Hon. Taufique Ahmad Khan- निजी सचिवालय

  • Home
  • Nepal
  • Lumbini
  • Hon. Taufique Ahmad Khan- निजी सचिवालय

Hon. Taufique Ahmad Khan- निजी सचिवालय निजी सचिवालय :- प्रतिनिधि सभा सदस्य 🇳🇵| माननीय तौफिक अहमद खान | रुपन्देही क्षेत्र नं. ५ | राष्ट्रिय स्वतन्त्र पार्टी🔔
(3)

28/08/2026

रक्षा बन्धनकाे शुभकामना ।

26/08/2026
Nepal Government in Action...!!Thanks Nepal Government 🙏!!
26/08/2026

Nepal Government in Action...!!
Thanks Nepal Government 🙏!!

26/08/2026

#पैगम्बर_मोहम्मद_जयन्ती

पैगम्बर हजरत मोहम्मद ﷺ को जन्मदिनको पावन अवसरमा सम्पूर्ण मुस्लिम समुदायमा हार्दिक शुभकामना। 🤲🌙

पैगम्बर मोहम्मद जयन्तीका अवसरमा मुस्लिम समुदायका लागि मात्र सार्वजनिक बिदा।

यस पावन दिनले शान्ति, सद्भाव, भाइचारा र मानवताको सन्देश फैलाउने प्रेरणा प्रदान गरोस्। ❤️

#पैगम्बर_मोहम्मद_जयन्ती #मुस्लिम_समुदाय #शान्ति #सद्भाव #भाइचारा

रसुवा पहिरो सम्बन्धमा सरकारको काम तथा तयारी:1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल...
26/08/2026

रसुवा पहिरो सम्बन्धमा सरकारको काम तथा तयारी:

1. उद्धार तथा राहत कार्यका लागि नेपाली सेना, सशस्त्र प्रहरी बल (APF) र नेपाल प्रहरी र नेपाल स्काउट परिचालन ।

2. विपद् व्यवस्थापन प्राधिकरण सक्रिय ।

3. तल्लो तटीय क्षेत्रका बासिन्दाहरूलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्न सम्बन्धित CDO लाई निर्देशन ।

4. सम्भावित उद्धार तथा राहत कार्यका लागि सबै हेलिकप्टरहरूलाई स्ट्यान्डबाइमा राख्न भनिएको ।

5. सम्माननीय प्रधानमन्त्री बालेन्द्र शाहज्यूले आपत्कालीन राष्ट्रिय विपद् परिषद्को बैठक बोलाउनुभएको छ ।

विपदमा सरकारदेखि जो कोहि सबैले आफुले सक्ने सक्दो सहयोग गरौं । 🙏

26/08/2026

वि.सं. २०८३ भदौ १०
ने.सं. ११४६ गुंलाथ्व त्रयोदशी

विज्ञप्ति

भोटेकोशी नदीमा आएको भीषण बाढीका कारण रसुवा र नुवाकोटको तटीय क्षेत्रमा पुगेको क्षति र यसको सघन असर मुग्लिन हुँदै चितवनसम्म पर्न सक्ने भनी बाढी पूर्वानुमान शाखाले जारी गरेको चेतावनीप्रति हाम्रो गम्भीर ध्यानाकर्षण भएको छ। त्रिशूली नदी र यससँग जोडिएका सम्पूर्ण तटीय क्षेत्रहरू यतिबेला उच्च जोखिममा रहेकाले सम्भावित मानवीय र भौतिक क्षति न्यूनीकरण गर्न हामी सरकार, स्थानीय प्रशासन र आम नागरिकमा विशेष आह्वान गर्दछौं।

बाढी पूर्वानुमान शाखाको प्राविधिक सल्लाहलाई तत्काल कार्यान्वयन गर्दै विपद् व्यवस्थापनका सम्पूर्ण संयन्त्रहरूलाई उच्च सतर्कताका साथ परिचालन गर्न हामी नेपाल सरकारको ध्यानाकर्षण गराउँछौं। जोखिमपूर्ण तटीय बस्तीहरूका नागरिकलाई तत्काल सुरक्षित स्थानमा स्थानान्तरण गर्ने कार्यलाई राज्यले उच्च प्राथमिकतामा राख्नुपर्दछ।

यस विपद्को संवेदनशील घडीमा, नदी किनार तथा जोखिमपूर्ण तल्लो तटीय क्षेत्रमा बसोबास गर्ने सम्पूर्ण नागरिकहरूलाई संयमता अपनाउँदै तत्काल सुरक्षित र उच्च स्थानमा सर्न पनि हामी हार्दिक अपील गर्दछौं। अवस्था सामान्य नभएसम्म अत्यावश्यक अवस्थामा बाहेक सम्बन्धित नदी तटीय सडकहरूमा कुनै पनि प्रकारको यात्रा नगर्न सम्पूर्ण दिदीबहिनी तथा दाजुभाइहरूमा अनुरोध छ।

