12/08/2026
सडकपेटीमा करोडौं लगानी, बालुवामा पानी । फुटपाथ बनिनसक्दै त्यसैमा बाइक पार्किङ, पसलको सामान, रिक्सा, कुर्सी राखेर गफ, ठेला राखेर अतिक्रमण गरेको पाइयो । पैदलयात्रु हिड्ने फुटपाथ विषेशत: बाइक पार्किङ्ग गरेको पाइयो । नेपालगन्ज सुध्रिन धेरै गार्हो छ । अनि फुटपाथ बनाउने कम्पनीले निर्माण सामाग्री हटाएको देखिएन । बाइकको तौल धान्न नसकी फुटपाथ चाडै भाचिने देखिन्छ । त्यत्रो घर भत्काएर बनाएको फुटपाथ ध्वस्तै हुन्छ जस्तोछ । कडा अनुगमन होस् । मेयर प्रशान्त बिष्ट सचिवालय, नेपालगंज