नमस्ते भूमिकास्थान नगरपालिका

  • Home
  • Nepal
  • Nuwakot
  • नमस्ते भूमिकास्थान नगरपालिका

नमस्ते भूमिकास्थान नगरपालिका Bhumikasthan Municipality is a beautiful town located in Nuwakot, the western part of Sandhikharka.
(1)

21/08/2026

विपन्न लक्षित छात्रवृत्तिको लागि तल दिइएको Link मा Click गरि योग्य सूची अनुसार सम्बन्धित विद्यार्थीहरुको IEMIS मार्फत प्रमाणीकरण गर्नुहुन अनुरोध छ ।

अत्यन्तै जरुरी सूचना ।।।
13/08/2026

अत्यन्तै जरुरी सूचना ।।।

५०% लागत साझेदारीमा मिनिटिलर माग गर्ने सम्बन्धी सूचना।
11/08/2026

५०% लागत साझेदारीमा मिनिटिलर माग गर्ने सम्बन्धी सूचना।

५०%अनुदानमा गहुँको उन्नत बीउ माग गर्ने सम्बन्धी सूचना ।।।
11/08/2026

५०%अनुदानमा गहुँको उन्नत बीउ माग गर्ने सम्बन्धी सूचना ।।।

भूमिकास्थान नगरपालिका अन्तर्गत सञ्चालित १५ शैयाको पालिकास्तरीय भूमिकास्थान आधारभूत अस्पताल आजदेखि औपचारिक रूपमा शुभारम्भ...
07/08/2026

भूमिकास्थान नगरपालिका अन्तर्गत सञ्चालित १५ शैयाको पालिकास्तरीय भूमिकास्थान आधारभूत अस्पताल आजदेखि औपचारिक रूपमा शुभारम्भ भएको छ।
अस्पतालको नगरप्रमुख श्री झविलाल थापाज्यूले समुद्घाटन गर्नुभएको छ । अस्पताल सञ्चालनमा आएसँगै नगरवासीलाई स्थानीय तहमै सहज, सुलभ र गुणस्तरीय स्वास्थ्य सेवा उपलब्ध हुने विश्वास गरिएको छ।

भूमिकास्थान नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी श्री गोविन्द प्रसाद घिमिरे तथा वडा नं. ५ मा का...
31/07/2026

भूमिकास्थान नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा कार्यरत कार्यालय सहयोगी श्री गोविन्द प्रसाद घिमिरे तथा वडा नं. ५ मा कार्यरत कार्यालय सहयोगी श्री बोम बहादुर बुढाथोकी ज्यूहरूको अनिवार्य अवकाशको अवसरमा बिदाइ तथा सम्मान कार्यक्रम भएको छ ।
श्री गोविन्द प्रसाद घिमिरे ज्यूले वि.सं. २०६४/०२/२१ गतेदेखि तत्कालीन जिल्ला विकास समितिमा कार्यालय सहयोगीका रूपमा सेवा प्रारम्भ गरी हालसम्म भूमिकास्थान नगरपालिका नगरकार्यपालिकाको कार्यालयमा इमानदारी, निष्ठा र समर्पणका साथ निरन्तर सेवा प्रदान गर्नुभएको थियो।
त्यसैगरी, श्री बोम बहादुर बुढाथोकी ज्यूले वि.सं. २०४५/०७/०१ गतेदेखि तत्कालीन असुरकोट गाउँ विकास समितिबाट सेवा प्रारम्भ गरी हाल भूमिकास्थान नगरपालिका वडा नं. ५ मा कार्यालय सहयोगीका रूपमा वि.सं. २०८२/१०/०७ सम्म निरन्तर रूपमा आफ्नो जिम्मेवारी सफलतापूर्वक निर्वाह गर्नुभएको थियो।
उहाँहरूद्वारा राष्ट्रसेवामा पुर्‍याइएको समर्पित, अनुकरणीय र दीर्घकालीन योगदानप्रति भूमिकास्थान नगरपालिका हार्दिक सम्मान तथा उच्च कदर व्यक्त गर्दछ।
अनिवार्य अवकाश पश्चात् उहाँहरूको आगामी जीवन सुख, सुस्वास्थ्य, दीर्घायु, समृद्धि तथा निरन्तर सफलताले भरिपूर्ण रहोस् भन्ने शुभकामना व्यक्त गर्दछौं।

