YCL NEPAL ,Rukum-West

YCL NEPAL ,Rukum-West संसारका क्रान्तिकारी युवाहरू एक जुट हाै

06/07/2024

Be

06/09/2023
13/08/2023

काठमाडौं- प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले भ्रष्टाचारविरुद्ध सरकार हदैसम्म निर्मम हुने बताएका छन्। आइत...

हामी सोकाकुल छौ,जनयुद्धको अम्मर आमा जसको सकारात्मक बिचार ले आज सारा मुलुक लाई वाक स्वातन्त्रता र नैसर्गिक अधिकार को प्रत...
16/07/2023

हामी सोकाकुल छौ,जनयुद्धको अम्मर आमा जसको सकारात्मक बिचार ले आज सारा मुलुक लाई वाक स्वातन्त्रता र नैसर्गिक अधिकार को प्रत्याभुती दिलाएको छ,
अम्मर आमा प्रती हार्दिक श्रद्धाञ्जली ।

खुसीको खबर : नेपाल सरकारले विपन्न वर्गलाई हिउँदमा ३० युनिट र गर्मीमा ५० युनिटसम्म निःशुल्क बिजुली दिने भएको छ । #प्रचण्ड...
23/05/2023

खुसीको खबर : नेपाल सरकारले विपन्न वर्गलाई हिउँदमा ३० युनिट र गर्मीमा ५० युनिटसम्म निःशुल्क बिजुली दिने भएको छ ।
#प्रचण्ड_सरकार_जनताको_सरकार

नेपाली सामान, हाम्रो स्वाभिमानबन्द उद्योगहरु पुनः सञ्चालनमा ल्याईने
20/05/2023

नेपाली सामान, हाम्रो स्वाभिमान
बन्द उद्योगहरु पुनः सञ्चालनमा ल्याईने

हिजो सबैले जनयुद्ध लडेका घाईते अपांगहरुको बिजोग भन्दै ठुला ठुला स्वरमा बोले, लेखे। माओवादीले गणतन्त्रका योद्धाहरुलाई न्य...
28/04/2023

हिजो सबैले जनयुद्ध लडेका घाईते अपांगहरुको बिजोग भन्दै ठुला ठुला स्वरमा बोले, लेखे। माओवादीले गणतन्त्रका योद्धाहरुलाई न्याय गरेन,हेरेन भने। थुप्रै बिरामि भएर उपचार गर्न नसकेका योद्धाहरुका भिडियोहरु सार्बजनिक भए ..!

आज सरकारले माओवादी योद्धाहरुलाई केहि हदसम्म भएपनि न्याय गरेको छ ! जसले हिजो जनयुद्धका घाईतेहरुलाई न्याय गरेन भन्दै बोल्थे, उनिहरु नै आज सरकारले दिएको राहतको बिरोध गर्दै छन !

बिरोधकै लागि बिरोध नगरौ ..! हरेकको योगदानको कदर गरौ !

@गणेश_शाहि(महासचिव-YCL NEPAL)

हार्दिक शुभकामना२०५२ फागुन १ गतेबाट सुरू गरिएको महान् जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहन...
13/02/2023

हार्दिक शुभकामना

२०५२ फागुन १ गतेबाट सुरू गरिएको महान् जनयुद्धको २८ औँ वार्षिकोत्सवको सुखद् अवसरमा स्वदेश तथा विदेशमा रहनुभएका समस्त नेपालीहरू एवं विश्वभरिका परिवर्तनप्रेमी जनसमुदायमा हार्दिक शुभकामना व्यक्त गर्दछु ।

यस ऐतिहासिक दिनमा देश र जनताको मुक्ति एवं परिवर्तनका निम्ति आफ्नो अमूल्य जीवनको बलिदान गर्नुहुने महान् सहिदहरूप्रति भावपूर्ण
श्रद्धाञ्जली व्यक्त गर्दछु, सम्पूर्ण बेपत्ता योद्धाहरूको स्मरण गर्दै
उच्च सम्मान व्यक्त गर्दछु, घाइते र अपाङ्ग योद्धाहरूमा स्वास्थ्यलाभको शुभेच्छासहित दीर्घजीवनको कामना गर्दछु ।

