दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬

  • Home
  • Nepal
  • Lamjung
  • दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬

दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬 Contact information, map and directions, contact form, opening hours, services, ratings, photos, videos and announcements from दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬, Political organisation, Dordi Rural Municipality, Lamjung.

“हाम्रो दोर्दीका सत्य तथ्य र खोजमुलुक पत्रकारिताप्रति प्रतिबध्द छ।हाम्रो लक्ष्य तपाई लाई भ्रम बाट टाढा राखी सही सुचना प्रदान गर्नु हो।हाम्रो पत्रकारिता तपाईको सहकार्य बिना अपुरो छ । जय दोर्दी ।

दोर्दी गाउँपालिका–८ बन्सारस्थित फलेनी माध्यमिक विद्यालयले सैद्धान्तिक शिक्षासँगै विद्यार्थीलाई व्यवहारिक सीप सिकाउन करेस...
12/08/2026

दोर्दी गाउँपालिका–८ बन्सारस्थित फलेनी माध्यमिक विद्यालयले सैद्धान्तिक शिक्षासँगै विद्यार्थीलाई व्यवहारिक सीप सिकाउन करेसाबारी तथा नर्सरी निर्माण कार्यक्रम सञ्चालन गरेको छ।

विद्यार्थी र शिक्षकको सहभागितामा आयोजित कार्यक्रममा बिरुवा उत्पादन, करेसाबारी व्यवस्थापन तथा कृषि गतिविधिबारे प्रत्यक्ष अभ्यास गराइएको थियो। ‘पढ्ने मात्र होइन, गरेर सिक्ने’ अवधारणालाई प्राथमिकता दिँदै विद्यालयले कृषि, वातावरण संरक्षण, श्रमको सम्मान र आत्मनिर्भरतासँग जोडिएको सिकाइलाई अघि बढाएको जनाएको छ।

विद्यालयमा यस्ता व्यवहारिक गतिविधिले विद्यार्थीको सिर्जनशीलता र सिकाइप्रतिको रुचि बढाउने अपेक्षा गरिएको छ।

11/08/2026

एमाले कांग्रेस माओवादीले धनीपुर्जा रोकेपनि माननीय हर्क साम्पाङ भने धनिपुर्जा दिने विषयमा मन्त्री प्रतिभा रावलप्रति यसरी खुलेर बोले।

दोर्दी गाउँपालिका–८, हिले बजारस्थित श्री फलेनी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोषिलो खाना सहितको दिवा खाजा व्यवस्थापन...
11/08/2026

दोर्दी गाउँपालिका–८, हिले बजारस्थित श्री फलेनी माध्यमिक विद्यालयमा विद्यार्थीलाई पोषिलो खाना सहितको दिवा खाजा व्यवस्थापनमा सहयोग पुर्‍याउने उद्देश्यले करेसाबारी निर्माण गरिएको छ।

विद्यालयमा करेसाबारी निर्माणका साथै आवश्यक कृषि सामग्रीसमेत उपलब्ध गराएकोमा RCDC तथा वल्र्ड भिजनलाई विद्यालय परिवारले हार्दिक धन्यवाद व्यक्त गरेको छ।

विद्यालयमै उत्पादित ताजा तथा पोषिला तरकारीलाई दिवा खाजामा प्रयोग गर्न सकिने भएकाले यसबाट विद्यार्थीको पोषणमा सुधारसँगै कृषि तथा वातावरणसम्बन्धी व्यावहारिक ज्ञानसमेत प्राप्त हुने अपेक्षा गरिएको छ।

विद्यालयको पोषण तथा शैक्षिक वातावरण सुधारमा सहयोग पुर्‍याउने RCDC र वल्र्ड भिजनको यस कार्यप्रति हार्दिक आभार तथा धन्यवाद।

Chairperson of Dordi Rural Municipality, Yuba Raj Adhikari. attended the 6th Hamkhola Festival held in Bhulbhule, Marsya...
08/08/2026

Chairperson of Dordi Rural Municipality, Yuba Raj Adhikari. attended the 6th Hamkhola Festival held in Bhulbhule, Marsyangdi Rural Municipality–08, Lamjung.

