Police Tactical Training College, Jargaha, Nawalparasi

Police Tactical Training College, Jargaha, Nawalparasi WISDOM-INTEGRITY-VALOR

16/08/2026
भावपूर्ण श्रद्धाञ्‍जली
09/08/2026

भावपूर्ण श्रद्धाञ्‍जली

आज मिति २०८३।०४।२३ गते यस महाविद्यालयको ११ औं वार्षिकोत्सव - २०८३ को पावन अवसरमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, ...
08/08/2026

आज मिति २०८३।०४।२३ गते यस महाविद्यालयको ११ औं वार्षिकोत्सव - २०८३ को पावन अवसरमा तालुक लुम्बिनी प्रदेश प्रहरी कार्यालय, दाङका प्रमुख श्रीमान प्रहरी नायव महानिरीक्षक भूपेन्द्र बहादुर खत्रीज्यूको प्रमुख आतिथ्यतामा सम्पन्न भयो । उक्त कार्यक्रममा सुनवल नगरपालिका र रामग्राम नगरपालिकाका नगर प्रमुखज्यू, नेपाली सेना,नेपाल प्रहरी,सशस्र प्रहरी बल नेपालका नवलपरासी (ब.सु.प) र रुपन्देही जिल्ला अन्तर्गत रहेका तालिम केन्द्र,गणका कार्यालय प्रमुखज्यूहरु,राष्ट्रिय प्रहरी प्रशिक्षण प्रतिष्ठान महाराजगंजका प्रतिनिधी प्रहरी अधिकृतज्यू, उद्योग वाणिज्य महासंघका केन्द्रिय सदस्यज्यू, सुनवल नगरपालिका वडा नं. ११ का वडा अध्यक्षज्यू लगायत विभिन्न सरकारी तथा गैर-सरकारी निकायका व्यक्तित्वहरू, स्थानीय समाजसेवी र यस महाविद्यालयमा कार्यरत प्रहरी अधिकृत, प्रहरी कर्मचारीहरू र तालिमरत प्रशिक्षार्थीहरुको उपस्थितिमा प्रमुख अतिथिज्यूबाट पानसमा बत्ति बाली कार्यक्रमको समुद्‍घाटन, “युक्ति दर्पण-२०८३” स्मारिकाको बिमोचन र वृक्षारोपण गरी भव्य रुपमा सम्पन्न भएको छ । साथै सो अवसरमा खेलकूदका विभिन्न विधाहरूमा विजयी भएका खेलाडीहरूलाई मेडल, प्रमाण-पत्र, उत्कृष्ट कार्य सम्पादन गर्ने प्रहरी कर्मचारीहरूलाई नगद पुरस्कार, Best Instructor of Training Center हुन सफल प्रशिक्षकलाई प्रशंसा पत्र समेत प्रदान गरिएको थियो । साथै यस महाविद्यालयका प्राचार्यज्यूले प्रमुख अतिथि, विशिष्ट अतिथि तथा अन्य अतिथिज्यूहरूलाई कार्यक्रममा उपस्थिति जनाइदिनु भएकोमा हार्दिक कृतज्ञता व्यक्त गर्नु भएको थियो ।

“दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम” सम्पन्न ।------------------------------------------आज मिति २०८३।०३।२२ गते नेपाल प्रह...
06/07/2026

“दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम” सम्पन्न ।
------------------------------------------
आज मिति २०८३।०३।२२ गते नेपाल प्रहरी प्रधान कार्यालय मानवश्रोत विकास विभाग कर्मचारी प्रशासन शाखाको च.नं.८२६६ मिति २०८३/०३/१९ गतेको निर्णयानुसार प्रहरी सहायक निरीक्षक पदबाट प्रहरी नायब निरीक्षक पदमा बढुवा हुनु भएका, यस महाविद्यालयमा कार्यरत प्र.ना.नि.अमृत गिरीलाई महाविद्यालयका प्राचार्य श्रद्धेय श्रीमान प्रहरी वरिष्ठ उपरीक्षक अजय के.सी. ज्यूले दर्ज्यानी चिन्हद्वारा सु-शोभन गर्नुका साथै उपस्थित सम्पूर्णमा निर्देशन सम्बोधन गरि “दर्ज्यानी चिन्ह सु-शोभन कार्यक्रम” सम्पन्‍न भयो ।

मिति २०८३।०३।१६ र १७ गते यस महाविद्यालयको आयोजना तथा The Leprosy Nepal, Indchemic Health Specialist र Jayashwal Polyclin...
01/07/2026

मिति २०८३।०३।१६ र १७ गते यस महाविद्यालयको आयोजना तथा The Leprosy Nepal, Indchemic Health Specialist र Jayashwal Polyclinic Centre संगको सहकार्यमा छालारोग सम्बन्धी निःशुल्क स्वास्थ्य शिविर आयोजना गरि महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारी, प्रशिक्षार्थी, प्रहरी परिवार तथा स्थानियहरू गरि ४६१ जनाको छालारोगसंग सम्बन्धित विभिन्न समस्याहरूको परीक्षण, परामर्श तथा आवश्यक उपचार सेवा प्रदान गरियो ।
स्वास्थ्य शिविर समापन कार्यक्रममा महाविद्यालयका प्राचार्य प्र.व.उ अजय के.सीज्यूले कार्यक्रम आयोजना गर्न सहयोग गर्नुहुने विभिन्न संघसंस्था तथा चिकित्सकहरूलाई प्रशंसा पत्र प्रदान गर्नुका साथै धन्यवाद ज्ञापन गर्नुभयो ।

