02/09/2026
सहकार्यबाट राहत हस्तान्तरण
नेपाल चेंज मेकर्स, सुन्दरबजार र लमजुङ उद्योग वाणिज्य संघ, सुन्दरबजार को सहकार्यमा सञ्चालन भइरहेको राहत सामग्री संकलन अभियानमा स्वतन्त्र विद्यार्थी युनियन, लमजुङ क्याम्पसले पनि सहकार्य गर्दै क्याम्पस परिसरबाट राहत सामग्री संकलन गरेको थियो।
विद्यार्थी, शिक्षक तथा शुभेच्छुकहरूको सहयोगबाट संकलित राहत सामग्रीहरू नेपाल चेंज मेकर्सका संस्थापकज्यूलाई हस्तान्तरण गरिएको छ। संकलित राहत सामग्रीहरू अबको केही दिनमै रसुवाका प्रभावित क्षेत्रसम्म पुर्याउने प्रतिबद्धता प्राप्त भएको छ। सम्भव भएसम्म हामी स्वयं पनि उक्त राहत वितरण कार्यमा सहभागी हुने प्रयास गर्नेछौँ।
यस मानवीय अभियानमा साथ, सहयोग र सहकार्य गर्नुहुने सम्पूर्ण विद्यार्थी, शिक्षक, शुभेच्छुक तथा सम्बन्धित संस्थाहरूप्रति हार्दिक आभार।
-स्वतन्त्र विद्यार्थी युनियन, लमजुङ क्याम्पस