His presence added further significance and warmth to the festival celebrating local culture, traditions, and community spirit. 🙏

बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिन थालेको छ। एउटा ग्यास सिलिन्डर पाउन दुई–तीन दिनसम्म कुर्नुपर्ने, घन्टौँसम्म लाम...
08/08/2026

बजारमा खाना पकाउने ग्यासको चरम अभाव देखिन थालेको छ। एउटा ग्यास सिलिन्डर पाउन दुई–तीन दिनसम्म कुर्नुपर्ने, घन्टौँसम्म लामो लाइनमा बस्नुपर्ने र बल्लतल्ल ग्यास पाएर घर फर्किनुपर्ने अवस्था सिर्जना भएको छ।

एकातिर आम नागरिक ग्यासको खोजीमा बिहानदेखि बेलुकासम्म लाइनमा बसिरहेका छन्। अर्कोतिर नेपाल आयल निगमले बजारमा ग्यासको अभाव छैन भनिरहेको छ। यदि साँच्चिकै अभाव छैन भने प्रश्न स्वाभाविक रूपमा उठ्छ।त्यो ग्यास कहाँ छ?

जनताले अभाव महसुस गरिरहेका छन्, बजारमा सहज रूपमा ग्यास पाइरहेका छैनन्, व्यापारीकहाँ पुग्दा ‘ग्यास छैन’ भन्ने जवाफ आउँछ। त्यसो भए समस्या कहाँ छ?यदि आपूर्ति पर्याप्त छ भने वितरण प्रणालीमा समस्या छ कि?यदि वितरण प्रणाली ठीक छ भने व्यापारीले कृत्रिम अभाव सिर्जना गरेर कालोबजारी वा मनपरी गरिरहेका छन् कि?वा वास्तवमै आयल निगमले भनेजस्तो बजारमा ग्यास पर्याप्त भएर पनि जनता मात्रै दुःख पाइरहेका हुन्?यी प्रश्नको जवाफ सरकारले जनतालाई दिनुपर्छ।ग्यास कुनै विलासिताको वस्तु होइन। यो प्रत्येक नेपाली परिवारको दैनिक चुलोसँग जोडिएको अत्यावश्यक वस्तु हो। बिहानको खाना पकाउन होस् वा बेलुकाको चुलो बाल्न।ग्यास नहुँदा त्यसको प्रत्यक्ष असर घरपरिवारको दैनिकीमा पर्छ।दैनिक ज्यालादारी गरेर परिवार पाल्ने नागरिक तीन दिन ग्यास खोज्दै लाइनमा बस्न बाध्य हुँदा उसको त्यो तीन दिनको समय र श्रमको मूल्य कसले बुझ्ने?

बालबालिका, वृद्धवृद्धा र बिरामी भएका घरमा ग्यास नहुँदा कस्तो समस्या पर्छ भन्ने कुरा वातानुकूलित कोठामा बसेर नीति बनाउनेहरूले होइन, चुलो बाल्न ग्यासको सिलिन्डर बोकेर पसल–पसल धाउने आम नागरिकले महसुस गरिरहेको छ।सरकारले जनताको दुःखलाई सामान्य विषय नठानोस्।ग्यासको अभाव छैन’ भनेर विज्ञप्ति निकाल्नु मात्रै पर्याप्त छैन।यदि अभाव छैन भने बजारमा सहज रूपमा ग्यास उपलब्ध गराऊ।कहाँ–कहाँ ग्यास पुगेको छ, कति सिलिन्डर वितरण भयो, कहाँ समस्या छ।त्यसको प्रभावकारी अनुगमन गर।कृत्रिम अभाव, कालोबजारी, लुकाउने वा महँगोमा बेच्ने प्रवृत्ति छ भने तत्काल कारबाही गर।

जनताले सरकारसँग कुनै ठूलो माग गरेका छैनन्।
उनीहरूलाई केवल आफ्नो घरको चुलो नियमित बाल्न पाउने वातावरण चाहिएको हो।सरकार जनताको अभिभावक हो। जनतालाई ‘खाना नपकाऊ’ भन्न मिल्दैन, न त ग्यासको अभावलाई बेवास्ता गरेर बस्न मिल्छ।