नेपाली धर्तीमा सञ्चालित जनयुद्ध महान् र युगान्तकारी थियो । साहस, वीरता र उत्सर्गको त्यो ऐतिहासिक क्रान्तिले राजनीतिक, आर्थिक, सामाजिक, साँस्कृतिक, देशप्रेम एवम् राष्टियताप्रति समर्पित परिवर्तनको सपनालाई आत्मसात गरेको थियो । वर्ग, जाति, लिंग, क्षेत्रमा विद्यमान असमानता, शोषण, उत्पीडन, विभेद र अन्यायका पर्खालहरू भत्काएर मुक्ति, परिवर्तन, स्वतन्त्रताको भावधारा प्रवाहित गर्न सफल जनयुद्धको परिणामस्वरूप उपेक्षित, उत्पीडित वर्ग र बस्तीमा उज्यालो राजनीतिक चेतना प्रवाहित भएको छ । महान् जनयुद्धको जगमा ऐतिहासिक जनआन्दोलनको संयोजनबाट देशमा सामन्ती राजतन्त्रको अन्त्य भई संघीय लोकतान्त्रिक गणतन्त्रको स्थापना भएको छ ।

समावेशी लोकतन्त्र संस्थागत भएको छ । मधेसी, मुस्लिम, महिला, दलित, आदिवासी, जनजाति, थारू समुदाय लगायत उत्पीडित वर्ग, जाति, लिंग, क्षेत्र र समुदायमा उच्च राजनीतिक जागरणसहित उनीहरूको पहिचान र अधिकार स्थापित भएको छ । सामाजिक न्यायको उन्नत व्यवस्थासहित समाजवादोन्मुख संविधानको निर्माण र कार्यान्वयन सम्भव भएको छ । यसर्थ, युग परिवर्तनको प्रतिनिधित्व गर्ने जनयुद्ध आफैमा ऐतिहासिक र गौरवशाली थियो भन्ने तथ्य प्रमाणित हुन्छ ।

जनयुद्धको जगमा जुन अधिकार स्थापित भएका छन्, ती अधिकार र उपलब्धि राष्ट्रका साझा सम्पत्ति हुन् । नेकपा (माओवादी) ले नेतृत्व गरेको भएता पनि जनयुद्ध पहिचान, अधिकार, मुक्ति, न्याय र स्वतन्त्रता चाहने सम्पूर्ण मुक्तिकामी एवं परिवर्तनप्रेमी नेपालीहरूको साझा दिवस हो । यही यथार्थलाई दृष्टिगत गरी नेपाल सरकारले फागुन १ गतेलाई जनयुद्ध दिवसका रूपमा मनाउँदै सार्वजनिक विदा दिने निर्णय गरेको छ । तसर्थ, जनयुद्ध दिवसलाई विभिन्न रचनात्मक कार्यक्रमसहित राष्ट्रिय उत्सव र गौरवको दिनका रूपमा मनाउन म सम्पूर्ण जनसमुदायमा हार्दिक अपील गर्दछु ।

देशको राजनीति र अर्थतन्त्रले संकटको सामना गरिरहेको परिस्थितिमा गठन भएको नयाँ सरकार राष्ट्रिय सहमतिसहित सामाजिक न्याय, सुशासन र समृद्धिलाई केन्द्रमा राखेर अगाडि बढिरहेको छ । वर्तमान सरकार उल्लेखित कार्यभारसहित जनताको व्यवस्था बदल्न र समाजवादको आधार खडा गर्न दृढ संकल्पित छ । तसर्थ सहमति, सहकार्य र एकताका आधारमा राष्ट्रिय चुनौतीहरूलाई अवसरमा बदल्न सम्पूर्ण नेपालीमा सकारात्मक उर्जा र प्रेरणा पैदा होस् भन्ने कामनासहित २८ औँ जनयुद्ध दिवसको अवसरमा फेरि एकपटक समस्त नेपालीहरूमा हार्दिक शुभकामना व्यक्त गर्दछु, धन्यवाद ।

१ फाल्गुण २०७९
पुष्पकमल दाहाल ‘प्रचण्ड’

Address

Musikot

Website

Alerts

Be the first to know and let us send you an email when YCL NEPAL ,Rukum-West posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Share