"राष्‍ट्रिय धान दिवस-२०८३"आज मिति २०८३/०३/१५ गते  "राष्‍ट्रिय धान दिवस"- यस महाविद्यालयका प्राचार्य प्र.व.उ अजय के.सी.ज्...
29/06/2026

"राष्‍ट्रिय धान दिवस-२०८३"
आज मिति २०८३/०३/१५ गते "राष्‍ट्रिय धान दिवस"- यस महाविद्यालयका प्राचार्य प्र.व.उ अजय के.सी.ज्यूको उपस्थितीमा महाविद्यालयमा कार्यरत प्रहरी कर्मचारीहरु र तालिमरत प्रशिक्षर्थीहरुबाट महाविद्यालय परिसर भित्र धान रोपाई तथा दहि चिउरा खाने कार्यक्रम गरि मनाईयो ।

यस नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह,नवलपरासी, Indchemic Health Specialities Pvt.Ltd., जयसवाल साई स्वास्थ्य प...
29/06/2026

यस नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाह,नवलपरासी, Indchemic Health Specialities Pvt.Ltd., जयसवाल साई स्वास्थ्य पोलिक्लिनिक प्रा.लि.परासी र The Leprosy Mission को समन्वयमा मिति २०८३ असार १६ र १७ का दिन बिहान ०९ः०० बजे देखि ०४:०० बजे सम्म नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय जर्गाहको MI Room मा "छाला रोग सम्बन्धि बृहत निशुल्क स्वास्थ्य शिविर" आयोजनामा गरिएको हुनाले सुनवल - ११, जर्गाह, नवलपरासीका स्थानीयबासीहरुले पनि स्वास्थ्य चेकजाँच गराउनु हुन अनुरोध गरिन्छ ।

“स्वागत कार्यक्रम"  -------------------आज मिति २०८३/०२/२८ गतेका दिन तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास ...
11/06/2026

“स्वागत कार्यक्रम"
-------------------
आज मिति २०८३/०२/२८ गतेका दिन तालुक नेपाल प्रहरी प्रधान कार्यालय, मानवश्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा, नक्सालको च.नं. ७३५७ मिति २०८३/०२/१८ गतेको पत्रादेशानुसार यस महाविद्यालयमा सरुवा भई आज हाजिर हुनु भएका यस महाविद्यालयका प्राचार्य प्रहरी वरिष्‍ठ उपरीक्षक अजय के.सी.ज्यूलाई यस महाविद्यालयमा स्वागत गर्दै प्र.उ. प्रदीप बहादुर क्षेत्री तथा सम्पुर्ण नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय परिवार ।

शुभकामना तथा फेरि भेटौला कार्यक्रम” सम्पन्न । नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखा...
06/06/2026

शुभकामना तथा फेरि भेटौला कार्यक्रम” सम्पन्न ।

नेपाल प्रहरी प्रधान कार्यालय, मानवस्रोत विकास विभाग, कर्मचारी प्रशासन शाखाको मिति २०८३।०२।१८ गतेको पत्रानुसार केन्द्रीय अनुसन्धान ब्यूरो विशेष अपराध अनुसन्धान महाशाखा, लाजिम्पाट, काठमाडौंमा सरुवा भई जान लाग्नुभएका यस नेपाल प्रहरी युक्ति तालिम महाविद्यालय, जर्गाहा, नवलपरासीका प्राचार्य प्रहरी वरिष्ठ उपरीक्षक अनुपम शमशेर ज.ब.रा. ज्यूलाई आगामी कार्यकालको सफलताको शुभकामना व्यक्त गर्दै शुभकामना तथा फेरि भेटौला कार्यक्रम सम्पन्न भयो। उक्त कार्यक्रममा प्रहरी उपरीक्षक प्रदीप बहादुर क्षेत्री ज्यू लगायत सम्पूर्ण सिनियर प्रहरी अधिकृतहरू, जुनियर प्रहरी अधिकृतहरू, कार्यरत प्रशिक्षकवर्गहरु तथा यस महाविद्यालयमा तालिमरत विभिन्न तालिम समुहका प्रशिक्षार्थीहरूको समेत उपस्थिति रहेको थियो। उक्त कार्यक्रममा प्र.उ प्रदीप बहादुर क्षेत्री ज्यूले महाविद्यालयको तर्फबाट विदा भई जान लाग्नु भएका प्राचार्य ज्यूलाई मायाको चिनो प्रदान गर्नुका साथै आगामी व्यवसायिक जीवनको सफलताको शुभकामना समेत व्यक्त गर्नुभयो ।

Address

Sunawol 11 Jargaha
Nawalparasi

Alerts

Be the first to know and let us send you an email when Police Tactical Training College, Jargaha, Nawalparasi posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to Police Tactical Training College, Jargaha, Nawalparasi:

Shortcuts

Share