रिक्त पदमा स्थायी शिक्षक सरुवाको विज्ञापन गरेको सम्बन्धमा ।
31/07/2026

रिक्त पदमा स्थायी शिक्षक सरुवाको विज्ञापन गरेको सम्बन्धमा ।

मौजुदा सूचीमा सूचीकृत हुन आउने सम्बन्धि सूचना।।
25/07/2026

मौजुदा सूचीमा सूचीकृत हुन आउने सम्बन्धि सूचना।।

डेंगीविरुद्ध हाम्रो प्रतिबद्धता: "लामखुट्टेको प्रजननस्थल खोजौँ र नष्ट गरौँ!" मनसुनको समयमा डेंगी संक्रमणको जोखिम तीव्र ग...
18/07/2026

डेंगीविरुद्ध हाम्रो प्रतिबद्धता: "लामखुट्टेको प्रजननस्थल खोजौँ र नष्ट गरौँ!"
मनसुनको समयमा डेंगी संक्रमणको जोखिम तीव्र गतिमा बढ्ने भएकाले देशव्यापी तीनमहिने (साउन, भदौ र असोज) सचेतना अभियान अन्तर्गत भूमिकास्थान नगरपालिकाले विशेष सक्रियता देखाउँदै डेंगी फैलाउने लामखुट्टेको उत्पत्ति रोक्न र नगरवासीलाई सुरक्षित राख्न आज नगरपालिकाको कार्यालय र यसको वरपरको क्षेत्रमा विशेष सरसफाई तथा लामखुट्टेको बासस्थान नष्ट गर्ने अभियान सम्पन्न गरेको छ। साथै विभिन्न प्रकारका फूलहरू रोप्ने कार्य समेत गरेको छ ।
यस संगै नगरपालिकाले निम्नानुसारको मुख्य गतिविधिहरू गर्ने भएको छ ।
कार्यालय सरसफाई: नगरपालिका कार्यालय परिसरमा जमेको पानी हटाई लामखुट्टेको लार्भा नष्ट गरियो।
"सफा शुक्रबार" अभियान: हरेक हप्ताको शुक्रबार नगरभित्रका सरकारी कार्यालय, विद्यालय र सार्वजनिक स्थलहरूमा अनिवार्य सरसफाई गरिनेछ।
टोल स्तरीय सक्रियता: सबै वडा, टोल विकास संस्थाहरूमा पानी जम्न नदिन अनुगमन र जनचेतना बढाइनेछ।
💐💐नगरवासीहरूमा हार्दिक अपिल💐💐
१. आफ्नो घर, पसल र कार्यस्थल वरिपरि टिनका डब्बा, टायर, गमला वा ड्रममा पानी जम्न नदिऔँ।
२. लामखुट्टेको टोकाइबाट बच्न सधैँ पूरा बाहुला भएका लुगा लगाऔँ।
३. सुत्ने समयमा अनिवार्य रूपमा झुलको प्रयोग गरौँ।

नोट:डेंगी नियन्त्रण केवल सरकारको मात्र नभई हामी सबैको साझा जिम्मेवारी हो। भूमिकास्थानलाई डेंगीमुक्त नगर बनाउन आजैबाट आफ्नो घर वरिपरि सरसफाई राखौँ!

Address

Nuwakot
Nuwakot

Alerts

Be the first to know and let us send you an email when नमस्ते भूमिकास्थान नगरपालिका posts news and promotions. Your email address will not be used for any other purpose, and you can unsubscribe at any time.

Contact The Organization

Send a message to नमस्ते भूमिकास्थान नगरपालिका:

Shortcuts

Share