मनराशिसवा नगरपालिका-Manarashiswa Municipality Office

  • Home
  • Nepal
  • mahottari
  • मनराशिसवा नगरपालिका-Manarashiswa Municipality Office
मृगौला प्रत्यारोपण गरेका, डाईलाइसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई मासिक औषधि उपचार वापत खर्च उपल...
28/07/2026

मृगौला प्रत्यारोपण गरेका, डाईलाइसिस गराईरहेका, क्यान्सर रोगी र मेरुदण्ड पक्षघात विरामीलाई मासिक औषधि उपचार वापत खर्च उपलब्ध गराउन नवीकरण सम्बन्धि सुचना ।

मनराशिसवा नगरपालिकाका नगर प्रमुख श्री मोहन पाण्डेयज्यूले तनहुँ जिल्लाको भानु नगरपालिकाका नगर प्रमुख श्री आनन्दराज त्रिपा...
21/07/2026

मनराशिसवा नगरपालिकाका नगर प्रमुख श्री मोहन पाण्डेयज्यूले तनहुँ जिल्लाको भानु नगरपालिकाका नगर प्रमुख श्री आनन्दराज त्रिपाठीज्यू तथा उहाँको टोलीलाई मनराशिसवा नगरपालिकामा हार्दिक स्वागत गर्नुभयो।स्वागत कार्यक्रमपश्चात् नगर प्रमुखज्यूले नवनिर्मित नगर अस्पताल, कृषि तथा पशुपन्छी विकास शाखा लगायत नगरपालिकाका विभिन्न शाखा तथा कार्यालयहरूको संयुक्त अनुगमन तथा अवलोकन गर्नुभयो।यसक्रममा स्थानीय तहबीच अनुभव आदान–प्रदान, सेवा प्रवाहको प्रभावकारिता, विकास निर्माणका कार्यहरू तथा नगरपालिकाले अवलम्बन गरेका असल अभ्यासबारे छलफल भएको थियो।अवलोकनपश्चात् भानु नगरपालिकाका नगर प्रमुखले मनराशिसवा नगरपालिकाले सेवा प्रवाह, पूर्वाधार विकास, कृषि तथा स्वास्थ्य क्षेत्रमा गरेका कार्यहरूको उच्च प्रशंसा गर्दै अन्य स्थानीय तहका लागि समेत अनुकरणीय रहेको धारणा व्यक्त गर्नुभयो।

मनराशिसवा नगरपालिकाका नगर प्रमुख श्री मोहन पाण्डेयज्यूसँगै भूमिसुधार तथा मालपोत कार्यालय तथा नापी कार्यालय जलेश्वर–महोत्...
21/07/2026

मनराशिसवा नगरपालिकाका नगर प्रमुख श्री मोहन पाण्डेयज्यूसँगै भूमिसुधार तथा मालपोत कार्यालय तथा नापी कार्यालय जलेश्वर–महोत्तरीका कार्यालय प्रमुख, कर्मचारीहरू र सम्बन्धित वडाका अध्यक्षज्यूहरूले स्थलगत अनुगमन गर्नुभयो।
यस क्रममा आवश्यक प्रक्रिया, प्राविधिक पक्ष तथा व्यवस्थापकीय तयारीबारे छलफल गर्दै भूमिसम्बन्धी सेवा तथा कार्यहरू छिट्टै सञ्चालनमा ल्याउने प्रतिबद्धता व्यक्त गरिएको छ।

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी सूचना तथा अनुरोध
16/07/2026

सामाजिक सुरक्षा भत्ता परिचयपत्र नवीकरण सम्बन्धी सूचना तथा अनुरोध

13/07/2026

📢 सार्वजनिक सूचना

आर्थिक वर्ष २०८२/०८३ को चौथो त्रैमासिक सामाजिक सुरक्षा भत्ता अन्तर्गत तपसिलका लाभग्राहीहरूको बैंक खातामा भत्ता रकम निकासा (जम्मा) गरिएको सम्बन्धित सबैमा जानकारी गराइन्छ।

📋 लाभग्राहीहरूको विवरण हेर्न:
🔗

सेवा प्रवाह बन्द रहने सम्बन्धमा ।
08/07/2026

सेवा प्रवाह बन्द रहने सम्बन्धमा ।

मनराशिसवा नगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा सर्प देखिएमा कृपया नआत्तिनुहोस्। सर्पलाई आफैं समात्ने, हटाउने वा कुनै ...
06/07/2026