कुनै पनि आपतकालीन अवस्था सिर्जना भएमा तत्काल नेपाल प्रहरीको टोल-फ्री नम्बर १०० र आपतकालीन नम्बर १२३४ मा सम्पर्क गर्नुहुन सूचित गरिन्छ। साथै, जोखिममा परेका नागरिकको सुरक्षित उद्धार तथा पूर्वतयारीका कार्यमा स्थानीय प्रशासनसँग प्रभावकारी समन्वय गरी सेवामा सक्रिय रूपमा जुट्न पार्टीका सम्पूर्ण सदस्यहरूलाई निर्देश गरिन्छ।

विपिन कुमार आचार्य
महामन्त्री

26/08/2026

यो भिडियो नेपाल प्रहरीले उपलब्ध गराएको हो।

विपद्को समयमा संयमित र सचेत बनौँ।
अनावश्यक हल्ला तथा अफवाहको पछि नलागौँ र सरकारी तथा सम्बन्धित सुरक्षा निकायबाट जारी गरिएका सूचनालाई मात्र आधिकारिक मानौँ।

🌊 यदि तपाईं नदी तथा नदी तटीय क्षेत्रमा हुनुहुन्छ भने जोखिम नलिई तत्काल सुरक्षित र उच्च स्थानतर्फ जानुहोस्।
आफू पनि सुरक्षित रहौँ र परिवार तथा समुदायलाई पनि सुरक्षित राख्न सहयोग गरौँ। 🙏

सतर्क रहौँ, सुरक्षित रहौँ। 🇳🇵

पर्यटन विधेयक, २०८१ सम्बन्धमा सरोकारवालासँग छलफलप्रतिनिधि सभा सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य म...
24/08/2026

पर्यटन विधेयक, २०८१ सम्बन्धमा सरोकारवालासँग छलफल

प्रतिनिधि सभा सदस्य एवं अन्तर्राष्ट्रिय सम्बन्ध तथा पर्यटन समिति सदस्य माननीय तौफिक अहमद खानज्यू लगायत समितीका सदस्यहरूको सहभागितामा आज समितिमा “पर्यटन विधेयक, २०८१” सम्बन्धमा नेपाल पर्वतारोहण संघलगायत पर्यटन क्षेत्रका विभिन्न सरोकारवाला निकायका प्रतिनिधिहरूसँग महत्वपूर्ण छलफल तथा अन्तरक्रिया सम्पन्न भयो।

छलफलका क्रममा पर्यटन क्षेत्रको दिगो विकास, प्रवर्द्धन, निजी क्षेत्रका सरोकार तथा व्यावहारिक चुनौतीहरूलाई सम्बोधन गर्दै विधेयकलाई अझ प्रभावकारी र पर्यटनमैत्री बनाउन आवश्यक सुझावहरू आदान–प्रदान गरियो।

पर्यटन नेपालको अर्थतन्त्र, रोजगारी र समृद्धिको महत्वपूर्ण आधार भएकाले सरोकारवालाको सुझाव समेट्दै समयानुकूल, व्यावहारिक र प्रभावकारी कानुन निर्माण गर्नुपर्नेमा जोड दिइयो।

#पर्यटनविधेयक२०८१ #पर्यटन #प्रतिनिधिसभा #अन्तर्राष्ट्रियसम्बन्धतथापर्यटनसमिति

23/08/2026

🙏

 ार्यक्रम_सम्पन्न!!रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य माननीय तौफिक अहमद खानज्यूको प्रमुख आतिथ्यमा मिति २०८३/...
23/08/2026

ार्यक्रम_सम्पन्न!!

रुपन्देही क्षेत्र नं. ५ का प्रतिनिधि सभा सदस्य माननीय तौफिक अहमद खानज्यूको प्रमुख आतिथ्यमा मिति २०८३/०५/०६ गते सैनामैना नगरपालिका क्षेत्रमा कालाग्नि भजन समूहद्वारा आयोजित भजन कार्यक्रम भव्य तथा सभ्य रूपमा सम्पन्न भएको छ।

कार्यक्रममा स्थानीयवासी, भक्तजन तथा शुभेच्छुकहरूको उत्साहजनक सहभागिता रहेको थियो। यस्ता धार्मिक, सांस्कृतिक तथा आध्यात्मिक कार्यक्रमहरूले आपसी सद्भाव, भाइचारा, सामाजिक एकता र मौलिक संस्कृतिको संरक्षण तथा प्रवर्द्धनमा महत्वपूर्ण योगदान पुर्‍याउने विश्वास लिइएको छ।

कार्यक्रमलाई सफल बनाउन प्रत्यक्ष तथा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने आयोजक टिम, कलाकार, भक्तजन, स्थानीयवासी तथा सम्पूर्ण सहयोगी मनहरूमा हार्दिक आभार एवं धन्यवाद व्यक्त गर्दछौँ।

धार्मिक सहिष्णुता, सामाजिक सद्भाव र सांस्कृतिक एकतालाई अझ सुदृढ गर्दै समृद्ध, सभ्य र एकताबद्ध समाज निर्माणतर्फ हाम्रो साझा यात्रा निरन्तर अघि बढोस्। 🙏🌸

#भजनकार्यक्रम #कालाग्निभजनसमूह #सैनामैना #रुपन्देही #सामाजिकएकता #धार्मिकसद्भाव #सांस्कृतिकसंरक्षण

Address

Rupandehi
Lumbini

Alerts

Be the first to know and let us send you an email when Hon. Taufique Ahmad Khan- निजी सचिवालय posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share