07/09/2026
गत भदौ १० गते भोटेकोशी नदीमा आएको बाढीबाट प्रभावित दाजुभाइ तथा दिदीबहिनीहरूको सहयोगका लागि इस्लामपुर सक्रिय युवा समाजका कार्यसमिति सदस्य तथा स्वयंसेवक साथीहरूको अगुवाइमा राहत सामग्री खरिद गर्न आर्थिक सहयोग संकलन गरेका छौँ।
विगतका दिनहरूमा जस्तै यसपटक पनि मन खोलेर सहयोग गर्नुहुने सम्पूर्ण सहयोगी मनहरूप्रति हार्दिक धन्यवाद व्यक्त गर्दछौँ।
सरकारी कोषमा सहयोग रकम जम्मा गरिसकेपछि पनि हाम्रो समुदायले आफ्नै तर्फबाट थप केही रकम संकलन गरी बाढी प्रभावित क्षेत्रमा स्वयं पुगेर राहत तथा सहयोग गर्ने उद्देश्य राखेको छ। संकलित रकमबाट आवश्यक राहत सामग्री खरिद गरी हामी चाँडै नै प्रभावित क्षेत्रमा पुग्नेछौँ।
यस मानवीय अभियानमा प्रत्यक्ष वा अप्रत्यक्ष रूपमा सहयोग गर्नुहुने सम्पूर्ण दाजुभाइ तथा दिदीबहिनीहरूलाई हार्दिक धन्यवाद तथा आभार व्यक्त गर्दछौँ।
इस्लामिक सक्रिय युवा समाज
अध्यक्ष
हम्जा खान