त्यसैले बालेन सरकार, आम नेपाली जनताको भान्सासँग जोडिएको यो समस्यालाई गम्भीरतापूर्वक लिनुहोस्। राजनीतिक बहस र भाषणभन्दा पहिले जनताको चुलो बलिरहेको छ कि छैन भन्ने कुरा हेर्नुहोस्।जनताको भान्सा बन्द भयो भने विकासका ठूला कुरा पनि अर्थहीन हुन्छन्।हामीलाई आश्वासन होइन, नियमित ग्यास चाहिएको छ।हामीलाई भाषण होइन, सहज आपूर्ति चाहिएको छ।हामीलाई दोषारोपण होइन, समाधान चाहिएको छ।

आम नेपाली जनताको पीडा बुझेर जिम्मेवार बनौँ। सरकार, सम्बन्धित निकाय र व्यवसायी सबैले जनताको दैनिक जीवनप्रति उत्तरदायी बन्नैपर्छ।

दोर्दी गाउँपालिकाले पर्यटन विकासका लागि पर्यटन व्यवसायी, सरोकारवाला र स्थानीय पर्यटनकर्मीबाट सुझाव संकलन गरेको छ।शुक्रबा...
07/08/2026

दोर्दी गाउँपालिकाले पर्यटन विकासका लागि पर्यटन व्यवसायी, सरोकारवाला र स्थानीय पर्यटनकर्मीबाट सुझाव संकलन गरेको छ।

शुक्रबार नौथरस्थित गाउँपालिका सभाहलमा आयोजित कार्यक्रममा पदमार्ग निर्माण तथा स्तरोन्नति, खानेपानी व्यवस्थापन, धर्मशाला निर्माण, होमस्टेको स्तरवृद्धि र पर्यटनसम्बन्धी तालिम सञ्चालनमा जोड दिइएको थियो।

कार्यक्रमले गाउँपालिकाभित्रका पर्यटकीय क्षेत्रको सम्भाव्यता अध्ययन गरी असोज ११ गतेभित्र प्रतिवेदन पेश गर्ने जिम्मेवारीसहित गाउँपालिका अधिकृत एवं पर्यटन केन्द्र प्रमुख धर्मराज गुरुङको संयोजकत्वमा समिति गठन गरेको छ।

गाउँपालिकाले आर्थिक वर्ष २०८३/८४ को पर्यटन बजेट प्रभावकारी रूपमा कार्यान्वयन गर्न सरोकारवालाको सुझाव संकलन गर्दै दोर्दीका प्राकृतिक, सांस्कृतिक र धार्मिक सम्पदालाई पर्यटन गन्तव्यका रूपमा विकास गर्ने लक्ष्य लिएको जनाएको छ।
Rural Municipality C-Yuba Raj Adhikari

07/08/2026

दोर्दी गाउँपालिका–८ अन्तर्गत जंगलको बीचमा अवस्थित रमणीय पान्सोरा गाउँकी प्रतिभाशाली गायिका श्री निमा तामाङ आफ्नो सुमधुर स्वर र सांगीतिक प्रस्तुतिका कारण दर्शक तथा श्रोतामाझ लोकप्रिय बन्दै जानुभएको छ।

गाउँको सामान्य परिवेशबाट आफ्नो सांगीतिक यात्रा सुरु गर्नुभएकी निमा तामाङले आफ्नै मौलिक प्रतिभा, मेहनत र निरन्तर अभ्यासका माध्यमबाट गायन क्षेत्रमा छुट्टै पहिचान बनाउन प्रयासरत हुनुहुन्छ। उहाँको मधुर स्वरले स्थानीयदेखि राष्ट्रियस्तरसम्मका श्रोताको मन जित्ने विश्वास गरिएको छ।

दोर्दीको प्राकृतिक सुन्दरता र पान्सोरा गाउँको पहिचानसँगै निमा तामाङको सांगीतिक यात्रा अझ उचाइमा पुग्दै जाओस् भन्ने शुभकामना व्यक्त गरिएको छ। आगामी दिनमा उहाँले नेपाली संगीत क्षेत्रमा थप सफलता हासिल गर्दै दोर्दी गाउँपालिकाको नाम अझ उज्ज्वल बनाउनुहुने अपेक्षा गरिएको छ।

लमजुङको दोर्दी गाउँपालिका क्षेत्रमा रहेको इलाम पोखरीको छेउमा अवस्थित ऐतिहासिक बुद्ध स्तूपा स्थानीय समुदायका अनुसार गाउँप...
07/08/2026

