सक्छ, तर सपना, भावना र देशप्रेम सबैको समान हुन्छ। उहाँको यो प्रस्तुति हामी सबैका लागि प्रेरणाको स्रोत बनोस्♥️

11/06/2026

Down Syndrome र ADHD भएका हाम्रा विशेष बालबालिकाहरूबीचको सानो कुराकानी 💙
उहाँहरूको सरलता, माया र आपसी खुसीले सिकाउँछ हरेक बालबालिका विशेष हुन्छन् र उहाँहरूलाई समान सम्मान, माया र अवसर दिनुपर्छ ❤️

हाम्रो सि आशा फाउण्डेसनका विशेष सदस्य श्री रमेश तामाङ ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना 🙏आफ्नो जन्मदिनको अवसरमा हाम्रो ...
09/06/2026

हाम्रो सि आशा फाउण्डेसनका विशेष सदस्य श्री रमेश तामाङ ज्यूलाई जन्मदिनको हार्दिक शुभकामना 🙏
आफ्नो जन्मदिनको अवसरमा हाम्रो विद्यालयका विद्यार्थी भाइबहिनीहरूलाई दिवा खानाको व्यवस्था गरिदिनुभएकोमा हार्दिक धन्यवाद। तपाईंको जीवन सुस्वास्थ्य, सुख, समृद्धि र सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौँ।

समस्त
सि आशा फाउण्डेशन परिवार
आशा विशेष पाठशाला तथा पुनर्स्थापना केन्द्र परिवार ।

Address


Opening Hours

Monday 08:30 - 18:00
Tuesday 08:30 - 18:00
Wednesday 08:30 - 18:00
Thursday 08:30 - 18:00
Friday 08:30 - 18:00
Saturday 08:30 - 18:00

Alerts

Be the first to know and let us send you an email when Si Asha Foundation posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Si Asha Foundation:

Shortcuts

  • Want your organization to be the top-listed Government Service?

Share