04/02/2026
बुबा र दाजुको निधनपछि पढ्न नपाएकी कैलाली धनगढीकी १८ वर्षीया प्रिया भण्डारी घरपरिवारको दैनिक खर्च चलाउन विगत ६ महिना देखि अटो चलाउँदै आएकी छन्। ३ जनाको परिवार भएको घर चलाउन उनले अटो चलाएर दिनमा ८०० देखि १,२०० रुपैयाँसम्म कमाउने गर्छिन्। प्रिय भण्डारीकी आमाले भन्नुहुन्छ, “श्रीमान् र छोरा बितिसकेपछि धेरै दुःख भयो। अहिले छोरी नै हाम्रो साहारा बनेकी छ। उसले नुनतेल खाने पैसा कमाउँछे र यसैबाट परिवार चलेको छ।” 🫶🫶
Stpry: Niraj Patel (गाउँले)