लमजुङको दोर्दी गाउँपालिका क्षेत्रमा रहेको इलाम पोखरीको छेउमा अवस्थित ऐतिहासिक बुद्ध स्तूपा स्थानीय समुदायका अनुसार गाउँपालिकाको सबैभन्दा पुरानो धार्मिक तथा सांस्कृतिक धरोहरमध्ये एक हो। समयसँगै जीर्ण बन्दै गएको यस स्तूपाको संरक्षण, पुनःसंरचना तथा प्रवर्द्धनका लागि सम्बन्धित निकायले आवश्यक पहल गर्नुपर्ने आवाज स्थानीयस्तरबाट उठ्न थालेको छ।

स्थानीयले बुद्ध स्तूपा केवल धार्मिक आस्थाको केन्द्र मात्र नभई दोर्दीको ऐतिहासिक पहिचान र सांस्कृतिक सम्पदासमेत भएकाले यसको मौलिकता जोगाउँदै संरक्षण गर्नुपर्ने बताएका छन्। उनीहरूले दोर्दी गाउँपालिका, सम्बन्धित सरकारी निकाय तथा सरोकारवालाहरूलाई यस महत्वपूर्ण सम्पदाको संरक्षण र पुनःसंरचनामा आवश्यक बजेट तथा योजना व्यवस्थापन गर्न अनुरोध गरेका छन्।

स्थानीयको भनाइ छ, ।इलाम पोखरीको छेउमा रहेको यो बुद्ध स्तूपा दोर्दी गाउँपालिकाको अमूल्य धरोहर हो। यसको संरक्षण तथा पुनःसंरचनामा सम्बन्धित निकायको अनिवार्य ध्यान जाओस् भन्ने हाम्रो अनुरोध छ।
दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬

07/08/2026

दोर्दी गाउँपालिका–६ अन्तर्गत घले गाउँबाट काल्चे बेँसीतर्फ झर्ने मनमोहक झरना।प्राकृतिक सौन्दर्यले भरिपूर्ण यो झरना दोर्दीको सुन्दर पहिचानमध्ये एक हो। बर्खायाममा यसको मनमोहक दृश्यले जो–कोहीलाई आकर्षित गर्छ। दोर्दीकै अग्लो झरनामध्ये एक मान्न सकिने यो स्थानमा पर्यटन विकासको ठूलो सम्भावना देखिन्छ।

यदि गाउँपालिकाले दीर्घकालीन पर्यटन योजनामा यस क्षेत्रलाई प्राथमिकता दिने हो भने, झरनाभन्दा करिब ३ किलोमिटर टाढा रहेको खुरुमुरे खोलाबाट आवश्यक अध्ययन र वातावरणीय मूल्याङ्कनपछि पानी व्यवस्थापन गर्न सकिएमा वर्षभरि झरना बग्ने सम्भावना सिर्जना हुन सक्छ। त्यससँगै झरनाको वरपर व्यवस्थित विश्रामस्थल, होटल, रेस्टुरेन्ट तथा अन्य पर्यटन पूर्वाधार विकास गर्न सकिए स्थानीय रोजगारी सिर्जना हुने, आन्तरिक तथा बाह्य पर्यटक आकर्षित हुने र गाउँपालिकाको आर्थिक गतिविधि बढ्न सक्ने सम्भावना पनि रहन्छ।प्राकृतिक सम्पदाको संरक्षण गर्दै योजनाबद्ध रूपमा विकास गर्न सके, यो झरना भविष्यमा दोर्दीको प्रमुख पर्यटन गन्तव्य बन्न सक्छ।

यो केवल एक विकाससम्बन्धी सुझाव हो। यसको सम्भाव्यता, वातावरणीय प्रभाव र प्राविधिक पक्षको विस्तृत अध्ययनपछि मात्र उपयुक्त निर्णय लिन सकिन्छ।
🎥 नम्चुँ अनिल गुरुङ। Yuba Raj Adhikari

Address

Dordi Rural Municipality
Lamjung

Website

Alerts

Be the first to know and let us send you an email when दोर्दी खबर - 𝐃𝐨𝐫𝐝𝐢 𝐍𝐞𝐰𝐬 posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share