26/08/2026
आजको भीषण बाढीका कारण देशमा भएको क्षतिप्रति सुन्दरबजार युवा क्लब गहिरो दु:ख व्यक्त गर्दछ। यस कठिन घडीमा बाढीबाट प्रभावित सम्पूर्ण परिवारजनप्रति हार्दिक समवेदना व्यक्त गर्दछौं 😢
विशेष उच्च सतर्कता अपिल:
सुरक्षित स्थानमा रहनुहोस्: नदी तथा खोलामा पानीको बहाव अझै उच्च रहेकाले नदी किनार र होचा भू-भागबाट टाढा रहनुहोला
अत्यावश्यक बाहेक बाहिर ननिस्कनुहोस्: बाढीका कारण सडक तथा बाटोघाटो जोखिमपूर्ण भएकाले यात्रा गर्दा विशेष सावधानी अपनाउनुहोला
छिमेकीको ख्याल गरौँ: वृद्धवृद्धा, बालबालिका र अशक्तहरूलाई सुरक्षित स्थानमा सार्न सहयोग गर्नु होला
💔🙏🏼
Setu Rapid: a rescue and duty coordination system connecting responders, fleet and command in real time.