मनराशिसवा नगरपालिका क्षेत्रभित्र कुनै पनि स्थानमा सर्प देखिएमा कृपया नआत्तिनुहोस्। सर्पलाई आफैं समात्ने, हटाउने वा कुनै प्रकारको जोखिमपूर्ण प्रयास नगर्नुहोस्। आफ्नो तथा वरपरका अन्य व्यक्तिहरूको सुरक्षालाई ध्यानमा राखी सर्पबाट सुरक्षित दूरी कायम गर्नुहोस्।
सर्पको सुरक्षित उद्धार तथा व्यवस्थापनका लागि मनराशिसवा नगर प्रहरी बलको प्रशिक्षित सर्प उद्धार टोलीलाई तत्काल जानकारी गराइदिनुहुन अनुरोध छ।

📞 सम्पर्क नं.: ९८५४०३३११५
(२४सै घण्टा सर्प उद्धार सेवा उपलब्ध)

महोत्तरी जिल्ला पालिकास्तरीय क्रिकेट प्रतियोगिता–२०८३ को उपाधि जित्दै च्याम्पियन बन्न सफल भएकोमा मनराशिसवा नगरपालिकाको स...
05/07/2026

महोत्तरी जिल्ला पालिकास्तरीय क्रिकेट प्रतियोगिता–२०८३ को उपाधि जित्दै च्याम्पियन बन्न सफल भएकोमा मनराशिसवा नगरपालिकाको सम्पूर्ण खेलाडी, प्रशिक्षक, व्यवस्थापक तथा सहयोगी सम्पूर्ण टिमलाई हार्दिक बधाई तथा शुभकामना व्यक्त गर्दैछौं।

मनराशिसवा नगरपालिकाको आयोजनामा तथा मिथिला वाइल्ड लाइफ ट्रस्ट, धनुषाको सहयोगमा मनराशिस्वा नगर प्रहरी बलका लागि सञ्चालन गर...
05/07/2026

मनराशिसवा नगरपालिकाको आयोजनामा तथा मिथिला वाइल्ड लाइफ ट्रस्ट, धनुषाको सहयोगमा मनराशिस्वा नगर प्रहरी बलका लागि सञ्चालन गरिएको सर्प उद्धार तालिम सफलतापूर्वक सम्पन्न भएको छ।उक्त तालिमको उद्घाटन नगर प्रमुख श्री मोहन पाण्डेयज्युको प्रमुख आतिथ्यतामा सम्पन्न भएको थियो भने समापन कार्यक्रम प्रमुख प्रशासकीय अधिकृत श्री प्रेम कुमार पोखरेलज्युको विशिष्ट आतिथ्यतामा सम्पन्न भयो।
तालिममार्फत नगर प्रहरी बलका सदस्यहरूले सर्पको पहिचान, सुरक्षित उद्धार, मानव बस्तीमा देखिने सर्पको व्यवस्थापन तथा उद्धारपछिको सावधानी सम्बन्धी महत्वपूर्ण ज्ञान तथा सीप हासिल गरेका छन्।

महोत्तरी जिल्ला पालिकास्तरीय क्रिकेट प्रतियोगिता–२०८३ अन्तर्गत सेमिफाइनल खेलमा मनराशिस्वा नगरपालिकाले बलवा नगरपालिकालाई ...
04/07/2026

महोत्तरी जिल्ला पालिकास्तरीय क्रिकेट प्रतियोगिता–२०८३ अन्तर्गत सेमिफाइनल खेलमा मनराशिस्वा नगरपालिकाले बलवा नगरपालिकालाई ९३ रनले पराजित गर्दै शानदार जितसहित फाइनलमा स्थान सुरक्षित गरेकोमा सम्पूर्ण टोलीलाई हार्दिक बधाई व्यक्त गर्दछौं।साथै, Player of the Match घोषित हुनुभएका रवि कुमार सिंह लाई विशेष बधाई व्यक्त गर्दछौं। आगामी फाइनल खेलमा पनि उत्कृष्ट प्रदर्शन गर्दै विजयी भई च्याम्पियन बन्न सम्पूर्ण टोलीलाई हार्दिक शुभकामना व्यक्त गर्दछौं। 🎉🏆

Address

Manara Mahottari
Mahottari
45714

Opening Hours

Monday 10:00 - 17:00
Tuesday 10:00 - 17:00
Wednesday 10:00 - 17:00
Thursday 10:00 - 17:00
Friday 10:00 - 15:00
Sunday 10:00 - 17:00

Alerts

Be the first to know and let us send you an email when मनराशिसवा नगरपालिका-Manarashiswa Municipality Office posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Shortcuts

Share